महिला पुरुष मन्त्री
स्त्री लम्पट पुरुष मन्त्रीको रुपमा परिचय बनाएका मन्त्री मिनेन्द्र रिजाल हिजोआज अलि बढ्तै ताइफाइा गर्न थाल्या छन् । सूचना तथा सञ्चारमन्त्री समेत भएर होला यिन्को ताइाफाई बढेको । कुन बेला यिन्लाइृ बलबहादुर कसेसीको पर्खाल रोगले अठ्याउने हो कुन्नि ? अब हेरौा न महिला बालबालिवका तथा समाजकल्याण मन्त्री निलम खड्काले सम्हालेको मन्त्रालयमा बोर्ड मेम्बरमा तीनजना नियुक्ति गर्नुपर्ने भयो । कााग्रेसले तीनजना पुरुष पुष्प पराजुली, हरि न्यौपाने, श्याभन्द्र अधिकारीको नाम प्रस्ताव गर्नासाथ रिजाल बुरुक्क उफ्रेर पुरुषलाई हुादै हुादैन । त्यहाा सबै महिलाहरुलाई लैजानुपर्छ भन्दै रुपा थापा लगायतका नाम सिफारिस गरे ।एकजना कााग्रेसीले त प्यााच्चै भन्दिइहाले क्या हो ? मन्त्री ज्यू, महिलाप्रति यति आशक्ति किन ? त्यसबेला भने मन्त्री रिजालाको अनुहार हााडी घोप्टेजस्तै भएको थिो । तै लाज सररम पचाएर उन्ले भने केही हैन केही हैन । स्त्री लम्पट मन्त्रीका बारेमा घण्टाघर यतिबेला थप अनुसन्धानमा जुटेको छ ।
उडायो सपना सबै..
झालेमालेका पूर्व अध्येक्षे झल्लाझलुको यतिबेला सबै सपना हावालो उडाइद्या छ । संविधानजारी हुने बित्तिकै भैसपति रामवरन जादवलाई विदाई गरेर पठाएसी’ झलुलाई राष्ट्र बनाउने खेल थियो । तर झलु आफैले आफ्नो गोडामा बञ्चचरो हान्या छन् । सरकार गठन गर्दा झालेमाले र नेप्लीज कााग्रेसबीचमा ७ बुादे सहमति भा’थ्यो । पछि फेरि दुवै दलबीचमा ११ बुादे सहमति भयो । पछिल्लो सहमति अनुसार राष्ट्रपति जादव अर्को निर्वाच्नसम्म
रहने भन्ने छ । झलुले ११ बुादे सहमति पढ्दै नपढी सही घस्काई दिए । पछि कार्जेकर्ताले एघार बुादे सहमतिको खुलासा गरेपछि झलु छााठाबाट खस्या छन् । काग बढी बाठो भयो भने नर्क खान्छ भन्छन् । झलुचाहिा बढी बाठो भएरै चिप्लिए । त्यसैले भन्छन् लाटो लड्छ एक बल्ड्याङ्ग, बाठो लड्छ दश बल्याड्याङ्ग । कि कसो हो झलु ?
हिन्दु राष्ट्र बनाउने
राप्रपा अध्येक्षे कमलाउनको पद चापमा अब कााग्रेस र एमालेका नेताहरु पनि पछि लाग्ने भएका छन् । अस्तिका दिन कााग्रेसका जल्दाबल्दा नेता हरिबोल भट्टराई, झालेमालेका मोदनाथ प्रश्रित लगायतका दुई दर्जन नेताहरुले सनकको भरमा धर्म निरुपेक्ष राज्ये घोषण गरेको भनदै हिन्दु राष्ट्र घोषणाका लागि आन्दोलनको आाधीवेहरी ल्याउने रे । यी नेताहरुमा ढिाले बुद्धि आएछ । ६/७ बर्ष अगाडि कमलाउले यही माग
राखेर आन्दोलन गर्द हावामा उडाएका थिए । भलिभााति गाली गर्या थे । अबचाहिा यिन्का पनि घौटोमा घाम
लागेछ । यिन्लाई पनि हिनदु राष्ट्र चाहिएछ । गोजेहरुका गिदीमा पहिल्यै यो कुरा आइद्या भए यतिबेलासम्ममा टन्टै साफ भैसक्ने थियो ।
अग्नी चम्पट
एमाउवादीका नेता अग्नी सापकोटा आफलाई खुबै क्रान्तिकारी भन्थे तर डरका पोकै रै’छन् । सिन्धुपाल्चोकको पहिरोले दर्जनै मानिस मरे, बेपत्ता भए, घाइते भए भनेर उद्धारका लागि पुगेका उनी होलिकोप्टरबाटै नउत्री काठमाण्डौतरि सुइाकुच्च ठोके । सापकोटा सुइाकुच्च ठोकेपछि उनी क्रान्तिकारीबाट भ्रान्तिकारी भएको अबचाहिा प्रष्ट छ । त्यत्रा क्रान्तिकारी १७ हजार ध्यिाउन सक्ने हजारौलाई बेपत्ता बनाउन सक्ने, लाखैलाई उठिबास लगाउन सक्नेले जाबो सुनकोशीकोब ााधसम्म पुग्न नसकेर आकाशबाटै सुइाकुच्च ठोकेपछि सापकोटा भ्रान्तिकारी मात्रै रै’छन् भन्ने प्रभावित भयो । कि कसो हौ ?
घरेलु मन्तरी
सिन्धुपाल्चोकमा सुनकोशी थुनिएर एकै परिवारका सातजनासम्म बिते । घाइतेहरुले हेलो सरकरको एकसय डायल गरी उद्धारका निम्ति आग्रह
गरे । तर घरेलुमन्तरी बामदेव गौतमले सुन्दै सुनेनन् । उन्ले सूुपर्ने जरुरी नै ठनेनन् । बर्षाको बेला पहिरो आउाछ, जान्छ, दुई चार जनालाई बगाउाछ, दुई चार जना घाइते हुन्छन्, गौतमले यस्ते सोचे । तर सुनकोशी थुनिएर विपत्ति नै आउन लागेको भनेर सञ्चार माध्यमले समाचार बनाएपछि कपटी गौमले अलि अहिल तातो देखाए । उता उद्धार गर्नुको चााजापााचो मिलाउनुको सट्टा भारत र चीनलाई सहयोगका लागि गुहारे । हरे शिव आफ्नो देशको खोाले थुनिदा खोल्न नसक्ने लठ्ठुले के गर्लान् र ? सिंहदरबरबारमा बसेर भत्ता खमाएर चिल्ला गाडीमात्र दौडनसु हो कि क्या हो । गौतम घरेलुमन्त्री भएपछि प्राकृतिक विपत्ति नआई छाड्दै छाड्दैन । २०६५ सालमा यिनै घरेलु मन्त्री थ्एि कोशीको बााध फुटेर तहसनहस भयो । फेरि यतिबेला यिनै घरेलु मन्त्री छन् सुनकोशी थुनिएर अर्को महा विपत्ती आइलाग्यो । यस्ता अपसुगन भएकालाई मन्त्री नबनाउनु नि ।
बुद्धि बिग्रेका माकुन्याउ
गोरु बूढो भयो भने भीर खोज्छ, मान्छे बूढो भयो भने बुद्धि बिग्रेर निहुामात्र खोज्छ भन्थे हो रै’छ । अब झालेमालेका हरुवा नेता खप्रओलाई हेरौा न । यिन्को बुद्धिमात्र बिग्रइेको नभएर किरै परेछ । भारतका प्रधानमन्तरी मोदीले आश्यचर्यजनक र ठूो योजना नेपाललाई उपहार दिने घोषनागरेपछि अरुले जल विद्युत बनाइदिन आग्रह गर्ने निर्नय गरे । तर माकुन्याउ जल विद्युत भन्दा पनि सडक बनामइदिन आग्रह गर्नुपर्छ भन्दैछन् । जलविद्युत भन्ने बित्तिकै माकुन्याउ तर्सन थाल्या छन् । अरुण तेस्रो पनि यिनै माकुन्याउको कुदृष्टिले फााक भयो । अब पनि माकुन्याउ जल विद्युतकै याजना भााड्ने खेलमा लागेका छन् । मकुन्याउ र जलविद्यूतका बीचमा पक्कै केही छ । नत्र यी भाड्ने काममामत्र किन लाग्थे ?
कमलाउ र बीपी
बीपी कोइरालालाई अब राप्रपा नेपालले प्रेरणको स्रोत मान्ने भएको छ । बीपीको नाम भाजाएर मोटाएकाहरुले बीपीलाई बिर्सिए तापनि राप्रपा नेपालले प्रेरणाको स्रोत मान्ने घोषण गरेको छ । उस्ले राजा ममहेन्द्रलाई राष्ट्रवादी, पृथ्वीनारायण साहलाई प्रेरणको स्रोत उसले भन्दै आएको छ । त्यसमा अब बीपी पनि थपिए । पहिला पहिला पञ्च हुादा तिनै कमलाउ बीपलाई फाासी दिनुपर्छ भनेर बुरुक्क बुरुक्क उफ्रन्थे । अब अहिले आएर प्रेरणको स्रोत मान्न थाल्या छन् । हिन्दीमा एउटा उखान छ यो सब वक्त वक्तकी वात है ।
अन्तेमा
मुलुकाा यतिबेला फेरि गुण्डाहरुको विगविगी बढ्न थाल्या छ । अब हेरौ न दुर्य बर्ष अगाडि पक्राउ गरिउका जडीबुटी विराटनगर भन्सार कार्यालयले जफत गरी अहिले टेन्डरबाट लिलामी गर्न लाग्दा यतिबेला देशभरिका डन, गुण्डाहरु टेन्ठर कब्जागर्न पूर्वाञ्चलमा भेला भएा छन् । ३७ लाखको टेन्डरबाट चारकरोड आम्दनी हुने भएपछि गुण्डाहरु सल्बलाउन थाल्या हुन् ।क ोही गुण्डा धरानको निर्माण कन्ट्री क्लबमा, कोही विराटनगरमका हाटलमा त कोही इटहरमिा बसेर तानावाना बुनिरहेका छन् । आखिरी कुत्तिको पुत्ततर १२ बर्ष ढुंग्रामा हाल्दा पनि नसोझिने भयो ।
