राइको सहयोगका लागि सहयोग समिति

धरान/ धरान १५ गणतन्त्रवस्तीकी १३ बर्षीया बालिका मुना राईको सहयोगार्थ सहयोग समिति निर्माण भएको छ ।
धरान १५ शिक्षा सदन उच्च माविमा कक्षा ८ मा अध्यनरत राईको हाल घाटीको क्यान्सरको दोस्रो चरणको उपचार चितवनको भरतपुर अस्पतालमा उपचार भइरहको भएपनि ज्यालामजदुरी गरी जीविकोपार्जन गर्दे आएको परिवारले खर्च धान्न अत्यन्तै मुस्किल भएकोले धरानका युवा निश्चल पलिखेको संयोजकत्वमा सहयोग समिति गठन भएको हो । विरामी राईका लागि परिवारले सुकुम्बासी बस्तीमा रहेको ९ धुर जग्गा समेत धितोमा राखी उपचार खर्च गरेको भएपनि हाल रकमकै अभावमा उपचारबाट बञ्चित हुनु नपरोस् भनेर सहयोग समिति गठन गरिएको संयोजक निश्चल पलिखेले जानकारी दिनुभयो ।
राईको उपचारका लागि करिब १४ देखि १५ लाख रुपैया लाग्ने अस्पतालले जनाएपछि राईका परिवारले केही समय अगाडि धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सहयोगको लागि सबैसंग अपिल गरेपछि धरानका युवाहरुले सहयोग समिति निर्माण गरेका हुन् । राईको सहयोगका लागि लक्ष्मी बैंक धरानको खाता नं. ०२३४३००११२ मा रकम जम्मा गर्न समेत सहयोग समितिले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया