ब्राउन सुगर र गाजासहित पाँच जना पक्राउ

विराटनगरे । झापा, मोरङ र धनकुटाबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ परेका छन् । साउन १८ गते बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी नगरपालिका– ५ का २९ बर्षीय राजेन्द्र कुमार ताजपुरीया र शिवसताक्षी– ४ का २१ बर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले विराटनगर–१५ स्थितबाट सुनसरी बराहक्षेत्र नगरपालिका–७ का ३२ बर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय राजारानी धनकुटाले चौबिसे गाँउपालिका–६ का मुकेश बिश्वकर्मा र दिवश राईलाई २ किलोग्राम गाँजा सहित पक्राउ
गरेको छ ।

तपाईको प्रतिक्रिया