भारत–नेपाल स्टार्टअप पार्टनरसीप नेटवर्क कार्यक्रम सम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाण्डौ । नेपालस्थित भारतीय राजदुतावासले आगामी महिना आयोजना हुन लागेको भारत–नपाल स्टार्टअप पार्टनरसीप नेटवर्क (In-Span) को पहिलो कार्यक्रम सम्बन्धी कार्तिक १८ गते मंगलबार अभिमुखीकरण सत्र सम्पन्न गरेको छ । भारत र नेपालका स्टार्टअप इकोनोमिस्टहरु बीचको अन्तरक्रियालाई प्रभावकारी र व्यापक बनाउने उद्देश्यका साथ आयोजना गरिने पहिलो पटकको In-Span कार्यक्रम मंसिर तेस्रो साता आइआइटी मद्रासमा शुरु हुने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा नेपालका स्टार्टअपहरुका प्रतिनिधिहरुका लागि आइआइटी मद्रास प्रवर्तकसँगको सहकार्यमा आइआइटी मद्रासमा ८ हप्ताको फुल्ली फण्डेड प्रशिक्षण र नवप्रवर्तक कार्यक्रम समावेश हुनेछ । उक्त मोड्युलमा सहभागीहरुका लागि तालिम, परामर्श र इन्टर्नसीप समावेश हुनेछ । आइआइटी म्रदास प्रवर्तक अग्रणी इन्क्युवेटर हो जसले हालसम्म ४६ वटा स्टार्टअपहरुलाई इन्क्युवेट गरिसकेको छ । जसमध्ये १४ वटाले आफ्नो प्रविधिको सफलतापूर्वक व्यवसायिकरण गरेका छन् ।


नेपाल सरकार सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले पहिलो सत्रको अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएर कार्यक्रमको प्रशंसा गर्नुभएको थियो । भारतीय राजदुतावासद्वारा कार्तिक २० गते विहीबार एक विज्ञप्ती प्रकाशित गरी दुुतावास परिसरमा आयोजित उक्त सत्रमा विभिन्न स्टार्टअपहरु, नेपाल सरकारका विभिन्न विभागहरु, वाणिज्य संघहरु, रोवोटिक्स एसोएसिएसन अफ नेपाल, एनएएस आइटी, फिनटेक एलायन्स, एआई एसोसिएसन अफ नेपाल र शैक्षिक संस्थाहरुबाछट गरी करिब १ सय जनाको सहभागिता रहेको थिया । उक्त कार्यक्रममा वीरगञ्ज र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ्ग अध्ययन संस्थान धरानका करिब ६० जना सहभागीहरु भर्चुअल रुपमा कार्यक्रममा सहभागी भएका थिए ।
इलेक्ट्रिकल इन्जिनियरिङका प्राध्यापक तथा सेन्टर पर ह्युमन सेन्ट्रिक एआई, आइआइटी मद्रासका प्रमुख वैज्ञानिक प्रो. गौरव रैना अनलाइन कार्यक्रममा सहभागी हुने भएको थियो । आइआइटी मद्रवास र आइआइटीएमा प्रवर्तकको नव प्रवर्तन इकोसिस्टमको बारेमा उहाँहरुले जानकारी दिनु भएको थियो । विज्ञप्तीमा भनिएको छ यस भन्दा अगाडि सोही दिन त्रिभुवन विश्व विद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान पुलचौक क्याम्पसमा पनि यस्तै सत्रको आयोजना गरिएको थियो । जसमा ७० जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । आवेदनहरुको मूल्यांकन र उमेद्वारहरुको अन्तरवार्ताका आधारमा उक्त कार्यक्रमका लागि छनौट हुने समेत विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया