वालाहाङ सुनाहाङ किरात राई उत्थान समाजद्वारा तीन सदस्य सम्मानित

धरान । वालाहाङ सुनाहाङ किरात राई उत्थान समाज केन्द्रीय समिति हतुवागढी, भोजपुरले उत्कृष्ट आन्तरिक बचत कारोवार गर्ने तीन सदस्यलाई सम्मान गरेको छ । क्षेत्रीय कार्यालय धरानमा शनिबार सम्पन्न १० औं साधारण सभाको विशेष अवसरमा समाजले आफ्ना सक्रिय सदस्यहरूलाई नगदसहित सम्मानपत्र प्रदान गरेको हो । सम्मानित हुनेहरूमा बराहक्षेत्र नगरपालिका–१, झण्डाचोकका नेत्रप्रसाद वालाहाङ राई, इटहरी–१९ का भानुभक्त वालाहाङ राई र बराहक्षेत्र नगरपालिका–१, लालवस्तिकी चेली सदस्य देवीमाया राई रहनु भएको छ ।


संस्थाले सञ्चालन गर्दै आएको आन्तरिक बचत तथा कारोवार कार्यक्रममार्फत उत्कृष्ट योगदान पु¥याएको भन्दै तीनै जनालाई जनही पाँच हजार रुपैयाँ नगदसहित सम्मान गरिएको समाजका सचिव कृपालसिंह वालाहाङ राईले जानकारी दिनुभयो । उहाँका अनुसार, उत्कृष्ट कार्यप्रति प्रेरणा जगाउने उद्देश्यले यो सम्मान कार्यक्रम आयोजना गरिएको हो । सचिव राईका अनुसार, केन्द्रीय कार्यालय भोजपुरमा भए पनि सबै सदस्यको सहभागिता सहज होस् भन्ने उद्देश्यले साधारण सभा तथा सम्मान समारोह धरानमा गरिएको हो । कार्यक्रम अध्यक्ष शेरबहादुर वालाहाङ राईको अध्यक्षता र मानबहादुर खाम्लुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया