धरान/ छथर समाज धरानले आफ्नो पहिचानको लागि संग्रहालय स्थापना गरेको छ ।
धनकुटा र तेह्रथुम जिल्लामा बसोबास गर्ने २१ जिल्लामा बसोबास गर्ने समाजले धरान १५ मा मानबहादुर कुमति खुजुम पारघरी संग्राहालय सञ्चालनमा ल्याउन लागेको समाजले आइतबार धरानमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।
संग्राहालयको भदौ १२ गते उद्घाटन हुने भएको छ । संग्राहायलयमा लिम्बुजातिका हातहतियार,पहिरन, युद्धका समयमा प्रयोग गरिएका ढाल, तरहरा, लगायत पुरानो मुद्रा राखिने समाजका सचिव भैरव आङ्लाले जानकारी दिनुभयो ।
पूर्वमा बस्ने छथरे लिम्बुहरुको पहिचानलाई जोगाइ राख्न समाजले एक कोठे भवनको १५ लाखको लगानीमा निर्माण समेत गरिसकेको छ । धनकुटामा भएको क्षेत्रीय संग्राहालयमा छथरे लिम्बुहरुको पहिचान खुल्ने कुनै प्रकारको सामाग्री नभएकोले पनि नेपालमै नभएका यस्ता सामाग्रीहरु यस संग्रहालयमा राखिने महासचिव आङलाको भनाई छ ।
विशेष गरी लिम्बुहरुको हतियार चेप्सा, गुप्तीकुञ्ज, सेरीलुङ तथा पुरानो लिम्बु सम्बन्धीलालमोहर यस संग्राहालयमा राखिने जानकारी गराइएको छ । धरान १६ निवासी झप्तमान खजुम पारघरी लिम्बुको आर्थिक सहयोगमा निर्माण भएको हो ।
