धरानमा ब्राउन सुगर सहित एक युवक पक्राउ

धरान । धरानमा लागू औषध ब्राउन सुगर सहित एक युवक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धरान उपमहानगरपालिका–५, कुलुङ चोक क्षेत्रमा लागू औषधको कारोबार भइरहेको भन्ने जानकारी पाएपछि सोमबार राति छापा मारेको थियो ।
कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले धरान–१५ बस्ने २८ वर्षीय सनम तामाङलाई रोकतोक गरी खानतलासी गर्दा उनको साथबाट ब्राउन सुगर जस्तो देखिने कुल ३.३३ ग्राम (तीन ग्राम तीन सय तीस मिलिग्राम) पदार्थ फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले तामाङलाई लागू औषध सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया