मुलुक अराजकताका भड्खालोमा पर्दैछ

मुलुक यतिबेला अराजकताको भड्खालोमा जााकिदैछ । चार दलको अदूरदर्शी निर्णय २४ घण्टा टिक्न नसक्दा तराई, पहाड र हिमाली बस्तीहरु समेत आन्दोलित भएको छ ।
निजामति सेवामा जागिर खाएर राष्ट्रिय राजनीति गर्नेहरुले कैलालीको टिकापुर घटना घटाउादा सरकार मुकदर्शक भएर बस्छ, राजकुमार लेखी जस्ताले प्रधानमन्त्री लगायत अन्य मन्त्रीलाई भौतिक कारबाहीको धम्की दिने हैसियत राख्छन्, आङकाजी सेर्पा जस्ताले सामान्य प्रशासन मन्त्रीलाई खुलेआम भौतिक कारबाहीको धम्की दिन्छन्, देश टुक्र्याउने अभिव्यक्ति दिने आÏनै पार्टीका सभासद अमरेशकुमार सिंहलाई पार्टी सभापति समेत रहेका प्रधानमन्त्रीले कारबाही समयमै गर्न सक्दैनन्, आफूलाई मधेशवादी भन्नेहरुले मधेशमा बसोबास गर्ने जनतामाथि १५ दिनदेखि आन्दोलनका नाममा दु:ख दिादा सरकार कुनै लछारपाटो लगाउन सक्दैन ।
अर्थात मुलुकमा यतिबेला सर्वत्र नाागो नाच मच्चिएको छ । कोही कसैको नियन्त्रणमा छैनन् । यतिबेला प्रत्येक नेपालीले
राज्य विहीनताको महसुस गरेका छन् । राज्यले आफ्ना नागरिकलाई आधारभूत आवश्यकता समेत उपलब्ध गराउन सकेको छैन । विद्यालय र स्कुल कलेज,उद्योग, व्यापार, यातायात सबै बन्द छन् । नागरिकले आफूलाई असुरक्षित महसुस गरेर बााच्नु परेको छ । आखिरी यी सबै वास्तविताको पछाडिको कारण सत्तामा बसेका र सत्तासाग निकट सम्बन्ध  भएका राजनैतिक दलहरुकै अदुरदर्शी सोच, व्यवहार र बोली नै हो । २०६२/०६३ को कथित आन्दोलनमा नउठेका कुराहरु नेताहरुले बााडन थाले । नेताले कुनै पनि कुरा बोल्दा दश पटक सोच्नुपर्छ । जथाभावि बोल्दा, सम्झौता गर्दा त्यसबाट उत्पन्न हुने र केही भोट बटुल्ने क्षणिक चतुर्‍याईका कारण मुलुक आज अराजकताको भड्खालोमा जाकिन पुगेको हो ।
त्यसैले बोल्दा जहिल्यै पनि थुतुनो सम्हाल्नुपर्छ । अब हिजो ज–जसलाई जे–जे कुरा दिन्छु भनिएको थियो ती कुराहरु दिनुको विकल्प छैन । हरेक क्षेत्र, तह र तप्काका मानिसहरुको आकांक्षा अब रोक्ने घृष्टता नगरेकै वेश । यति त्यसो गरियो भने आज जुन अवस्थाबाट मुलुक ग्रुजिएको छ भोलिका दिन परिस्थिति यो भन्तदा अझ जटिल र भयावह हुन सक्छ । आन्दोलनमा अहिले देखिएका ज्वारभाटाले यही कुराको संकेत गरेको छ । दिन प्रतिदिन मुलुकको अवस्था भयावह बन्दै गएपनि सत्तामा बसेका र सत्तामको निकट रहेकाहरुको अहिले पनि चेत खुलेको पाइादैन । जतिसुकै आन्दोलन गरेपनि संविधान निर्माणको प्रक्रिया कुनैपनि हालतमा रोकिदैन, संविधान जारी भएरै छोड्छ भन्ने अभिव्यक्ति दिइसहेका छन् । यिनकै अभिव्यक्तिले आन्दोलनलाई अझ मलजल गर्ने र घ्यु थप्ने काम गरिरहेको छ । बर्षौदेखिको एक अर्काबीचको आपसी सद्भाव, भाइचाराको सम्बन्ध विथोल्ने घृष्टता चार दलीय सिण्डिकेटले गरिरहेका छन् । चार दलबीच जेष्ठ २५ गते भएको १६ बुादे सम्झौता अनुसार यथास्थितिमा संविधान जारी भएमा कुनैपनि नेपालीले त्यसको स्वागत गर्ने छ्रैनन् । ममबत्तीको सट्टा रााको निस्कन्छ । नेताहरुमा यस कुराको आभाष हुनुपर्ने
हो । मधेश तथा पहाडमा सभासदहरुको घर अफिसमा भएको आक्रामणले यो कुराको पुष्टि गर्दैन र ?

तपाईको प्रतिक्रिया