धरान/ऐतिहासिक पृष्ठभूमिका आधारमा अरुण पूर्वका नौ जिल्लालाई संविधानसभाबाट जारी हुने संविधानमा लिम्बुवान राज्य सुनिश्चित गर्नुपर्ने एक सुत्रीय माग राखी संघीय लिम्बुवान पार्टी नेपालले आवहान गरेको दुई दिने बन्दले पूर्वका नौ जिल्लाको जनजीवन पूर्ण रुपले प्रभावित भएको छ ।
पार्टीले गरेको सोमबार र मंगलबारको बन्दको क्रममा सुनसरी, मोरङ्ग, झापा, इलाम, पााचथर, ताप्लेजुङ्ग, धनकुटा, तेह्रथुम र संखुवासभा बढी मात्रामा प्रभावित भएका छन् । बन्दकर्ताहरुले दुई दिन विहानैदेखि सडकमा आफ्नो बाक्लो उपस्थिति देखाएर बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस, माइकिङ्ग समेत गरेका कारण यी जिल्लाहरुमा यातायात, शिक्षण संस्था, उद्योग, कलकारखाना, बजार, पसल ठप्प रहे ।
बन्दका क्रममा पूर्वका नौ जिल्लाका मुख्य बजार धरान, इटहरी, विर्तामोड, धनकुटा, हिले, बसन्तपुर, संखुवासभाको चैनपुर, तुम्लिङटार, म्याङलुङ, इलाम, फिदिम लगायतका स्थानका बजारहरु पूर्ण रुपमा बन्द भएका थिए । पूर्व पश्चिम राजमार्ग अन्तर्गत
रहेको मोरङ्गको विराटचौक, बेलबारी र झापाको सुरुङ्गा बजार भने खुल्ला रहे तापनि सार्वजनिक यातायात सवारी साधन चल्न नसक्दा ती स्थानमा स्थानीयको पातलो आवातजावत देखिन्थ्यो । चार दलीय सिण्डिकेटे नेताहरुले संघीय लिम्बुवान पार्टीले माग गर्दै आएको ९ जिल्लालाई समेत १ नं. प्रदेशमा राखेपछि लिम्बुवान पािर्टीका नेता तथा कार्यकर्ताले आक्रोस व्यक्त गर्दै आएका छन् । जबसम्म लिम्बुवान सुनिश्चित हुादैन तवसम्म आफूहरुको आन्दोलन
नरोकिने उनीहरुले शनिवार इटहरीमा आयोजित वृहत जनसभामा प्रष्ट पारिसकेका छन् । शनिवारको जनसभामा संघीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिंगदेन, सर्वोच्च नेता वीर नेम्बाङ्ग, सञ्जुहाङ्ग पालुङ्गवा, कमल छाराहाङ्ग, खगेन्द्र संग्रौला लगायतले लिम्बुवान प्राप्तिको आन्दोलन शान्तिपूर्ण रुपमा अगाडि बढ्ने र यसमा सम्पूर्ण लिम्बुवानी जनतालाई सहयोग गर्न आग्रह गरेका थिए ।
संघीय लिम्बुवान पार्टी नेपालले धरानको भानुचौकस्थित रहेको गणतान्त्रिक चौकमा लिम्बुवान घोषणासभाका लागि एक अस्थायी मञ्च नै खडा गरेको छ । जहा धरानमा बसोबास गर्ने लिम्बु समुदायका अगुवा, कार्यकर्ताहरुको दैनिकजसो छलफल र अन्तरक्रिया हुने गरेको छ । शान्तिपूर्ण रुपले लिम्बुवान प्राप्तिको आन्दोनलाई कसरी सशक्त बनाउने भन्नेमा उनीहरु बीचमा दैनिक छलफल हुने गरेको लिम्बुवानका अगुवा अकलबहादुर मेन्याङ्गले बताउनुभयो ।
उता झण्डै महिना दिनदेखिको लगातारको बन्दले तराईको जनजीवन भयावह बन्दै गएको छ । मधेशी मोर्चा र थरुहट आन्दोलनका कारण आन्दोलन शान्तिपूर्ण नभई हिंसात्मक बन्दै गएको छ । सुनसरीको खनार, दुहवी, मोरङ्गको विराटनगर, सुनसरीको इनरुवा, भाण्टाबारी, सप्तरीको पूरै क्षेत्र, सिराहा, महोत्तरी, धनुषा, बारा, पर्सा, रौतहट, उदयपुर, पश्चिमका नवलपरासी, रुपन्देही, कैलाली, कञ्चनपुर, बााके, बर्दिया, दाङ्ग लगायतका स्थानमा आन्दोलन हिासात्मक बन्दै गएको छ । मधेश केन्द्रीत दलहरुको आन्दोलनले उग्रह रुप लिदा सोमबारमात्र प्रहरीको गोली लागि पर्सामा एकजनाको मृत्यु भएपछि प्रशासनले हाल उक्त जिल्लामा कÏर्यु लगाएको छ । प्रशासनले कÏर्यु लगाए तापनि आन्दोलनकारीहरुले कÏर्युको अवज्ञा गर्दै वीरगञ्ज उपमहानगरभित्र रहेका विभिन्न स्थानका प्रहरी चौकीमा आगजनी र तोडफोड गरेका छन् । उनीहरुले
सरकारी गाडीमा आगजनी गर्नुका साथै जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयमा समेत आगजनी गरेका छन् । आन्दोलनका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउादा
वीरगञ्ज २८ मनियारीका २५ बर्षीय दिलिप चौरासियाको मृत्यु भएको छ । चौरासिया संघीय समाजवादी फोरम नेपालका गाउा कमिटीका सदस्य थिए । यसैगरी बन्दकर्ताहरुले हिजो मंगलबार समेत कÏर्युको अवज्ञा गरी प्रदर्शन गर्न थालेपछि प्रहरीले गोली चलाउादा थप एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
उता आन्दोलनकारीहरुले सप्तरीका विभिन्न सरकारी कार्यालयमा आगजनी गरेका छन् । एमाले सप्तरी पार्टी कार्यालय, सभासदको कार्यालयमा समेत उनीहरुले आगजनी गरेका छन् भने रौतहटको
गौरको अवस्था पनि अत्यन्तै भयावह बन्दै गएको छ । रौतहतमा समेत प्रशासनले कÏर्यु लगाएको छ । बाराको कलौयाको अवस्था समेत अत्यन्तै भयावब बन्दै गएको छ । पूर्व पश्चिम महेन्द्र राजमागका सडक छेउमा रहेका रुखहरु आन्दोलदनकारीले ढालेर सडक अवरुद्ध गरिदिादा कुनैपनि सार्वजनिक यातायातका साधन चल्न नसकको झण्र्डै एक महिना हुन लागेको छ । अधिकार र प्रदेशको सीमांकन तथा नामांकनमा असन्तुष्ट जनाउादै भएको आन्दोलन दिनप्रतिदिन हिंसात्मक बन्दै गए तापनि सरकार मुकदर्शक भएर बसेको छ ।
त्र
