सिलगुढी करिडार अर्थात चिकेन नेकमा बंगलादेश र चीनद्वारा गरिएको षड्यन्त्र भारतद्वारा विफल

समाचार एजेन्सीहरु (पश्चिम बंगाल) । भारतको पूर्वोत्तर राज्यहरु जोड्ने सिलुगढी करिडोर अर्थात चिकेन नेक छुट्याउन बंगलादेश र चीनद्वारा गरिएको षड्यन्त्रलाई भारतले विफल बनाइदिएको छ । भारतका लागि चिकेन नेक सर्वाधिक महत्वको स्थान हो । यही करिडोरले भारतको उत्तरपूर्वका ८ राज्यहरुलाई जोड्ने काम गर्छ । ती राज्यहरु हुन्–आसाम, अरुणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, मेघालय र सिक्किम । यी राज्यलाई जोड्न सिलगुढी करिडोर कम महत्वपूर्ण छैन । चिकेन नेकको चौडाइ केही स्थानमा मात्र २२ किमी रहेको छ । यो २२ किमी चौडाइको भूभागलाई ब्रेक गरिदिँदा
भारतको ८ वटा राज्यसँग सम्बन्ध पूर्णरूपमा विच्छेद हुन पुग्दछ । यो २२ किमिमा पश्चिमतर्फ नेपाल छ भने पूर्वतर्फ बंगलादेश रहेको छ । उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र भुटान रहेका छन् । चिनले डोक्लाममा सडक बनाएर भारतको यही चिकेन नेकलाई केही वर्ष अगाडि टार्गेट गरेको थियो । यसै सवालमा दुई देशबीच झडप समेत भएको थियो । जब एउटा देश चारैतिरबाट घेरिन थाल्छ तब उक्त देशको अग्निपरीक्षा सुरु हुन्छ । भारतका लागि उक्त समय आइसकेको छ । पहिला संयुक्त राष्ट्रसंघले शब्दले प्रहार ग¥यो, फेरि बंगलादेशको सेनाले भारतको सेनालाई धम्की दिने दुस्साहस ग¥यो ।
बंगलादेश भारतको छिमेकी देश हो जसलाई भारतले १९७१ सालमा स्वतन्त्रता दिलाएको थियो । त्यसबेला भारतको सहयोग बिना बंगलादेश स्वतन्त्र हुन सक्ने थिएन ्। आज त्यही देशले भारतलाई आँखा देखाउन थालेको छ ।


बंगलादेशका सैन्य प्रवक्ता ब्रिगेडियर नदिमुनको विज्ञप्ति बाहिर आएको छ । उनले ‘हालात अर्थात अवस्था बिग्रिएमा हामी पछि हट्दैनौं’ भनेका छन् । त्यो बयान वा विज्ञप्ति नभएर एक प्रकारको धम्की हो । यसलाई भारतले आफ्नो सम्प्रभुतामाथिको धम्कीको रुपमा नबुझ्ने कुरै थिएन् । भारतले यसको जवाफ दियो—‘विदेश मन्त्रालयमार्फत पहिला आफ्ना देशमा निष्पक्ष चुनाव गर । बारम्बार भारतमाथि आरोप लगाउने काम बन्द गर ।’ भारतीय विदेश मन्त्रालयको उक्त भनाइले बंगलादेशको ढाका देखी पाकिस्तान र चीनसम्म हलचल मच्चियो । त्यसपछि भारतले खेलको मैदान परिवर्तन ग¥यो । र सिलगुढी करिडोरलाई सबैले चिकेन नेक भन्थे, त्यो स्थान भारतको धड्कन भएकोले त्यसको जवाफ दिनु स्वभाविक थियो । ६० किमी लामो र २२ किमी चौडाइको भारतको उक्त भूभाग काटिन पुग्यो भने भारतका पूर्वोत्तर राज्यहरू सबै प्रभावित बन्न पुग्थे । चीनलाई बंगलादेशले चिकेन नेकको केही किमी दूरीमा एक एयर बेस समेत उपलब्ध गराएको थियो । जुन एयर बेस १९७१ को थियो, जुन बेला बंगलादेश स्वतन्त्रताका लागि लड्दै थियो। त्यहीँ तैनाथ गरिएका थिए फाइटर जेट, चार सय एयर डिफेन्स सिस्टम। बंगलादेशको यस्तो हर्कत देखेपछि त्यसको प्रतिकार भारतले गर्नु स्वभाविक थियो । बंगलादेश वर्तमान अन्तरिम सरकारका प्रधानमन्त्री युनुस आउनु भन्दा अगाडि भारतकै समर्थनमा रहँदै आएको थियो। तर यतिबेला उसले भारतकै विरुद्धमा मोर्चा खोल्न पुगेको छ । बंगलादेशले यो कार्य त्यसबेला ग¥यो जब भारत राजनीतिक रूपमा असहज परिस्थिति थियो। दुई करोड भन्दा बढी बंगलादेशी नागरिकहरू भारतमा बसेका थिए। अर्कोतर्फ मुस्लिम रोहिङ्ग्याहरूले समेत राम्रै घुसपैठ जमाएका थिए । भारतले वन नेशनल सिटिजनसिप परिचय पत्रको खनतलाशी सुरु ग¥यो, त्यसपछि घुसपैठीहरूको वास्तविकता बाहिर आयो। उनीहरूलाई सीमा पार पठाउने काम हुन थाल्यो । त्यसपछि बंगलादेश र पाकिस्तानको बेचैनी सुरु भयो । संयुक्त राष्ट्रसंघले भन्यो–भारतले शरणार्थीहरूलाई समुद्रमा छोडिरहेको छ । बंगलादेशले भन्यो—भारतले हामीलाई अस्थिर बनाइरहेको छ । भारतले पुनः भन्यो—‘हामी हाम्रो देशलाई घुसपैठीहरूको अड्डा बन्न दिँदैनौं ।’ भारतको यो चेतावनी थियो् । त्यसपछि भारतले रणनीति मात्र प्रयोग गरेन, ताकत पनि प्रयोग ग¥यो। चीन र पाकिस्तानले बंगलादेशलाई यस मामलामा सघाउ पु¥याउँदै आएका छन् । यसपछि भारतले पूर्वी सीमालाई अलर्ट अवस्थामा राख्ने निर्णय ग¥यो। हाल उक्त क्षेत्रमा भारतको बीएसएफ टोली सक्रिय भएको छ । हुन त बंगलादेश आफै आन्तरिक दलदलमा फसेको छ। बंगलादेशी सेना चाँडै चुनाव गरेर सरकारको नेतृत्व जनताको हातमा सुम्पनुपर्छ भन्ने पक्षमा रहेको छ भने युनुस सरकार जबसम्म चीनको ‘ग्रीन सिग्नल’ आउँदैन तबसम्म चुनाव गर्ने पक्षमा छैन । अर्कोतर्फ, उसले अमेरिकाको समेत पूर्ण समर्थन पाएको छ। पछिल्लो ट्रम्प सरकारको भारतलाई हेर्ने दृष्टिकोण नै बदलिएको अवस्थामा भारतलाई अस्थिर बनाउन उसले बंगलादेशलाई साथ दिँदै आएको छ । चीनले अरबौं डलर लगानीको बहानामा बंगलादेशको राजधानी ढाकामा आफ्नो पकड जमाएको छ ।
पाकिस्तानको आइएसआइ समेत भारतका विरुद्ध सूचना संकलनमा सक्रिय भएको छ । १९७१ मा जब भारतले बंगलादेशलाई स्वतन्त्रता दिलाएको थियो, त्यसबेला भारतीय सैनिकले आफ्नो प्राण दिएका थिए । आज त्यही देश भारतको विरुद्धमा धम्की दिनु कत्तिको सान्दर्भिक हुन्छ ? भारत पनि अब पुरानो भारत होइन। यो नयाँ भारत हो–जसले जान्दछ, कहिले बोल्ने र कहिले ्रकारबाही गर्ने । भारतले आफ्नो रक्षा नीति यतिबेला पूर्णरूपमा बदलिएको छ ।
अबका लक्ष्य सुरक्षा मात्र नभएर चातुर्यता समेत रहेको छ । भारतको खुफिया एजेन्सी, एनआइए र मिलिट्री तीनै मिलेर काम गरिरहेका छन् ।
शत्रु देशले चलाइरहेको साइबर नेटवर्कलाई ह्याक गर्ने र खतम गर्ने, सयौँ फर्जी एकाउन्ट र सोशल मिडियामा फैलिरहेको भारतविरोधी गतिविधि एक–एक गरेर लक र बर्बाद गर्न थालिएको छ । अब जमिनि युद्ध मात्र नभएर डिजिटल युद्धलाई पनि साथसाथै लिइएको छ । भारतीय सीमाको कुरा आउँदा दुश्मनहरू बाहिर मात्रै हुँदैनन्, भित्र पनि हुन्छन् । हालसम्म यही देखिएको छ । भारत सरकारले स्पष्ट गरिसकेको छ–भारतमा त्यही मानिस बस्छन् जो भारतीय हुन् । जो अवैध रूपमा देशमा घुसपैठ गरेका छन्, उसलाई कानुनी प्रक्रियाबाट देश निकाला गरिन्छ–जतिसुकै दबाब किन नहोस् । यस अवस्थामा तीनवटा शक्तिहरूले भारतमा आँखा गाडेर बसेका छन्—चीन, पाकिस्तान र अमेरिका । अमेरिका चाहँदैन–पाकिस्तान र बंगलादेशको सम्बन्धमा तिक्तता आओस्। यसो भयो भने यसको लाभ चीनले उठाउँछ । तर बंगलादेशको सरकार पाकिस्तान र चीनको दबाबमा रहेको छ । पछिल्लो समय भारतले बंगलादेशको खाडीमा तीन गुणा बढी सुरक्षा तैनाथ गरिदिएको छ । पनडुबीसहित तीनवटै मोर्चामा भारत सक्रिय रहेको छ । भारतका लागि युद्ध—युद्धका लागि मात्र नभएर आत्मसम्मानका लागि भएको छ । शत्रुहरूका लागि भारत जवाफ दिन तयार भएर बसेको छ । यो तनातनी अझै बढेमा दक्षिण एसिया फेरि युद्धको विभिषिकामा फस्छ ? १९७१ लाई छाडेर बंगलादेश फेरि पाकिस्तानको नक्सामा जान्छ ? एकताका भारत र बंगलादेशको सम्बन्ध रगतको नाता जस्तै थियो ।अब त्यो सम्बन्धमा पूर्णरूपमा तिक्तता आएको छ । ढाकामा अवस्था नियन्त्रणभन्दा बाहिर हुँदै गएको छ । सेना र सरकार आमनेसामने उभिएका छन् बीचमा पूरै देश फसेको छ । भारतले यो पूरै घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ ।यो एउटा देशको अस्थिरता मात्र नभएर
भारतका पूर्वी राज्यहरूसँग सम्बन्धित सुरक्षा खतरा पनि हो । यतिबेला बंगलादेशको राजधानी ढाकाका कैयौँ इलाकामा सेनाका गाडीले गस्ती गरिरहेका छन् । सेनामा समेत दुई समूह देखिन थालेका छन् एउटा समूह चीनको समर्थनमा छ भने अर्को समूह भारतको समर्थनमा । जब एउटा देशको सेनामा विभाजन आउँछ, त्यस देशको भविष्य सुरक्षित हुन सक्दैन । चीनले आफ्ना गुप्तचरमार्फत बंगलादेशका सैन्य अधिकृतलाई उक्साइरहेको छ—‘भारतलाई चुनौती देऊ, सीमामा दबाब बनाइराख जसले गर्दा नयाँ दिल्ली त्यसैमा व्यस्त होस् ।’ तर भारतले यी सबै कुरालाई सूक्ष्मरूपमा हेरिरहेको छ । बंगलादेशको सडकमा नागरिकहरूले जुलुस प्रदर्शन गरिरहेका छन् । उनीहरू महँगी र भ्रष्टाचार विरुद्ध नारा लगाइरहेका छन् । तर चीन समर्थित सेनाले प्रदर्शनलाई भारत–समर्थित आन्दोलन भन्दै बदनाम गर्न सुरु गरेको छ । कैयौँ स्थानमा पत्रकारहरुलाई पनि जान दिइएको छैन । कैयौँ पत्रकारलाई गिरफ्तार गरिएको छ । भारतले बारम्बार सुझाव दियो–‘लोकतन्त्रको आवाज कुल्चने दुष्कर्म नगर्नु ।’तर बंगलादेशको सरकारले उल्टै भारतमाथि आरोप लगायो–‘भारत हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप गर्दैछ ।’ यो स्थिति भनेको बंगलादेशको १९७१ भन्दा पहिलेको हो–त्यसबेला जनता एकातिर थिए, शासक अर्कोतिर । यतिबेला भारतीय राष्ट्रिय सुरक्षाको बैठक लगातार बसिरहेको छ । प्रधानमन्त्री, विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार र तीनै सेनाका प्रमुखहरू लगातार परिस्थितिको मूल्यांकन गरिरहेका छन्। र, मिलिट्री इन्टेलिजेन्सबाट रिपोर्टिङ भइरहेको छ–बंगलादेशको सीमा क्षेत्रमा सैन्य अधिकारी घुमिरहेका छन् । भारतका लागि यो रातो झण्डा थियो । अब यो राजनीतिक विवाद मात्र थिएन–यो रणनीतिक घेराबन्दीको प्रयास थियो । भारतले तुरुन्त आफ्नो सीमामा ‘अन–प्रोटेक्सन’ लागू गरिदियो । अब सीमामा कुनै पनि प्रकारको शंकास्पद गतिविधिप्रति सीधा जवाफ दिन सजिलो भएको छ । हरेक चौकी, हरेक पोस्ट, हरेक स्थानमा एउटै कुरा–‘सुरक्षाको मामिलामा कुनै सम्झौता हुँदैन ।’ भारतको सीमामा गोलीबारी भयो, एक जना जवान शहीद भए–त्यसको भारतले कडा जवाफ दिएको थियो । यो घटनाले बंगलादेशको ढाकामा त्रास फैलियो । बंगलादेशका प्रधानमन्त्री मो. युनुसले संयुक्त राष्ट्रसंघ गुहारेर भने–‘भारतले आक्रमण ग¥यो । ’तर भारतले जवाफ दियो—‘यो सुरक्षाको कुरा हो । आवश्यक परे हामी पुनः आक्रमण गर्छौं ।’ भारतको यो भनाइबाट शक्तिशाली राष्ट्रहरूमा खल्बली मच्चियो । अमेरिका, फ्रान्स, जापानले भारतको समर्थन गरे भने चीन, पाकिस्तानलगायतका देशले भारतलाई आक्रमक राष्ट्र भने । भारतको कारबाही सत्य थियो भन्ने कुरा सबैलाई थाहा थियो ।

तपाईको प्रतिक्रिया