धरान । दाताहरुकै भरमा चलेको धनकुटाको मुलघाटस्थित विश्रान्ति शान्ति आश्रम (विश्रान्ती मन्दिर)मा सहयोगी दाताहरु बढ्दै गएका छन् । वि.सं. २०४० सालबाट सञ्चालनमा आएको यो आश्रम दाताहरुकै भरमा सञ्चालन भएको सो आश्रम सबैतिरबाट सहयोग प्राप्त भएपनि सुनसरीका धरानबाट भने सम्पूर्ण सहयोगको ५० प्रतिशत सहयोग प्राप्त हुने आश्रले जनाएको छ । आश्रम सञ्चालन गर्न कठिनाई भए पनि दाताहरुले अहिलेसम्म पु¥याएको सहयोग अतुलनीय रहेको र भविष्यमा पनि अझ सहयोग बढ्दै जाने प्रवल सम्भावना बढेर गएकोले यो आश्रमलाई दीगो रुपमा सञ्चालन गर्ने अपेक्षा सञ्चालक समितिका पदाधिकारीहरुको छ । अहिले विश्रान्ति मन्दिरमा मन्दिर परिशरमा बृद्धाश्रम निर्माण गरी बृद्धबृद्धाहरूलाई आश्रय दिइ पालनपोषण गर्दै आएको छ । त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरु परिवारबाट विछोडिएपछि आएर बस्ने गरेका छन् । आश्रमको स्याहार सुसार र पालनपोषणबाट उनीहरु सन्तुष्ट छन् ।
यहाँ अहिले वद्याश्रम संस्कृत विद्यालय समेत सञ्चालनमा रहेको छ । अहिले विश्रान्ति मन्दिरमा मन्दिर परिशरमा बृद्धाश्रम निर्माण गरी बृद्धबृद्धाहरूलाई आश्रय दिइ पालनपोषण गर्दै आको छ यहाँ बस्नेहरु आफूहरु सन्तुष्ट भएको बताउने गरेका छन् ।

यस मन्दिरमा पूजापाठ गर्न धनकुटा जिल्ला र वाहिरबाट प्रति दिन धेरै मानिसहरू आउने गर्दछन् । यस मन्दिरमा विवाह, ब्रतवन्ध गर्ने प्रचलन बढीरहेको छ । मन्दिरले दाहसंस्कार, काजक्रिया, पितृकार्य आदिका लागि सहयोग तथा सुविधा प्रदान गर्दै आएको छ । यस मन्दिरमा शिवरात्रिका दिन विशेष हर्षोल्लासका साथ पूजा गरिन्छ र सो दिन यहाँ मेला लाग्दछ । अहिले यो मन्दिर धार्मिक तथा सांस्कृतिक गन्तव्य बन्दै गएको छ । तर आश्रम सञ्चालनका लागि आर्थिक संकट बढ्दै गएको आश्रमका पदाधिकारीहरु बताउँछन् । सहयोगी हातहरु बढेपनि यो आश्रममा अहिले आर्थिक संकट बढेकाले सहयोग गर्न आश्रमका पदाधिकारीहरुले आग्रह गरेका छन् । अहिले यो आश्रममा ५० जना बृद्धबृद्धा आश्रित रहेको आश्रमका पदाधिकारीहरु बताउँछन् । सहयोगी भावनाले सञ्चालनमा आएको आश्रमलाई सहयोग गर्न आग्रह समेत गरिएको छ ।
