भारत र नेपालबीच ऊर्जा सहकार्य सुदृढ : भारतको पावर ग्रिड र नेपालको प्राधिकरणबीच हस्ताक्षर

पिआइवी (नयाँदिल्ली) । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङको कार्तिक १३ गते भएको भारत भ्रमणका क्रममा भारत र नेपालबीच ऊर्जा सहकार्यलाई सदुढ गर्ने सम्बन्धी महत्वपूर्ण सम्झौता भएको छ । पिआइवी दिल्लीद्वारा कार्तिक १३ गते जारी विज्ञप्तीका अनुसार मन्त्री घिसिङ र भारतका केन्द्रीय ऊर्जा तथा आवास तथा सहरी मामिला मन्त्री मनोहरलाल बीच भएको भेटवार्ता पश्चात नेपालको इनरुवा–भारतको पूर्णियाबीच ४ सय केभी सिमापार प्रशारण प्रणाली र लम्की दोधारा–वरेली ४ सय केभी सीमापार प्रशारण प्रणाली कार्यान्वयनका लागि पावरग्रिड र नेपाल विद्युत प्राधिकरण (एनइए) बीच सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर पश्चात दुवै देशका मन्त्रीहरुले क्षेत्रीय ग्रिड कनेक्टिभिटी सहित विद्युत क्षेत्र सहयोगको रणनीतिक समीक्षा र छलफल गरेका थिए । दुवै देशका ऊर्जा मन्त्रीहरुबीचको भेटघाट दुई राष्ट्रहरुबीच ऊर्जा क्षेत्रमा जारी सहयोगलाई थप सुदृढ पार्ने कुरामा केन्द्रित रहेको पिआइवीद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । छलफलमा नेपालमा जल विद्युत परियोजनाहरुको विकासको प्रगति सहित यससँग सम्बन्धित विस्तृत विषयहरु समेटिएका थिए । दुवै पक्षले सीमापार विजुली व्यापारलाई सहज बनाउने, ऊर्जा सुरक्षा सदृढ पार्ने र भारत–नेपालबीच स्वच्छ ऊर्जा स्रोतहरुको वृहत्तर एकीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले क्षेत्रीय ग्रिड कनेक्टिभिटी पहलहरुमा समेत छलफल भएको थियो ।


भारतका केन्द्रीय मन्त्री मनोहरलाल र नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री कुलमान घिसिङको उपस्थितिमा भारतको महारत्न केन्द्रीय सार्वजनिक क्षेत्र उद्यम (CPSE) powergrid र नेपाल विद्युत प्राधिकरण (NEA) बीच संयुक्त उद्यम र शेयरधारक सम्झौता (IV and SHA) मा हस्ताक्षर समेत भएको थियो । यी सम्झौताहरु उच्च क्षमताको सीमापार विद्युत प्रशारण पूर्वाधारको विकासका लागि दुई संयुक्त उद्यम संस्थाहरु भारत र नेपालमा निगमनका लागि हुनेछन् । प्रस्तावित सीमापार प्रशारण प्रणाली परियोजनाहरुमा नेपालको इनरुवा र भारतको नयाँ पूर्णिया ४ सय केभी डबल सर्किट (क्वाड मुस) प्रशारण लिंक र नेपालकोे लक्की (दोद्रोधारा) र भारतको बरेली ४ सय केभी डबल सर्किट (क्वाड मुस) प्रशारण लिंकको विकास सम्झौता समावेश गरिएको छ । यी आयोजनाहरु एक पटक सम्पन्न भएपछि यी प्रशारण कोरिडोरहरुले भारत र नेपालबीचको विद्युत आदानप्रदानलाई उल्लेखनीय रुपमा बढाउनेछन्, क्षेत्रीय ऊर्जा सुरक्षालाई सुदृढ पार्नेछन् र ग्रिड योगदानमा सुधार गर्नेछन् । साथै दुवै राष्ट्रमा दीगो आर्थिक बृद्धिमा योगदान पु¥याउनेछन् । कार्तिक १३ गते भएको दुवै देशबीचको बैठकले दुवै देशबीच दशकौदेखिको कुटनीतिक सम्बन्ध र दीगो विकास, ऊर्जा सुरक्षाप्रति साझा प्रतिबद्धतामा आधारित भारत–नेपाल ऊर्जा सहयोगमा बढ्दो गतिलार्इ सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया