भारत–नेपाल ट्रान्जिट रुट विस्तार गर्न लेटर अफ एक्सचेन्ज LOE मा हस्ताक्षर

धरान । नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हा र भारतका वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयल बीच नयाँदिल्लीमा कार्ति २७ गते भएको द्विपक्षीय बैठकमा रेल व्यापार सम्पर्क बढाउन दुवै देशका बीच मसि सम्झौता भएको छ ।
बैठकमा भारत–नेपाल ट्रान्जिट रुट विस्तार गर्न लेटर अफ एक्सजेन्ज (एलओइ) मा हस्ताक्षर भएको हो । भारत र नेपालबीचको पारवहन सन्धीको प्रोटोकललाई संसोधन गर्दै दुवै देशले लेटर अफ एक्सचेन्ज आदान प्रदान गरेका थिए । भारत सरकारको वाणिज्य तथा उद्योग मन्त्रालयद्वारा जारी विज्ञप्तीका अनुसार उक्त हस्ताक्षरले जोगवनी (भारत) र विराटनगर (नेपाल) बीच रेलमा आधारित मालवाहक ढुवानीको आवागमनलाई विस्तारित परिभाषा अन्तर्गत वल्क कार्गो सहित सहज बनाउने भएको छ । यो उदारिकरण प्रमुख ट्रान्जिट कोरिडोरहरु कोलकता–जोगबनी, कोलकाता–नौतनरा (सुनौली) र विशाखा पट्टनम नौतनवार (सुनौली) मा विस्तार हुने भएको छ । जसले गर्दा दुई देशबीचको वहुविद्य व्यापार सम्पर्क र तेस्रो देशहरुसँगको नेपालको व्यापारलाई सुदृढ बनाउँछ ।

जारी विज्ञप्तीका अनुसार लेटर अफ एक्सचेन्ज (एलओइ) ले जोगवानी–विराटनगर रेल लिंकमा कन्टेनराइण्ड र वल्क कार्गो दुवैका लागि सिधा रेल कनेक्टिभिटी रहनेछ, जसले कोलकाता र विशाख पट्टनम बन्दगाहबाट नेपालको विराटनगर नजिकै नेपाल भन्सार यार्ड कार्गो स्टेशनसम्म ढुवानी सहज हुनेछ । भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिएको उक्त रेल लिंकको भारत र नेपालका प्रधानमन्त्रीले सन २०२३ जुन १ मा संयुक्त रुपमा उद्घाटन गर्नुएको थियो । बैठकले एकीकृत चेकपोष्ट र अन्य पूर्वाधार विकास सहित सीमापार सम्पर्क र व्यापार सहजीकरण बढाउन जारी द्विपक्षीय प्रयासहरुको स्वागत गरेको थियो । भारत नेपालको सबैभन्दा ठूलो व्यापार र लगानी साझेदारी बनेको छ । जसले यसको वाह्य व्यापारको महत्वपूर्ण स्थान ओगटेको छ, विज्ञप्तीमा भनिएको छ यी नयाँ उपायहरुले दुई देश र बाहिर बीचको आर्थिक र व्यवसायिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा छ ।

तपाईको प्रतिक्रिया