प्रतिबन्धित औषधी सहित ४ जना पक्राउ

विराटनगर । मोरङ, धनकुटा र उदयपुरबाट प्रतिबन्धित औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २१ गते मोरङको बेलबारी नगरपालिका– १ का ३२ बर्षीय बिज्ञान राईले आफ्नो घरमा लागू औषध बिक्री बितरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले राईलाई ट्रामाडोल ४७० चक्की, डिक्लो ४७० ट्याब्लेट र १८० ग्राम गाँजा सहित घरैबाट पक्राउ गरिएको छ । त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाले धनकुटा नगरपालिका– ६ का तिलक भुजेल र मौसम राईलाई ट्रामाडोल ११० क्याप्सुल, स्पास्पेन ८६ ट्याब्लेट र डिकोलिक १८ ट्याब्लेट सहित सोहि स्थानबाट नियन्त्रणमा लिएको छ भने उदयपुरको कटारी नगरपालिका– ४ का ३१ बर्षीय जित बहादुर थापा मगरलाई प्रतिबन्धित लागू औषध १९० ट्याब्लेट सहित इलाका प्रहरी कार्यालय कटहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भईरहेको छ ।

तपाईको प्रतिक्रिया