पुरुषहरुलाई सुत्केरी तालीम ! होइन, सुत्केरी स्याहार्ने तालीम होला । आफ्नी सुत्केरी श्रीमतिको राम्रोसाग स्याहा सुसार गर्ने तालिम दिनु त राम्रै हो नी भन्नेहोला । तर होइन, पुरुषहरुलाई सुत्केरी स्याहार्ने तालीम नभै सााच्चीकै सुत्केरी तालीम पो दिइन्छ त्यहाा । चीनमा पुरुषहरुलाई १० दिने मिस्टर मम्मी नामको सुत्केरी कक्षा प्रदान
गरिएको छ । त्यसमा पुरुषहरुलाई बच्चा जन्माएपछि महिलाले भोग्ने समस्या तथा गर्नुपर्ने कामका विषयमा तालिम दिइन्छ, व्यवहारिक रुपमा ।
वास्तवमा पुरुषलाई बच्चा पाउनु पर्दैन । त्यसैले बच्चा जन्माउने तथा बच्चा जन्माइसकेपछि त्यसलाई गर्नुपर्ने स्याहार सुसार तथा भोग्नुपर्ने पीडा तथा समस्याका विषयमा पुरुषलाई थाहा हुने कुरै भएन । तर यो चिनिया कक्षाले पुरुषलाई सुत्केरी महिलाको व्यथा तथा बच्चाको स्याहारका विषयमा वास्तविक अनुभुति दिलाउाछ ।
चीनको पश्चिम सांघाइस्थित एक अनलाइन कन्सल्टेन्सी संस्थाले पुरुषलाई सुत्केरी तालिम दिएको हो, आफ्नो व्यापार प्रबर्धनको एक अभियानका रुपमा । चीनमा नयाा आमा बन्नु कस्तो हुन्छ ? भन्ने शीर्षकको उक्त तालीमका लागि ३ जना पुरुषलाई १५ सय डलर दिएर १० दिनसम्म सुत्केरी बन्न लगाइयो ।
पुरुषलाई सुत्केरी तालीम दिने उक्त संस्थाको समाचार पढेपछि अचम्ममा
परेका डेलीमेलका पत्रकार जेमी फुलेर्टन चीन गए र आफै उक्त तालीमको एक दिने कक्षामा सहभागी भए । उनले सुत्केरी आमाजस्तै बन्नका लागि नक्कली स्तन लगाए, ब्रा लगाए अनि जुम्ल्याहा खेलौना बच्चालाई दुध चुसाए । नयाा आमालाई दुध चुसाउन कति गाह्रो हुन्छ भन्ने अनुभुति
गराउन उनका वक्षस्थल तथा पेटमा समेत चिम्टाले चोपियो । साथै उनले बच्चाको दिसा सफा गर्ने, फोहोर गराएको नेपकिन फेर्ने जस्ता काम पनि गर्नुपर्यो । सुत्केरी महिलाहरु हावा नचल्ने गुम्म परेको कोठामा बस्नुपर्छ भन्ने नकारात्मक परम्परा छ चीनमा ।
हावाले सुत्केरी र बच्चालाई असर पार्छ भन्ने मान्यता छ । त्यसैले सुत्केरी तालिम दिने पुरुषलाई महिलाको त्यो पीडा समेत अनुभुति गर्न एयर कण्डिसन नभएको कोठामा राखिन्छ । खानेकुरा पनि बार्नुपर्छ भने बच्चालाई दुध चुसाउन रातभर जागा रहनुपर्छ । सुत्केरी महिलाले बच्चा भर्खरै जन्मिएको बच्चा हुर्काउादा सुरुवाती दिनमा भोग्नुपर्ने पीडा तथा समस्या सबैजसो पुरुषलाई पनि विभिन्न तरिकाले अनुभुति गराइन्छ ।
यसरी पुरुषहरुलाई सुत्केरी तालीम दिएपछि उनीहरुले आफ्नी सुत्केरी श्रीमतीको दुख बुझ्ने र श्रीमतीको स्याहारमा लागेर आमा र बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा तालिम प्रदायक संस्थाले लिएको छ ।
