धरानलाई प्रादेशिक राजधानी बनाउन तिब्र पहल

धरान/संविधानसभाबाट जारी गर्ने सीमांकन र नामांकनको बहस तीब्र रुपले अगाडि बढिरहेको र केही दिनभित्रै संघीय संविधान जारी हुने निश्चित प्राय: जस्तै भएपछि प्रादेशिक राजधानी कहाा बनाउने भनेर सम्बन्धित प्रदेशमा तिब्र वहस शुरु भएको छ ।
यसै क्रममा धराने जनताहरु पनि पूर्वमा जुनसुकै नामको प्रान्त बनेपनि त्यसको प्रादेशिक राजधानी धरानलाई बनाउनुपर्ने माग गर्न थालेका छन् । यसका लागि आइन्द्र विक्रम वेघाको संयोजकत्वमा एक वृहत संघर्ष समिति नै भएको छ ।
संयोजक वेघाले विहीबार पत्रकार सम्मेलनको आयोजना गरी धरानलाई प्रादेशिक राजधानी बनाउने धेरै आधारहरु भएको पुष्टि गर्नुभएको छ । धरानको ऐतिहासिक पृष्टभूमि, बसोबास र
सहरीकरण गर्न उपयुक्त भौगोलिक स्थिति, शिक्षा र स्वास्थ्यको हिसाबले समेत
धरानलाई प्रादेशिक राजधानी बन्न सक्ने देखिन्छ । अन्तर्राष्ट्रिय स्तरको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमै रहनु, धरान पूर्वाञ्चलका सबै जिल्लाको मनोविज्ञानको केन्द्रिकरण भएकोले जातीय सद्भाव धरानको विशेषता नै हो । हरेक दृष्टिले धरानलाई प्रादेशिक राजधानी बनाउनु उपयुक्त र न्यायपूर्ण देखिन्छ । संविधानसभा, राज्य राजनीतिक दलका शीर्ष नेताहरुले सही निर्णय गरेर
धरानलाई प्रादेशिक राजधानी घोषणा गर्नुपर्ने माग समेत संघर्ष समितिले गरेको छ ।
संयोजक वेघाले यस कार्यमा सहयोग पुर्‍याउन सम्पूर्ण धरानेहरुसाग आग्रह समेत गनुभएको छ । यसका लागि उहााले गौरीशंकर अग्रवाल, श्याम सोनी, दिलबहादुर श्रेष्ठ, गिरिधारी सापकोटा, चन्द्र खापुङ्ग, सुुधिर लिम्बु लगायत २१ सदस्य धरानका प्रतिष्ठित व्यक्तिहरु रहेको एक सल्लाहकार समिति समेत गठन गर्नुभएको छ । धरानका सरोकारवाला सबै राजनैतिक दल, सामाजिक संघ संस्था, बुद्धिजीवि, शिक्षक, सञ्चारकर्मी, प्राध्यापक, व्यवसायी सबैलाई धरानलाई प्रादेशिक राजधानी बनाउने अभियानमा लाग्न पनि अनुरोध गर्नुभएको छ । यसका लागि सयोजक वेघाले केही प्रचारात्मक संघर्षका कार्यक्रमहरु समेत अगाडि सार्नुभएको छ बाध्य नपारिएको खण्डमा आफैले आफैलाई बन्द नगरी संघर्ष गर्ने, व्यानरिङ्ग गर्ने, चौक टोलहरुमा प्रादेशक राजधानीका निम्ति छलफल अभियान चलाउने, धरानका राजनैतिक दल लगायत सरोकारवालाहरुसाग अन्तरक्रिया गर्ने संघर्ष समितिलाई वृहत संघर्ष समिति निर्माण गर्ने दिशातिर आडि बढ्ने आदि रहेका छन् ।

तपाईको प्रतिक्रिया