देउवा, दाहाल र खड्कामाथि कारबाही हुने

धरान । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र तत्कालीन ऊर्जा मन्त्री दिपक खड्काको घरमा जलेका करोडौ रुपैयाको फोरेन्सिक रिपोर्टमा ती नोट सक्कली भएको प्रमाणित भएको छ । जलेका ती नोटहरु नेपालीमात्र नभएर अमेरिकी डलर, स्टर्लिङ्ग पौण्ड, युरो लगायतको रहेको फोरेन्सिक रिपोर्टमा देखिएको छ । उनीहरुको घरमा मुद्रा जलेका दृश्य विभिन्न सामाजिक सञ्जालबाट देखिँदा समेत उनीहरुले अस्वीकार गर्दै आएका थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले त यहँसम्म भन्न भ्याए कि जलेका नोटका दृश्यहरु एआइले बनाएको हो ।

अब उनीहरुका विरुद्धमा सम्पत्ति सुद्धीकरण विभागले अनुसन्धान अगाडि बढाउने र उनीहरुलाई कारबाहीको दायरामा ल्याउने भएको छ । फोरेन्सिकको नतिजा विभागले प्रधानमन्त्री र अर्थमन्त्रीलाई समेत बृफिङ्ग गरिसकेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया