होटल एसोसिएसनद्वारा सहयोग

धरान/ पुर्वाञ्चललाई लागुपदार्थ मुक्त बनाउने अभियान अन्र्तगत शुरु भएको आसरा सुधार केन्द्रको निर्माणार्थ होटल एसोसियसन अफ धरानले आर्थिक सहयोग गरेको छ
धरान २३ स्थित पानबारीमा ८ कट्ठा जमिनमा निर्माण शुरु भएको सुधार केन्द्रका लागि एसोसियसनले १ लाख रुपैया दिने प्रतिबद्धता अनुसार पहिलो किस्ता स्वरुप २५ हजार रुपैया प्रदान गरेको हो । शुक्रवार ईलाका प्रहरी कार्यालय धरानमा एक कार्यक्रमको आयोजना गरि केन्द्र निर्माण समितीका कोषाध्यक्ष शिला बज्राचार्यलाई चेक हस्तान्तरण गरेको छ । १ वर्ष भित्रमा सबै रकम उपलब्ध गराईसक्ने एसोसियसनका अध्यक्ष सुवर्ण श्रेष्ठले बताउनुभयो । २ वर्ष भित्रमा केन्द्रको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माणका लागि ४० लाख बराबरको बचनदान आए पनि करिब ९ लाख रुपैया बैंक खातामा संकलन भैसकेको केन्द्रकी कोषाध्यक्ष बज्राचार्यले बताउनुभयो । सुविधा सम्पन्न सुधार केन्द्रमा लागुपदार्थ दुव्र्यसनीहरुलाई समाजमा पुर्नस्थापित गरी पुर्वाञ्चललाई नै दुव्र्यसन मुक्त बनाउने केन्द्रका सचिव सरोज श्रेष्ठको भनाई छ ।

तपाईको प्रतिक्रिया