धरान प्रहरीको सफलता

धरान, धरान प्रहरीले एकपछि अर्को काठ तस्करलाई पक्राउ गर्न सफल भएको छ ।
एक महिना अगाडि भारीमात्रामा काठ र तस्कर पक्राउ गरी इलाका वन कार्यालय धरानमा बुझाएको इलाका वन कार्यालय धरानले पुन : सखुवाका चिरान काठसहित सवारी साधन र चाकलकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
विष्णुपादुका गाविसको चादी बजारबाट ठूलो परिणाममा काठ धरान भित्र्याइदैछ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक मुकुन्द रिजाल लगायतको चारजना टोलीले गस्ती गर्ने क्रममा आज विहान २ बजे धरान र विष्णुपादुकाको सीमानामा रहेको सर्दुखोलामा को १ च ३७५४ नम्बरको बोलेरो गाडीमा लोड गरी धरानतर्फ ल्याउदै गरेको अवस्थामा एक गाडी सखुवाको चिरानकाठसहित चालक धरान १४ बस्ने १९ बर्षीय सुरज मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
सोही बेला बा ३४ प ४४०५ नम्बरको १ सय ५० सिसीको पल्सर समेत बरामद गरेको थियो । तस्करले सो मोटरसकाइल छाडेर भागेको प्रहरीको भनाई छ ।
सुराकीको आधारमा काठ तस्कर र सवारी साधन पक्राउ गरिएको र पक्राउ गरिएका मगरसंग अनुसन्धान भइरहेकोले अन्य तस्करहरु समेत चाडै पक्राउ पर्ने इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका काठ तथा सवारी साधन इलाका वन कार्यालय धरानलाई बुझाइने र पक्राउ परेका मगरलाई वन ऐन अन्तर्गत कारबाही हुने डिएसपी थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया