धरान । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण गरिएको धरानको हाइकिङ रुट विगत लामो समयदेखि जीर्ण अवस्थामा रहँदै आएको छ । लगातारको वर्षा र पहिरोले क्षति पु¥याएको यो मार्ग मर्मत अभावमा प्रयोगविहीन बन्दै गएको गएको छ । धरान उपमहानगरपालिकाको मुटु भानुचौकबाट सुरु हुने यो टूेकिङ्ग रुट धरान–१४ को विजयपुरका विभिन्न मठमन्दिर हुँदै पञ्चकन्या जंगल, पाथीभरा मन्दिर, पञ्चकन्या मन्दिर, भताभुंगे र विन्दाबासिनी मन्दिर दर्शन गरेर धरान–१३ वेसक्याम्पसम्म पुग्छ । त्यहाँबाट शिवजट्टासम्म पनि पैदल यात्रा गर्न सकिने सुविधा थियो । तर पछिल्ला वर्षाद्ले टूयाक भत्काएपछि ओहोरदोहोर गर्न नै मुस्किल भएको धरान १५ का स्थानीय उज्जल राई बताउनुहुन्छ ।

भानुचौक हुँदै पुग्ने बाटो मात्र होइन यो, धरान–१३ वेसक्याम्पदेखि धरा–(१४ का मन्दिरसम्म जोड्ने काम गर्छ । यस क्षेत्रका ट्रष्टसहितका ट्रयाक बाढी र पहिरोले भत्काएको छ । सिँढी प्रयोग गरेर बनाइएको खण्ड पुरिएको छ भने कतिपय ठाउँमा छाना भत्किएका छन् । यसैगरी धरान–१३ प्रवेशद्वार भत्किएर जीर्ण हुँदा पनि सम्बन्धित निकायको ध्यान पुगेको छैन । प्रवेशद्वारदेखि विन्दावासिनी मन्दिरसम्म पुग्ने १५ मिनेटको पैदल मार्गसमेत जोखिमपूर्ण बनेको छ । तर जीर्ण भएको यो क्षेत्रको मन्दिरमा स्थानीय सरकारले वेवास्ता गरेकोप्रति धरान १३ का स्थानीय कुलमान तामाङ अचिम्मत बन्नुभएको छ । स्थानीयले बारम्बार माग गरे पनि उपमहानगरपालिकाले समयमै बजेट विनियोजन गर्न नसक्दा पुनःनिर्माण प्रक्रिया अघि बढ्न सकेको छैन । मेयर हर्कराज राईले विभिन्न क्षेत्रमा श्रमदान अभियान सञ्चालन गरे पनि यस क्षेत्रमा भने अहिलेसम्म कुनै पहल भएको छैन । धरान उपमहानगरपालिकाको नगरसभा ढिलो भएको र समयमे बजेट निकासा हुन नसक्दा निर्माण हुन नसकेको धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताउनुभयो । एक वर्षअघि पहिरोले क्षति पु¥याएको यो ट्रयाक अझै मर्मत नहुनु विडम्बनापूर्ण भएको स्थानीयको टिप्पणी छ । धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले बनाइएको संरचना प्रयोगविहीन हुनु उपमहानगरपालिकाको कमजोरी भएको उनीहरू बताउँछन् । विगतमा यो रुपमा दैनिक १ सय भन्दा बढीले यो रुट प्रयोग गर्थे । व्यक्तिगत स्वास्थ्यसँगै धार्मिक आस्थासँग जोडिएको यो ट्रयाकलाई चाडो बनाउनुपर्ने स्थानीयको माग छ ।
