पुकुलीको जन्म दिन
भ्रष्टाचार, कमिशनकी नेपालकी महतारी, लण्ठुतिराजहरुकी भाउजु पुकुलीले आफ्नो जन्म दिन अस्तिका दिन सिंगापुरमा धुमधामसँग मनाइछिन् । जेन्जी आन्दोलनमा हल्काफुल्का मर्मत पाएका पुकुली र भकभके काजी उपचारको बहानामा सिंगापुर धाइफल ठोक्या थिए । जेन्जीहरुले कोठामा राखेर मात्र नभएर माटो मुनि लुकाएको ढेउवा समेत नष्ट गर्दा पनि सिंगापुरमा जन्मदिन मनाउनुलाई भाते लन्ठुती राजहरुले गौरवै मान्या होलान् । मान्ने भए नि नेपामा राख्या सम्पत्ति हन्वेर्नुमा पोको पारेर फालेजस्तो मात्र थियो । बेलायत, सिंगापुरतिर असली गाडधन राख्या छ भन्छन् । होला पनि स्वदेशीलाई त विदेशी बनाएर करोडौ कुम्ल्याउने ल्याकत राख्नेको असली गाडधन त बाहिरै हुनुप¥यो । आफ्नो देशमा टुंगो छैन । कुन बेला के हुने हो ? तर जेहोस् पुकुलीले आफ्नो् जन्मदिनचाहिँ सिंगापुरमा धुमधामका साथ मनाएकी छन् ।
हाकिमका गालामा मुँग्रेशास्ती
अति गर्नु अतिचार नगर्नु भन्या त्यसै होइन । अब हेरम न धनकुटाको साँगुरीगढी गाउँपालिकाका योजना अधिकतृुलाई । सेवाग्राहीहरुको कामै नगर्ने । कार्यालय समयमा मोवाइलमा झुण्डिने, टोलन दिने, सम्पन्न आयोजनाहरुको भुक्तानीका लागि फाइल अगाडि नबढाइदिने, आयोजना बनाउँदा आलटाल गरिदिने, मैमत्त भएर अरुलाई गन्दै्र नगन्ने फोवियाबाट ग्रसित योजना अधिकृतलाई वडा नं १ का वडाध्यक्षले नै मादल बजाए झै बजाइदिएछन् । मादलको खरी झरुन्जेल मुंग्रेसास्ती पाएका योजना अधिकृत अबचाहिँ लाइनमा आउँछन् कि ? हुन त बाली चोरी खाने गाईवस्तुलाई जतिसुकै गरे नि केही पार लाग्दैन । अब तो सुधारजा वरना मुसीवत सहनाई बजाके नही आएका ।
मासुभातेहरुको राष्ट्रिय पर्व

झालेमालेका मासुभातेहरुले् अस्तिका दिन देशैभरि राष्ट्रिय पर्व बडो उल्लासपूर्ण रुपमा मनाएका छन् । गुण्डुमा गुण्डाहरुको घेरामा बसेर खप्रओले दिएको निर्देशनलाई मासुभातेहरुले बडो इमान्दारिताका साथ निर्वाह गरेका थिए । हुन त नमक खाएपछि सोझो त गर्नैप¥यो । बेगारी भएर बसेकाहरुलाई हायर गरेर ल्याई अध्यक्षेको स्टाम हान्या तीन लिटर पेट्रोलको कुपन, पाँचसय जेलि खर्च, टन्न मासुभात दिएपछि वातै खलास । जेहोस् खप्रओ गुण्डुमा बसेर पनि दायाँ बायाँँ खुराफातिचाहिँ गर्न सक्ने् हुन् ।
आफ्नै बोली गलपासो
थुतुनो र खै त्यो के जातिचाहिँ जोगाउनुपर्छ नत्र वित्याँस पार्छ भन्थे हो रै’छ । अब हेरम न नेपाल प्रहरीका निवर्तमान आइजीपि चन्द्रकुँवेर खापुङ्गलाई । जेनजी आन्दोलनका बेला आफ्ना मालिक खप्रओ र नेपालका महंगा लेखकले दिएको निर्देशनलाई पालना गरी गोली चलाएर युवाहरुको नरसंहार गरेको दोष बडो गौरवपूर्वक आफैले लिए । अब अहिले तिनैलाई त्यो बोली गलपासो भएको छ । हुन त खापुङ्ग बबुराको यो चाहिँ इमान्दारिता नै हो । खप्रओ र लेखकले नै तिनलाई आइजीपी बनाएका हुन् । त्यो गुण तिनले विर्सने कुरा पनि भएन । नमक खाएपछि त्यसको सोझो त गर्र्नै प¥यो । अब अहिले आएर छानविन समितिले न्याकेको छ । विदेश जान, काठमाण्डौ छाडेर बाहिर जान र बोलाएको बेला आयोगमा बयान दिन जानुपनेर्् भएको छ । के गर्नु समयमै बुद्धी नपुगपछि । गोली हान्न खप्रओले र लेकखकले निर्देशन द्या थे भनेर सत्य बोल्या भए अहिले टेन्सिन नै हुने थिएन ।
औकात विनाको घरेलु मन्तरी
जेनजीको रगतमा पौडिएर सिंहदरबार छिरेका ताइ न तुइका औकात बिनाको घरेलु मन्तरी ओम प्रकाश अर्यालको अभियन्ता दुगाई प्रसाईले सातो खाइदिएका छन् । प्रसाईले आन्दोलनको आँधिबेहरी ल्याउने तयारी गरेपछि लगलग काँप्न थालेका अर्यालले वार्तामा बोलाए । जगतलाई थाहा थियो अर्यालको औकात । जब प्रसाइले अगाडि सरेका माग सुने त्यसपछि तिनलाई एकसय चार डिग्रीको ज्वरो आयो । वार्ता स्थलमै अर्याल सेन्टीÏलाट भा’थे । वरको सिन्को पर सार्ने औकात नभएकाले बडो चुरीफुरी देृखाएर वार्तामा किन बोलाउनु ? घरबाट सिंहदबार–सिंहदबारबाट घर जाने मात्र हैसियत भएकाले वार्तामा बोलाएसी’ दनादन माग पूरा गर्नुपर्दैन । प्रसाइले त भन्या थिए एनजिओ, आइएनजिओ, बारबरा फाउण्डेशनका मतियारसँग वार्ता गर्नुको औचित्य छैन, भयो यही ।
झल्लाझलुले हँसायो वा
झल्लाझलु माने सर्पनाथ खनाल भन्या झल्लझलु नै रै’छन् । आफ्नो हालीमुहाली छँदा राजकानी सुन्निदा पनि विदेश उपचार गर्न जाने, कन्पारो चड्किदा पन राज्यकोष दोहाहन गरेर विदे्श हान्निने झल्लुलाई यतिबेला साह«ै अप्ठेरो प¥या छ । जीवनभरि राज्य दोहन गरेर घैँटो भर्दै आएका झल्लाझलुले अस्तिका दिन साह«ै हँसाए । जेनजी आन्दोलनका बेला तिनकी खनाल्नीले पनि धुलाइ खाएकी थिइन् । खबरपति झलुको अस्तिका दिन मेरो श्रीमतिको उपचार
राज्यको दायित्व होइन भने कस्को हो भन्दै उफ्रन्दै थिए । तिनको श्रीमतिको उपचार राज्यले किन गर्नुप¥यो ? जसको श्रीमति हो उसैले गर्नुप¥यो । झल्लुकी श्रीमतिचाहिँ अरुका श्रीमति भन्दा स्पेशल हो र ? हुन त विचराले हिजोका दिन राज्यको ढुकुटी लुटेर मस्ती गरेको सम्झेका होलान् । अभि वक्त बदल चुका है सर्पनाथ जी ।
कोही सद्धे नहुने भए
आश लागेको केटो जेठाजु परेछ भनेझै झालेमालेका कोशी प्रदेशका सभासद तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती भण्डारी पनि उही ड्याङका मुला पो रै’छन् । इटहरी घरमा बसेर सरकारी गाडीमा आउजाउ गर्ने भण्डारीले घर भाडा वापत रकम कुम्ल्याउँदै आएका रै’छन् । अरु भन्दा अलि भिन्दै होलान् भन्या त के को हुन्थे ? हुन त भण्डारीमात्र इमान्दार र सज्जन भएर भएन । गिद्धको कोखमा जन्मेपछि सिनो खान्न भन्दा कसले पत्याउने ? सबैले विभिन्न शीर्षकमा डङ्कीडङ बजाएसी’ उनको मनले मान्ने कुरा पनि त भएन, बजाईदिए ।
अन्तेमा
झालेमालेबाट खप्रओको सरकारमा सूचना तथा सञ्चारमन्तरी भा’का पृथ्वी सुब्बा गुरुङले अस्तिका दिन साह«ै चित्त दुखाएछन् । मन्त्री छँदा तिनको साना
चुरीफुरी थिएन । कसैलाई मान्छे नै नगन्ने । अरुसँग बोल्दा नि गाह«ो मान्ने । अहिले तिनको हालत देख्दा घण्टाघरलाई नि च्वच्व गर्न मन लँग्यो । तिनले अस्तिका दिन भन्या जेनजी आन्दोलनबाट मन्त्री पद खुस्केपछि सवै सम्पत्तिध् सकियो । भात खाने थाल पनि दिदीबहिनीले दिएकोमा चलाउँदै छु रे । हैन यो त अति भयो । विचराको त्यत्रो लुटेको सम्पत्तिचाहिँ कसरी सिद्धिएछ हँ ? जुवा त खेल्या होइनन् होला । आखिरी झालेमाले न परे । झु्टको खेति गर्न कसले भ्याउँछ ? कि कसो हौ ?
