पर्यटकीय स्थल चिण्डे डाँडा सधेै ओझेलमा

धरान । पोखराको सारङ्गाको जस्तै आकर्षक गन्तव्य बन्नसक्ने सम्भावना बोकेको धरान–२० मा पर्ने चिण्डेडाँडा स्थानीय सरकार धरान उपमहानगरपालिकाले महत्वका साथ नहेरेकै कारण पर्यटकीय सम्भवना बोकेको यो स्थान अझै ओझेलमै छ । धरान(१३ को सर्दुखोला पुल तरेपछि करिब १३ किलोमिटर
दुरीमा पुगिने यो डाँडामा सुविधा सम्पन्न होटलहरू सञ्चालनमा छन् । तराईका विभिन्न स्थानलाई एकै थलोबाट हेर्न सकिने आकर्षक भ्युटावरसमेत यहाँ बनेको छ । करिब ५० लाख लागतमा ६ वर्षअघि बनेको पाँचतले भ्युटावरको शिलान्यास पूर्व संघीय सांसद जयकुमार राई र प्रदेश सांसद उमिता बराईले गर्नुभउको थियो । तर आजसम्म यसको औपचारिक उद्घाटन हुन सकेको छैन ।

oplus_0

भ्युटावरको दृश्यावलोकन मात्र नभई चिण्डेडाँडा प्याराग्लाइडिङका लागि पनि उपयुक्त मानिन्छ । हिउँदमा यहाँबाट प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । थप आकर्षणका लागि धरान उपमहानगरपालिकाले सुम्निमा पारुहाङको ठूलो मूर्ति स्थापना गर्ने तयारी गरेको मेयर हर्कराज राईले गर्नुभएको छ । तर पनि यो ठाउँमा पर्यटकको खासै चहलपहल नभएको स्थानीय कुमार राई बताउनुहुन्छ । मुख्य समस्या सडकमा छ । कच्ची सडक भएकाले वर्षातमा बाढी र पहिरोले आवागमन अवरुद्ध हुने गरेको छ । सडक अवरुद्ध हुँदा स्थानीयले आफैं पहिरो पन्छाएर बाटो खुलाउने गरेका छन् । यस्तै अवस्थाले पर्यटकको आवागमन न्यून हुने र होटल व्यवसाय प्रभावित हुने गरेका होटल व्यवसायी जगत राई बताउनुहुन्छ । चिण्डेडाँडामा निर्माण भएको पाँचतले भ्युटावरबाट तराईका विभिन्न स्थान सहजै नियकाल्न सकिने त्यहाँ पुग्नेहरुले बताएका छन् । चिण्डेडाँडाबाट बाघखोर, सुलिकोट, धार्मिक क्षेत्र विष्णुपादुका, तामाखाम र कालीमाटी जस्ता गन्तव्य जोड्ने सम्भावना बोकेको पर्यटकीय स्थल भएपनि आवश्यक पूर्वाधार नहुँदा विकास अघि बढ्न सकेको छैन । पर्यटकले ‘दृश्य सुन्दर, सम्भावना ठूलो, तर सरकारको ध्यान कमजोर’ भन्दै निराशा व्यक्त गर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया