धरान/भर्खरै गठन भएको जैन भजनमण्डलीले धरान वडा नं. ४ लक्ष्मी सडकमा आफ्नो पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।
चुरु राजस्थान धामका देवालय बावोसा महाराजको भजनकीर्तन कार्यक्रम विराटनगर वावोसा महाराज भजन मण्डलीबाट महेन्द्रजी सेठिया तथा उहााका साधकहरुले करिब चरा घण्टासम्म सञ्चालन गरेका थिए । करिब दुईसय जना भक्तजन तथा स्रोताहरुको सहभागिता रहेको उक्त भजनकीर्तन पश्चात वावोसा महाराजको प्रसादग्रहण गरेका थिए । धरानका सम्पूर्ण जैन समाजको सहभागिता रहेको उक्त कार्यक्रमको सञ्चालन कमलकुमार
राजु पुग लिया, नवरत्न भंसाली, राजु वाÏना, राजु सुराण, विरेन्द्र वाथरा र
राजकुमार गोल्छा रहनु भएको छ ।
