अब अनलाइन सूचिकरण नहुने

काठमाण्डौ । प्रेस काउन्सिल नेपालले सञ्चार माध्यमका रुपमा सञ्चालन हुँदै आएको अनलाइन सञ्चारमाध्यमलाई अब सूचिकरण नगर्ने जनाएको छ ।
काउन्सिलले आइतबार एक सूचना प्रकाशित गरी अनलाइन सञ्चारमाध्यमलाई व्यवस्थित गर्दै जाने उद्देश्यका साथ २०७० साउन १६ गते सार्वजनिक सूचना प्रकाशित गरी अनलाइन सूचिकरण प्रारम्भ गरेको थियो । नेपाल सरकारले २०७३ चैत्र ७ गतेबाट लागू हुने गरी अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्दशिका २०७३ जारी गरी कार्यान्वयन हुँदै आएको थियो ।

काउन्सिलका प्रवक्ता एवम् सूचना अधिकारी रामसरण बोहराद्वारा हस्ताक्षरित आइतबार जारी सूचनामा अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ (पहिलो संसोधन २०७४) मा दर्ता भएका अनलाइन सञ्चार माध्यमको अभिलेख प्रेस काउन्सिलले राख्नु पर्ने साथै पत्रकार आचारसंहिता पालना गरे–नगरेको सम्बन्धमा अनुगमन तथा निरीक्षण समेत गर्ने व्यवस्था बमोजिम काउन्सिलले मापदण्ड बनाई ३ हजार शुल्क लिएर अभिलेख, सूचिकरण र अभिमुखीकरण गर्दै अएकोमा केही नेपाल संसोधन ऐन संसोधन गर्ने ऐन २०८२ लले छापाखाना तथा प्रकाशन ऐन २०४८ मा संसोधन री सोही बमोजिम छापाखानाा तथा प्रकाशन सम्बन्धी (दोस्रो संसोधन) नियमावली २०८२ नेपाल राजपत्रमा प्रकाशन भई कार्यान्वयनमा आएको छ । माथि उल्लेखित ऐन तथा नियमावलीमा अनलाइन सञ्चार माध्यमको अभिलेख तथा सूचिकरण प्रेस काउन्सिललले गर्ने गरी कानूनी व्यवस्था भएको हुँदा उक्त कार्य प्रेस काउन्सिल नेपालबाट नहुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया