सुनसरी, । सुनसरीको गढी गाउँपालिका वडा नम्बर ४, छिटाहामा लागूऔषध ओसारपसार हुँदैछ भन्ने विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणमा गाँजा सहित दुई युवालाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय दुहबी र छिटाहाबाट खटिएको टोलीले छिटाहास्थित नहर क्षेत्रमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.२ प. ७१४६ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा कालो झोला र अर्को बोरामा प्याक गरिएको गरी २६ केजी गाँजा फेला पारेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा १६ बर्षीय अतिस राई र धनकुटा, साँगुरीगढी गाउँपालिका–८ का १८ बर्षीय विशाल राई रहेका छन् ।
