भ्याकुरो खेदाइ खेदेछन्
खप्रओका अवैध गोटिया भोगेटे काजीलाई पनि ज्यान जोगाउन हम्मे हम्मे पर्या छ । खप्रओ बाल्वाटारको महलमा छउन्ज्याल भोगटे काजीको फूर्तिफार्ति सानो थिएन । त्यसबेला तिनको बोली पनि कम्ताको मापाको थिएन । तिमीहरुले केही खुत्याउन सक्दैनौ मेरो भुत्ला पनि हल्लाउन सक्दैनौ भनेर बुरुक बुरुक उफ्रन्थे । गुण्डुमा गुण्डाहरुको घेरामा बसेर अस्तिसम्म कुर्लदै थिए । तर एकाएक तिनलाई भ्याकुरो खेदेझै खेदेछन् । अस्तिका दिन बडो ठाँट पल्टिएर गाउँतिर गएछन् । भोगटे गाउँमा छिरको एक कान दुई कान मैदान भैहालेछ । त्यसपछि गाउँलेहरु घर घरबाट निस्केर लखेट्न थालेपछि भोगटेको रनिङ्ग हेर्न लायकको थियो । यतिको दौडिदा त वल्र्डकपमा रनिङ्गमा गोल्ड मेडल नै जित्न सकिन्थ्यो । जे होस् बचाउँ कि बचाउँ भन्दै दौडिएको दृश्य कम्ता गज्जबको थिएन । अब भोगटे काजी साह«ै गाउँतिर जाला जस्तो छैन ।
श्याल बहादुर र पुकुलीको नाटक

नेपाली नाट्य राजनीतिक जगतका कुख्यात पात्र श्यालबहादुर र पुकुली मैयाँको नेपालदेखिको सिंगापुर नाटक यसपटक सुपर डुपर हिट भयो । जेनजी आन्दोलनमा गर्धन बाँगिएका र टाउकामा टुटुल्को उठेका् अनि भुक्क पाउरोटी जस्तो गाला सुन्निएकी श्यालबहादुर र पुकुली मैयाको नेपालदेखिको सिगापुर नाटक सुपर डुपर नहुने कुनै भएन । ती दुवै नाटक गर्नचाहिँ विख्यातै रै’छन् । अब हेरम न नेपालको एयर पोर्टबाट हिँड्दा ठमठमी जहाज चढेकका ती दुई पात्र सिंगापुरको एयरपोसर्टबाट बाहिरिरँदा चाहिँ ह्वील चेयरमा निस्केका थिए । नेपाली जनतालाई लामो समयदेखि मूर्ख बनाएका मात्र होलान् भन्या त सिंगापुरको पुलिस र त्यहाँका जनतालाई समेत बेकुव बनाइदिएछन् । ह्वीलचेयरमै निस्कनु भन्या त सामान्य कुरा होइन । कि जहाजभित्रै कसैले मुड्केसास्ती द्या थियो कि ?
संखुवासभाबाट खड्का कुले
भाद्र २५ गतेदेखि बेपत्ता भएर झण्डै एक महिनापछि काठमाण्डौमा झुल्किएका दिपक खड्का अस्तिका दिन विरालाको चालमा आफ्नो निर्वाचन क्षेत्र संखुवासभा पुगेछन् । तिनको शरीरबाट दंगदंग्ती भ्रष्टाचारको सेन्टले त्यहाँका मानिसको नाकममा असर पु¥याइरहेको यिो । विचरा स्थानीयहरु घरी नाक थुन्छन्, घरी मुख विगार्छन्,घरी टहल्छिन्, घरी छट्पटाउँछन् । तर गन्ध भन्ने ह्वास ह्वास्ती आउन छाडेन । फागुनतिर चुनाव हुने भन्या छ । खड्का आफ्नो स्थिति बुझ्न गाउँलेको मुख सुँघ्न गाँथे । तर तिनको वरिपरि गन्हाएर बस्नै नसक्ने भएसी’ सबै लाखापाखा लागेछन् । अन्तेमा त्यहाँबाट खड्का आफै कुले ठोकेछन् । वक्त वक्तकी वात ।
सुस्ला आमैलाई गाह«ो छ
जेनजीको आन्दोलनलाई क्यास गरेर लुसुक्क वाल्वाटार छिरेकी सुस्ला आमैलाई यतिबेला साह«ै गाह«ो प¥या छ । वाल्वाटार छिर्नुभन्दा अगाडि तिनले बडो क्रान्तिकरी फुइँ लगाएकी थिइन् । भ्रष्टहरलाई क¥याप झ्याप पार्ने, जेलको कालकोठरीमा जाक्ने, तिनको सम्पत्ति राष्ट्रियकरण गर्ने, प्रदेशसभा सुल्क्याइ दिने, राष्ट्रियसभा खुल्याइदिने, सुशासन कायम गर्ने, हिन्दु राष्ट्र घोषणा गर्ने के के हो के के ? तर वाल्वाटार छिरेसी’ तिनको नियतै बिग्रन पुग्यो । आमैले अबचाहिँ केही गर्लिन् कि भन्ने आशा पलाथ्यो । तर आमै त तिनै भ्रष्ट, दलालहरुको संरक्षक बनेर पो निस्किइन् । त्यो बाल्वाटारको खटिया र सिंहदरबारको कुसीमै राहु केतु बस्या छ कि क्या हो ? त्यता छिरेर बसेपछि सबैको मति नै गोल ।
दुर्गाले बजाउने भए बाजा
अभियन्ता दुर्गा प्रसाईले आन्दोलनको घोषणा गरेपछि नेपालका भुइँफुट्टाहरुमा अपानवायु जान थाल्या छ । जेनजी आन्दोलनले राजनैतिक भुइँफुट्टाहरुलाई पाखा लगाए पनि बैंक ठग, तस्कर, माफिया, अरुको लिटो खाएर आफ्नो देशको सूचना विक्री गर्ने, एमसीसीका दलाल, सिआइएका दलालहरु यतिबेला ठूलो चिन्तामा प¥या छन् । दुर्गाको आन्दोलन सितिमिति होला जस्तो त छैन । गाडी घोडा बन्द, बजार पसल बन्द, मेचीदेखि महाकालीसम्मका मानिस सडकमा आउने भएपछि आन्दोलन सितिमिति हुने कुरा पनि भएन । अब हुने आन्दोलनले जेनजीको रगतमा मडिया मारेर मस्ति गर्न पुगेकाहरु पनि कहाँ जुठे कहाँ जुठेकी आमा होलान् जस्तो पो छ । बेलैमा यसो खानपानको सरसामान जोहो गरे बुद्धिमानी होला कि ? घण्टाघरको त सुझाउ मात्र हो माने मान नमाने घण्टैसिती ।
जता मल्खु उतै ढल्कु
जता मल्खु उतै ढल्कु भन्ने उखानसँग माउवादीका अध्यक्षे प्रचण्डाउको स्वभाव ठ्याक्कै मेल खान्छ । हुन त तिन्ले भन्या थिए म बाँचुन्ज्याल यो मुलुकमा उथलपुथल भइरहन्छ । भालु परेवा जस्तै कहिले कस्का गुँडमा गएर अण्डा प्लात्त पार्देको छ कहिले कस्को गुँडमा गएर प्लात्त पार्दैका छ । न ओथारो बस्ने झन्झट, न चारो खुवाएर हुर्काउनुपर्ने झन्झट । अब हेरम न आगामी दिनमा निर्वाचन भइहालेमा प्रचण्डाउ जेनजीसँग सहकार्य गर्ने रे । गर्नै प¥यो लाउरेससँग सहर्काय गरे लाउरेस साफ, झालेमालेसँग एकता र सहकार्य गरे झालेमाले साफ । सहकारी ठग पार्टीसँग सहकार्य गर्ने भन्दै थिए त्यसका अध्येक्षे नै खोरमा भएसी’ कुरा मिलेन । अब कसैसँग सहकार्य गरेर त्यसलाई साफ गरेर आफू फुत्त त आउनै प¥यो । त्यसपछि जेनजी पनि साफ । जे होस् प्रचण्डाउको मथिंगललाईचाहिँ मान्नैपर्छ । एक्लै चुनाव लड्ने ल्याकत नभएसी’ आइडिया त लगाउनै प¥यो ।
झलु पुरानै घर फर्किने
सर्पनाथ उर्फ झल्ला झलु आफ्नै पुरानै घर फर्किने रे । हुन त डेड एक्स्पाएर भएका झलु फर्कनुको र नफर्कर्नुको कुनै औचित्य छैन । गन्जहाउने मुख भएका माकुने सर्लक्कै प्रचण्डाउसँग लहसिएसी वल्लो घाट त पल्लोतरिका भएका झुल्लु झालेमा फर्कन तम्सिएका हुन् । गुण्डुतिर बसेर खप्रओले पुरानै घर फर्किन सुझाएसी’ झलु फर्कन लाग्या हुन् । पुरानो घर फर्कदा पदचाहिँ सम्मानित दिनुपर्ने उनले खप्रओलाई सुझाएका छन् । खप्रओ आफै अपमानित भा’बेला झलुले सम्मानित पदका कुरा गर्नुचाहिँ अलि हजम भएन कि ?
अन्त्येमा
लाउरेसका लाजशरण महत अझै पनि बुढानिलकण्ठे ल्यापल्यापे काजी र पुकुली मैयाको चाकडीमा आफ्नो स्वार्थ देख्दैछन् । लाजशरण बफादार नै
रहेछन् । वफादारले मालिकलाई जतिसुकै आपत्तिविपत्त परेनी छोड्दैनन् । अझैपनि दिन फर्कने आशामा बस्या छन् विचरा । राजनीतमिा समय अनुसार चल्न नसके बाउराम, माकुने, झल्लाझलु हुने कुरा तिनले हेक्का
राख्न सकेनन् । राखुन पनि कसरी वडामा चुनाव जित्ने ल्याकत नभाका लाजशरण पटक पटक तनुवा सांसद, मन्त्री भएर डकार्न त्यसै पाएका हैनन् नि । आफ्नो ल्याकत नभएपछि मालिक दुष्ट भए नि छोड्ने् कुरा आएन । कि कसो हौ लाज शरण जी ?
