ईनरुवामा ब्राउन सुगर सहित दुईजना पक्राउ

इनरुवा । सुनसरी प्रहरीले ब्राउन सुगर सहित दुईजनालाई नियन्त्रणमा लिएको छ । ईनरुवा नगरपालिका–४ बसचौकस्थित पूर्व–पश्चिम राजमार्गमा लागू औषध ओसारपसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्क ईनरुवाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

गत कात्तिक १५ गते साँझ करिब ५ बजे लौकहीबाट ईनरुवा तर्फ आउँदै गरेको को।३ प।६६२३ नम्बरको मोटरसाइकललाई रोकेर प्रहरीले जाँच गर्दा चालक बराहक्षेत्र नगरपालिका–१ का ३४ वर्षीय सुशिल भन्ने मोहनबहादुर श्रेष्ठ र पछाडि सवार २७ वर्षीय ऐं।ऐं। बस्ने अहिस ताम्रकारलाई पक्राउ गरेको हो ।
चेकजाँच तथा खानतलासीका क्रममा चालक मोहनबहादुर श्रेष्ठको साथबाट दुईवटा कालो प्लास्टिकमा पोका पारिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागू औषध फेला परेको प्रहरीले जनाएको छ । बरामद औषधको तौल ४।१९ ग्राम ९चार ग्राम एक सय नब्बे मिलिग्राम० र १।६६ ग्राम ९एक ग्राम छ सय साठी मिलिग्राम० गरी जम्मा ५।८५ ग्राम ९पाँच ग्राम आठ सय पचास मिलिग्राम० रहेको छ । लागू औषध सहित मोटरसाइकल र दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया