भुई मान्छेको आवाज बोक्ने प्रसाइको घोषित आन्दोलनप्रति ऐक्यवद्धता बढ्दै

राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति बचाऔं अभियानका अभियन्ता दुर्गा प्रसाईले आवहान गरेको मंसिर ७ देखिको शान्तिपूर्ण देशव्यापी आन्दोलनप्रति आम सर्वसाधारण नागरिकको ऐक्यबद्धता बढ्दै गएको छ । खास गरेर भुइ मान्छेका दैनिकी, व्यवहारिक रुपमा उनीहरुले भोग्नु परेका पीडा, भ्रष्टाचार, अनियमितता, विकृति, विसंगतिका विरुद्धमा विगतदेखि नै शशक्त आवाज उठाउँदै अभियान चलाउँदै आउनु भएका प्रसाई राजनैतिक दलहरुका लागि गलपासो भइसकेका छन् भने फाउमा सत्तामा रहेका सिजनल सरकार वर्वराउन थालिसकेको छ । हुन त प्रसाईकै शब्दमा भन्ने हो भने वर्तमान सरकार युएस आइडी, एनजिओ, आइएनजिओ, बारबरा फाउन्डेशन, एमसिएका एजेण्टहरुको भएकोले राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृतिप्रति पूर्ण रुपमा संवेदनहीन रहेको छ । वास्तवमा अभियन्ता प्रसाईले भनेजस्तै वर्तमान सरकारको रवैया पनि त्यस्तै देखिएको छ । एउटा अशक्त व्यक्तिको नेतृत्वमा विभिन्न नामका संस्थासँग जोडिएका एजेण्टहरुले नेपाल र नेपालीको हितमा काम गर्लान् भन्ने आशा गर्नु मृगतृष्णा मात्र हो । विहानीको घाम हेरेर दिनको आंकलन हुन्छ । तर अरुले बगाएका रगतको गलत फाइदा उठाएर सत्ता आरोहण गरेको वर्तमान सरकारले न रगत बगाउनेहरुको अपेक्षा अनुरुप काम ग¥यो र काम गर्ने संकेत नै दिएको छ, न रगत बगाउन आदेश दिनेलाई कारबाहीको कठघरामा ल्याउने ल्याकत देखाएको छ, न विगत ३७ बर्षदेखि देश लुटेर नव सम्भ्रान्त बनेकाहरुको सम्पत्ति राष्ट्रियकरण गरेको छ । केवल सत्ताका लागि सत्तामा बस्ने भन्दा बाहेक वर्तमान सरकारबाट नेपाली जनतालाई अपेक्षा पनि छैन । पछिल्लो समय अमेरिकाबाट पालित पोषित र विखण्डनको विजारोपण गर्दै आएका सिके राउत जस्ता अपराधीले खुल्मखुल्ला मौका यही हो, मधेश आजाद गरौ भनेर डुक्रिदा वर्तमान सरकार सिंहदरबारमा रमिता हेरेर बसेको छ ।
अब मुलुकका अस्मिता र सार्वभौम सत्ताको रक्षका लागि चाहे हिजो सत्तामा बसेका दलको आवरणका विदेशी एजेन्ट हुन् या त वर्तमान असंवैधानिक ढंगले सत्तामा बसेका विदेशीका एजेन्ट हुन् तुलनात्मक रुपमा केही भिन्नता र फरक छैन । जेनजी आन्दोलनबाट लखेटिएका हिजोका शासकहरु मुलुकको सार्वभौमसत्ता माथि नै आँच आउन लाग्दा पनि एक शब्द बोलेका छैनन् । उनीहरु आफ्नै दलभित्र रुमलिएका छन् । पुन ः सत्तामा पुग्ने तानावाना बुनेर बसेका छन् । वास्तवमा मुलुक यतिबेला मियो बिनाको हुन पुगेको छ । यस्तो अवस्थामा अभियन्ता प्रसाईले आम नागरिकलाई मंसिर ७ गतेदेखि मुलुकको सही निकासका लागि साथ दिन आग्रह गर्दै आएका छन् । उनले २७ वटा मागहरु वर्तमान औकातविहीन सरकारसँग तेर्साएका छन् । राजसंस्था पुनस्र्थापनादेखि प्रदेश खारेज, पाँच विकास क्षेत्र, १४ अञ्चल, ७४ जिल्ला, भ्रष्टहरुको गिराÏतारी प्रसाइका वटम लाइन हुन् । प्रसाईको आन्दोलन विथोल्न गत चैत्र १५ गते कोटेश्वरमा गराइएको राज्य निर्देशित ताण्डव, भाद्र २३ र २४ गते निर्दोष युवाहरुमाथि राज्यद्वारा गरिएको बर्बरताका श्रृंखला फेरि पनि दोहोरिन सक्छ । यदि त्यस्तो भएमा त्यसमा मतियारहरु पतन अवस्यम्भावि छ ।

तपाईको प्रतिक्रिया