शर्माको हत्यामा दुई पक्राउ

झापा । कार्तिक ९ गते बेपत्ता भएका झापाको शिवशताक्षी नगरपालिका वडा नं. १० का ३३ बर्षीय सरोज शर्माको हत्यामा संलग्न सोही स्थानका सुनिल साह र राहुल साहलाई जिल्ला प्रहरी कार्यालयले आइतबार सार्वजनिक गरेको छ । हत्यामा संलगन साहद्वयसँगै अर्का एक भारतीय नागरिक फरार रहेकोले निजको खोजी कार्य भइरहेको झापाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।

्प्रवक्ता खड्काका अनुसार काठमाण्डौ बस्दै आएका शर्माले सस्तो दरमा सुन किन्ने र चिने जानेकाहरुलाई किनिदिने प्रस्ताव गर्दै आएका थिए । यही वहानामा सुनिलसँग उनको चिनजान भएको थियो । तर नातामा मामा भान्जा पर्ने साहद्वयले शर्मासँग भएको पैसा र अन्य समान लुट्ने याजना बनाई शर्मालाई हामीले सुन ल्याएका छौं भनी अर्जुनधारा नरपालिका वडा नं. ४ स्थित दहीझोडा सामुदायिक वनमा लगेका थिए । आफै गाडी चलाएर गएका शर्मालाई सोही स्थानमा टाउकोमा हतौडा प्रहरी गरी हत्या गरी शबलाई झापा गाउँपालिका वडा नं. ५ हुलाकी राजमार्गको बिरिङ्ग खोलाको पुल मुनि गाडेका थिए । हत्याराले उनकै गाडी प्रोग गरी शब त्यहा पु¥याएका थिए । उनीहरुले शर्माको बा प्र ०१–३० च ७१९४ नं. को गाडी मेची नगरपालिका वडा नं. १३ को निचाझोडा सीमसार क्षेत्रमा पु¥याई जलाएर भागेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रवक्ता खड्काले जानकारी दिनुभयो । पक्राउ परकेकाहरुमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएको प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया