विराटनगर । नेपाली साहित्य, कला र व्याकरणका मुर्धन्य व्यक्ति स्व. डा. नरेन्द्र चापागाइको स्मृतिमा विराटनगरका तीन श्रष्टाहरुलाई सम्मान गरिएको छ । स्व. चापागाइ विराटनगर
पिचराका स्थायी बासिन्दा, महेन्द्र मोरङ्ग, आदर्श वहुमुखी क्याम्पस विराटनगरमा आजीवन अध्यापन गर्नुभएको थियो । ज्यादै मेहनति, लगनशील, समालोचक स्व. डा. चापगाइको स्मृतिमा गठन गरिएको डा. नरेन्द्र चापागाई साहित्य पुरस्कारबाट डा. शुशिला भण्डारी पुरस्कृत हुनु भएको थियो । उहाँलाई ५१ हजार नगद, सम्मानपत्र र दोसल्ला ओढाइएको थियो । यसैगरि २५ हजार राशी सहित डा. नरेन्द्र चापागाई युवा साहित्य पुरस्कारबाट कवि रोहिणी रसिक र १० हजार १२५ रुपैया राशीसहित ‘न्यौपाने कला सम्मान’ गायक प्रवल दिप विश्वासलाई सम्मान गरिएको थियो ।

विराटनगर ११ स्थित जेष्ठ नागरिक योग साधना केन्द्रमा आयोजित विशेष समारोहमा कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाल सँस्कृत विश्व विद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा.डा. भिम खतिवडा, प्रतिष्ठानकी अध्यक्ष सरला चापागाई र प्राध्यापक कविराज न्यौपानेले ्रपुरस्कृत श्रस्टाहरुलाई सम्मानपत्र, नगद, दोसल्ला र रुदाक्षको माला लगाइदिनु भएको थियो ।
