ओखलढुंगाको मानेभन्ज्याङ्गस्थित स्र्णान्तराल विद्यालयको शिलान्यास

धरान । कोशी प्रदेशको ओखलढुंगाको मानेभन्ज्याङ्ग गाउँपालिका ७ स्थित स्वर्णान्तराल आधारभूतन विद्यालय टोक्सेलको विद्यालय भवन निर्माणको कार्तिक २४ गते अनलाइन समारोहको आयोजना गरी शिलान्यास गरिएको छ । स्वर्णान्तराल आधारभूत विद्यालयको विद्यालय भवन भारत सरकारको आर्थिक सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) को रुपमा निर्माण हुने भएको छ । भारत सरकारको अनुदानबाट कक्षा कोठा र छात्र तथा छात्राहरुको लागि शौचालय सहितको साढे तीन तले भवन निर्माण हुँदैछ ।

सन् २००३ देखि भारत सरकारले नेपालमा ५७९ उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु सञ्चालन गर्दै आएको छ । यस्ता परियोजनाहरुमध्ये ओखलढुंगा जिल्लाका ५ परियोजना सहित कोशी प्रदेशका विभिन्न स्थानहरुमा ९३ परियोजनाहरु रहेका छन् । भारत सरकारले कोशी प्रदे्शको स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न सस्थाहरुलाई १५० वटा एम्बुलेन्स र ६२ वटा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरेको छ, जसमा ओखलढुंगा जिल्लामा ४ वटा एम्बुलेन्स समावेश रहेका छन् ।

तपाईको प्रतिक्रिया