लामो प्रतीक्षापश्चात नेपाल–भारत बीच पेट्रोलियम पाइप लाइन सम्झौतामा हस्ताक्षर भारतीय प्रधानमन्त्री मोदीको प्रतिबद्धता अनुरुप नेपाल सरकारसँग ऐतिहासिक सम्झौता–प्रधान

राजधानी/भारतका पेट्रोलियम तथा प्राकृतिक ग्याास राज्यमन्त्री धमेन्द्र प्रधानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा व्यक्त भएको प्रतिबद्धता अनुरुप नेपाल र भारतबीच रक्सौल अमलेखगञ्ज पेट्रोलियम लाइन विस्तार गर्ने ऐतिहासिक सम्झौतामा सोमबार हस्ताक्षर गर्नुभएको छ ।
लामो प्रतीक्षापश्चात नेपाल र भारतबीच पेट्रोलियम पाइपलाइन विस्तार गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल सरकारका तर्फबाट वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापा र भारतका तर्फबाट राज्यमन्त्री प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौता पत्रमा हस्ताक्षर
गरेपछि दुवै देशका मन्त्रीले यसलाई  ऐतिहासिक क्षण भन्दै खुशी व्यक्त
गरेका थिए । रक्सौले अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन विस्तार गर्न विगत २० बर्ष अगाडिदेखि छलफल हुार्दै आएको थियो । पाइप लाइन निर्माणका लागि झण्डै ४ अर्ब ४० लाख रुपैयाा लाग्ने र यसमध्ये ३ अर्ब ३० करोड भारत र १ अर्ब २० करोड नेपाल सरकारले व्यहोर्ने भएको छ । सम्झौता पत्रमा उल्लेख भए अनुसार नेपाल आयल निगमले पाइप लाइन विस्तार भएपछि १५ बर्षसम्म भारतसाग मात्र पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने
छ  । हुन त हालसम्म नेपाल आयल निगमले स्थलमार्ग हुादै आफूलाई पायक पर्ने नाका हुादै ट्यांकरमार्फत भारतबाटै पेट्रोलियम पदार्थ आपूर्ति गर्दै आएको
छ । सम्झौता भएको ३० महिना भित्र पाइप लाइनको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने पनि सम्झौतमा उल्लेख गरिएको छ । भारतको रक्सौलस्थित पेट्रोलिम डिपोदेखि नेपालको डिपो अमलेखगञ्जसम्म ४१ किलोमिटर पाइप लाइन विस्तार हुृनेछ । जसमध्ये ३९ किलोमिटर भाग नेपाल तर्फ र दुई किलोमिटर भाग भारततर्फ पर्ने छ ।
सो अवसरमा बोल्दै वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले भन्नुभयो, नेपालका लागि यो ऐतिहासिक क्षण हो । अब २० बर्षदेखिको सपनाले मूर्त रुप लिने भएको छ । हामी सम्झौतामा तोकिएको समय अगावै निर्माण कार्य सम्पन्न गर्ने छौं । थापाले भन्नुभयो, पेट्रोलियम पदार्थमा भारतले सदैव सहयोग गर्दै आएको छ । अझ नेपालमा हालै गएको महाविनाशकारी भुकम्पमा भारतले जुन सहयोग गर्‍यो त्यसको सह्राना गर्न समेत थापा चुक्नु भएन । यसैगरी भारतीय पेट्रोलयम तथा प्राकृतिक ग्याास राज्यमन्त्री धर्मेन्द्र प्रधानले भन्नुभयो, २०७१ साल साउन १७ गते पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउनु हुादा पाइपलाइन इण्डियन आयल निगमले बनाइदिने घोषणा गरे अनुरुप पाइप लाइन विस्तार हुन लागेको हो । उहााले भन्नृुभयो, दुई दशकसम्म चर्चा–परिचर्चामा मात्र सीमित रहेको
परियोजनाले मोदीको घोषणापश्चात गति लिन लागेको हो ।
सम्झौतामा  हस्ताक्षर हुनु भन्दा अगाडि आयोजनाको विस्तृत अध्यन प्रतिवेदन (डिपिआर) तयार पार्ने काम नेपाल आयल निगम र भारतीय आयल निगमका अधिकारी सम्मिलित संयुक्त कार्य दलले गरेको थियो । नेपाल आयल निगमका निर्देशक मुकुन्द घिमिरेले भन्नुभयो पाइप लाइन बनेपछि पेट्रोलियम ढुवानीको लागत सस्तो
हुनेछ । उहााले भन्नुभयो दैनिक जसो हुने बन्द हड्तालले पेट्रोलियम ढुवानीको लागत सस्तो हुने छ । उहााले भन्नुभयो दैनिक जसो हुने बन्द हड्तालले पेट्रोलियम ढुवानीमा कुनै असर नगर्ने मात्र हैन चोरी, चुहावट, मिसावट, तेल ट्यांकरको कारण हुने ट्राफिक जाम समेत कम हुने छ । निर्देशक घिमिरेले धरान साप्ताहिकसागको टेलिफोन वार्तामा भन्नुभयो पाइप लाइनको सम्झौतापश्चात थप तीन वटा सम्झौता हुने छन् । नेपाल आयल निगम र भारतीय आयल निगमबीच सप्लाई, इन्जिनियरिङ्ग र तेस्रो पक्ष सम्झौता हुने छ । सुरक्षाको दृष्टिले समेत पाइप लाइन विस्तार सुरक्षित र अन्तर्राष्ट्रिय स्तरको हुने छ । पाइप लाइनबाट एक पटकमा तीन हजार किलो लिटर इन्धनले आउने छ । मट्टितेल, पेट्रोल, डिजल एउटै पाइप लाइनबाट छुट्टाछुट्टै समयमा आउने भएकोले मिसावटको यसमा कुनै गुन्जायस रहादैन, घिमिरेको कथन छ । एकपटक एउटा इन्धन आएपछि पाइपलाइन सफा गरेर अर्को इन्धन आपूर्ति हुन थालेपछि ७० करोड भन्दा बढी ढुवानी खर्च बचत हुने समेत
(बार्षिक) घिमिरेको कथन छ ।

तपाईको प्रतिक्रिया