हाहुमा बनेको सरकार रे
गुण्डुतिर गुण्डाको सहारामा रामनाम जप्दै सुतुर्मुर्ग झै लुकेर बसेका ७६ जनाको नरसंहारकारी खप्रओ घरी घरी बौरिएर तथानाम बर्बराउन थाल्या छन् । हिङ नभए पनि हिङ बाँधेको टालो हुँ भन्दै बर्बराएको देखेर पहरा दिँदै आएका मासुभाते गुण्डाहरु आश्चर्यचकित भएका छन् । उमेर गयो, बैंस गयो गएन के जाति भनेझै दिन सिद्धिदा पनि ती ङल्याङ ङुलुङ गरिरा’छन् । खप्रओ कहिल्यै नसुध्रने भए । हम कभी नही सुध्रंगे । अगर सुध्रेंगे तो हम आदमीही नही रहंगे भन्ने उखाने यतिबेला खप्रओमा हुबहुँ लागू भा’छ । अब हेरम न वर्तमान सरकार हाहुँमा बन्या हो रे । सरकार्र पनि कही हाहुमा बन्छ ? सरकारले सुरक्षेकर्मीै खोसिदिएसी’ जेनजीले करङ भाच्लान् भन्ने त्रासले गुण्डाहरु राखेर बस्या कस्ले बुझ्या छैन र ? काठमाण्डौ छाडेर बाहिर जाने औकातसम्म नभएको माकाफुइँले वित्थाँमा किन फुइँ लगाका होला ?
झाक्री काँप्दै गुण्डु पुगिन्
विना ढेउवा बिना भिषाका सुत्रधार माकुने मने ई सँग लगनगाँठो कसेर सुइँकुच्चा ठोकेपछि वल्लो घाट न पल्लो तिरकी भा’की रामकुमारी झाक्रीको न्तविजोग भा’थ्यो । अस्तिका दिन मर्ता क्या नही करता भनेझै झाक्री काँप्दै फलाक्दै गुण्डु पुगिछन् । पुग्नै प¥यो नि माकुनेसँगको प्रेम सम्बन्ध ब्रेक भएपछि । माकुने र झाक्री बीचमा कम्ता गाढा प्रेम थिएन । हात समाएर डोहो¥याउँदै हिड्थिइन । माकुने पनि झाक्रीको हात समाएर हिड्न पाउँदा कम्ता मख्ख थिएनन् । त्यस्तो गाढा सम्बन्धलाई झाक्रीले छोड्नुचाहिँ हुन्थेन । हुन त एक पटक हिडिसकेकाहरुलाई अर्को पटक हिड्न के सरम । खप्रओलाई पनि कामदार चाहिएको झाक्रीलाई नि सहारा । बातै खलास ।
सभा बिनाको सभामुख
घिच्नेलाई लाज छैन घिचाउनेलाई के को लाज ? अब हेरम न काम पनि छैन काज पनि छैन घिच्ने बेलामा लाज पनि छैन भन्ने उखान सभामुख देवराज घिमिरेको चरित्रसँग ठ्याक्कै मिल्न पुगेको छ । प्रधानमन्न्तरी सुस्लाा मेयले सभाबिनाको सभामुखलाई किन घाँस खुवाएर पालेको होलिन् ? सभा हुँदा पो सभामुख, नहुँदा फुइøयाँको सभामुख ? गाडी, सुरक्षा, आवास, भत्ता, भान्से, तलब…..किन घिचाएको ? फेरि त्यो घिमिरेलाई सित्तिमा खान अलिकति कुरी कुरी लाग्नुपर्ने हो । हुन त कमनिष्ठा भएको पार्टीबाट सभामुख भा’हुन् । कमनिष्ष्ठा भएकालाई लाज सरम हुने कुरो पनि भएन ।
प्रभुमा ओलीको माल
अस्तिका दिन प्रभु बैंकमा सिआइवीले छापा हानेछ । शंकास्पद स्रोत नखुलेको अवैध अरबौ रकम रहेको आशंका भएसी’ सिआइवीले छापा हान्या रे । अरु नेताले जेन्जी आन्दोलनमा जलेको अरबौ रुपैया एआइले बनाइ बद्नाम गर्न खोज्या भनेर डंका पिटेका थिए । अब प्रभु बैंकमा खप्रओ र उनकी उनको नाममा करोडौ रुपैया रहेको सिआइबीले खातापाता फेला पारेछ । अब खप्रओ र तिनका मुस्दण्डे झालेहरुले विज्ञप्ती निकाल्लान् । खप्रओलाई बद्नाम गराउने खेल हो भन्लान् । सडकमा भाडामा ल्याइएकाहरुलाई जुलुस निकाल्न लगाउलान् । सबै नेताको घरमा त्यत्रो विधि पैसा भटिदा खप्रओकोको घरमा किन भेटिएन भनेर सबै चकित प¥या थिए । आखिरी झापाली कुमाई न परे । कसरी राख्नुपर्छ, कहाँ राख्नुपर्छ भन्ने कुरा उनलाई भलिभाँति थाहा थियो । अब प्रभुसँगै अरु बैंकमा पनि छापा हान्ने हो कि ?
हत्याराको निधनमा शोक

कम्युनिस्टहरुसँग खातेपाते, उठबस गर्दा गर्दै लाउरेसको पनि मति भ्रष्ट भएछ । अस्तिका दिन उस्ले खुंखार हत्याराको निधनमा शोक मनाएछ । इँटाभट्टामा दर्जनौ निमुखा मजदुरहरुलाई हालेर, हत्या गरेका अफ्ताव आलम अस्तिका दिन चिलिम भएसी’ लाउरेसले शोक मनउँदा यतिबेला दुनियाँले छिछी र दुरदुर ग¥या छन् । शीरमात्र झुकाए त हुने तीन दिनसम्म पार्टीका झण्डा आधा झुकाउने र विदा दिनेसम्मको निर्णय गरेछ । जस्तो संगत त्यस्तै फल भन्छन् हो रै’छ । माकुने, प्रचण्ड, खप्रओ, सबैको घरको पानी पिएपछि बुद्धि कहाँबाट सद आउनु ? हुन त आफैले भक्कु कुटाई खाँदा पनि लोकका अगाडि एआइलाई दोष, अरबौ रुपैया जल्दा पनि एआइलाई दोष दिने त सभापति छन् । जे होस् कम्युनिस्टको संगतले लाउरेसले लुट्न, ठग्न, झुटो बोल्नचाहिँ राम्रैसँग सिकेछ । हत्याराको नरकमा बास होस् ।
आफै कालो मोसो दल्न थाले
अरुले कालो मोसो लगाएर भाटा हान्नु पर्ने अवस्थामा मधेश प्रदेशका एक सांसदले अरुले गर्ने कामलाई सजिलो बनाइदिएका छन् । मधेश प्रदेशका माओवादी केन्द्रबाट सांसद बनेका रहवर अन्सारीले अस्तिका दिन आफैले आफूलाई कालो मोसो दलेर सबैलाई आश्चर्यचकित बनाएका छन् । सांसद रहवरले त्यो किन गरेका होलान् ? कालो मोसोसँग त्यस्त्रो विधि प्यार थियो भने यसो भाडाका १०–१२ जना लाई अह्राउँदा भैहाल्थ्यो । अरुले कालोमासो दलिदिँदा बडे नेताको पगरी गुथ्न पाइन्थ्यो । राज्यले सुरक्षाकर्मीको थप बन्दोबस्त गर्दिन्थ्यो, चौतर्फी नाम आउथ्यो । आफैले आफूलाई कालो मोसो दलेर के बहादुरी देखाएको होला ?
चरित्र हत्या भयो रे
जसको चरित्रै छैन उसले मेरो चरित्र हत्या भयो भनेर आरजु एण्ड देउवा कम्पनीका भान्से लाजशरण महतले अस्तिका दिन राँडे रुवाई गरेको देख्दा घण्टाघरलाई आश्चर्य लाग्या छ । वडाको निर्वाचन समेत जित्ने औकात नभएका अनि जीवनभरि आरजु एण्ड देउवा कम्पनीलाई फन्को मारेको भरमा आकर्षक पद कुम्ल्याउँदै आएका महतलाई हिजो आज सामाजिक सञ्जालमा दुनियाँले मात्र नभएर लाउरेसकै कार्यकर्ताले नांगै बनाउन थाल्या छन् । हुन त लाजस
शरणले कहिले पो कपडा लगाएका थिए र ? बुढानिलकण्ठमा तिनका दाताले हनुमान धुलाई भेटेपछि लाज शरण धोवीका कुत्ता घर न घाटका भा’छन् ।
अन्तेमा
गोपले बास्कोटा, आच्या ७० करोड बजाएको हाक्काहाक्की स्वीकार गर्ने झालेमालेका गोफ्ले बास्कोटाले नि अस्तिका दिन धोवी धुलाई भेटेछन् । तिनलाई धोवीधुलाई दिने न त जेनजी थिए, न त अरु कसले दिया हुन् । आप्mनै जातभाई झालेमालेका गुण्डु चेकपोष्टका गुण्डाहरु रै’छन् । क्या वात † केही दिनदेखि गोफ्ले बास्कोटा खप्रओका विरुद्धमा भलिभाँति फलाक्न थाल्या थिए । खप्रओका सबै पोलहरु एकपछि अर्को गर्दै खोल्न थाल्या थिए । यो कुरा गुण्डुकाहरुको संरक्षणमा बस्या खप्रओलाई हजम हुने कुरै थिएन । त्यसपछि छ के खोज्छस् कानो आँखा भनेझै खप्रओको निर्देशनमा गुणहरुको बटालियन नै गोफ्ले बास्कोटाकोमा पुगेर धोबी धुलाई हान्देछन् । निक्कै प्यार प्यार गरेर बोल्दै थिए । अब गोफ्ले पनि थान्को लागेछन् । त्यसैले भन्या थुतुनो र त्यो के जाति जोगाउनु नत्र दुःख पाइन्छ ।
