धरान/थारुवान स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीहरुले सोमबार कैलाली टिकापुरमा नेपाल प्रहरीका एसएसपी सहित सात सुरक्षाकर्मी र एक दुईबर्षे बालकको हत्या गरेपश्चात नेपाली कााग्रेसले घट्नाको उचित सम्बोधन गर्न नसकेको भन्दै नेपाली कााग्रेसका केन्द्रीय सदस्य एवम् सभासद डा. शेखर कोइरालाले आक्रोस व्यक्त गर्नुभएको छ ।
यसै क्रममा उहााले मंगलबार पार्टीले संस्थागत रुपमा आफ्नो धारणा सार्वजनिक गर्न नसकेको भन्दै असन्तुष्टि जनाएका नेता कोइरालाले आन्दोलन पक्षधर राजधानीमा रहेका थारु, मधेशी तथा जनजाति सभासदसाग सामुहिक छलफल गर्नुभएको छ । नेता कोइरालाले सामाजिक सद्भावलाई ख्याल गर्दै संविधान निर्माणमा आफ्ना मुद्दा सम्बोधन गर्ने पहलमा जुटन आग्रह गर्नुभयो ।
टिकापुरमा भएको घटनामा २० प्रंहरी र २१ सशस्त्र प्रहरी घाइते समेत भएका थिए । त्यसमध्ये ७ प्रहरीको अवस्था गम्भीर भएकोले उपचारार्थ उनीहरुलाई सोमबारै हेलिकोप्टरबाट काठमाण्डौ लगिएको थियो , थारुवान कार्यकर्ताले टिकापुर नगरपालिका कब्जागरी थारुवान स्वायत्त सरकार लेखिएको बोर्ड झुण्ड्याउन दशौ हजारको संख्यामा घरेलु हतियार बोकेर आएका थिए । उनीहरुलाई सम्झाउन गएका झापा निवासी, सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेलाई पेट्रोल खन्याएर आगो लगाएका थिए भन्ने अन्यलाई घरेलु हतियार प्रयोग गरी हत्या गरेका थिए ।
