धरान/ जुनियर चिकित्सकहरुको आन्दोलन सेलाउन नपाउदै पुन: धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सुरक्षा मजदुहरु आन्दोलित बनेका छन् ।
२०७१ जेष्ठ १९ गतेको सहमति बमोजिम वृद्धि भएको १ हजार ८ सयमध्ये ८ सय रुपैयामात्र ग्रुपफोर सेक्युरिटी सर्भिसले प्रदान गरेको बााकी १ हजार समेत अविलम्ब पाउनुपर्ने भन्दै उनीहरुले चरणवद्ध आन्दोलनको घोषणा गरेका
छन् ।
सुरक्षाको ठेक्का लिएको ग्रुप फोर कम्पनी र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहमति अनुरुप वृद्धि भएको तलबमध्ये ८ सय सोही बर्षको पौष ९ गतेदखि प्रतिष्ठानका सुरक्षाकर्मीहरुलाई दिएको भएपनि एक बर्ष वित्दासमेत बााकी रहेको १ हजार नदिएको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
श्रमिकले वृद्धि भएको तलब हालसम्म नपाउदा समेत प्रतिष्ठान र ठेकेदार कम्पनीले वेवास्ता गरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको संघर्ष समितिका संयोजक उमेश दाहालले जानकारी दिनुभयो ।
आन्दोलनअन्तर्गत सुरक्षाकर्मीले पहिलो चरणमा कालो पट्टी बाधेर कामलाई
निरन्तता दिएका छन् । यो क्रम विहीबारसम्म चल्ने र त्यसपछि पनि माग पूरा नभए भदौ २१ गते सोमबार पहिलो सिफ्टमा काम गर्ने सुरक्षाकर्मीले ५ दिनसम्म दुई दिनसम्म ग्रुपफोरको कार्यालय अगाडि धर्ना दिने भएका छन् । यस्तै त्यसपछि पनि माग पूरा नभए भाद्र २२ गतेदेखि विहान र बेलुकाको दुई वटै सिफ्ट दुई दुई घण्टा धर्नामा बस्ने बताइएको छ ।
यता प्रतिष्ठानको सुरक्षाको जिम्मा लिएको ग्रप फोर सेक्युरिटी सर्भिसका इन्चार्ज बलराम निरौलाले भने प्रतिष्ठान र ग्रुपफोरको सम्झौता २०७१ भदौ १३ गते सकिए पनि अर्को व्यवस्था नहुन्ज्याल ग्रुफ फोरले नै सुरक्षाको जिम्मा लिने भने पनि अर्को टेन्टर आवहान
नगरेकाले वृद्धि भएको तलब दिन नसकेको बताउनुभयो ।
उहााले प्रतिष्ठानमा सुरक्षाका लागि १ सय भन्दा बढी कम्पनीले आवेदन दिएपनि त्यस विषयमा प्रतिष्ठान गम्भीर नभएकै कारण आफूहरुले सुरक्षा
मजदुरहरुको वृद्धि भएको तलब दिन नसकेको स्पष्ट पार्नुभयो ।
यस अगाडि पनि सुरक्षा मजदुरहरुले वृद्धि भएको तलब पाउनुपर्ने माग राख्दै स्मरणपत्र, डेलिकेशनका कार्यक्रम गरिसके पनि त्यसलाई गम्भीरताापूर्वक नलिएकोले विवश भएर आन्दोलन
गर्नुपरेको सुरक्षा मजदुहरुको भनाई छ ।
