सुनसरीमा २४ घण्टाभित्र पाँच फरक घटना दर्ता

सुनसरी । जिल्लाभित्र पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका घटनाहरू घटेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार मिति २०८२ साल कात्तिक १३ गते बिहान ६ बजेदेखि कात्तिक १४ गते बिहान ६ बजेसम्म पाँच वटा फरक–फरक घटना दर्ता भएका छन् । बराहक्षेत्र नगरपालिका–५ खोरिया टोलमा जंगली हात्तीले किसानको धानबालीमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । राति करिब २ बजे ४८ वर्षीय बासुदेव बयलकोटीको करिब ६ कठ्ठा खेतमा लगाइएको धान माडी खाई हात्तीले नोक्सानी पु¥याएको हो । यसैगरी, फरार अभियुक्त पक्राउ प्रकरणमा जिल्ला सुनसरी गढी गाउँपालिका–२ का ३२ वर्षीय करिया भन्ने रन्जन मुखियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयको फैसलापछि फरार रहेका मुखियालाई इप्रका दुहबीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

त्यसैदिन दिउँसो करिब ४ः४० बजे बराहक्षेत्र नगरपालिका–४ कौवाखोजस्थित भित्री सडकखण्डमा अटोले साइकिल यात्रुलाई ठक्कर दिएको घटनामा एक बालिका घाइते भएकी छन् । दिव्याइबाट कालाबन्जारतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ स ३१११ नम्बरको अटोले बाटो क्रस गर्दै गरेकी १० वर्षीया यसिका बस्नेतलाई ठक्कर दिँदा उनको मुख र दुवै खुट्टामा चोट लागेको हो । घाइते बालिकालाई उपचारका लागि विराट मेडिकल कलेज बुढिगंगा पठाइएको छ । अटो, साइकिल र चालक ३९ वर्षीय मनिष थापा प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै, इटहरी उपमहानगरपालिका–४ हरियाली टोलका ७६ वर्षीय पदमबहादुर तामाङले फिनेल सेवन गरी आत्महत्याको प्रयास गरेका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पु¥याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बर्जु गाउँपालिका–३ का २५ वर्षीय सुरजकुमार मण्डल घरको ग्वालीमा झुण्डिएको अवस्थामा फेला परेका छन् । उनले भैंसी बाँध्ने प्लास्टिकको दाम्लो प्रयोग गरी पासो लगाएको अवस्थामा आमाले फेला पारी उद्धार गरेकी थिइन् । उनलाई परिवार र छिमेकीको सहयोगमा कोशी अस्पताल विराटनगर पु¥याइएको र उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार यी सबै घटनाबारे थप अनुसन्धान जारी छ ।

तपाईको प्रतिक्रिया