घण्टाघरबाट हेर्दा

आखिरी उखानेको संगत हो
हाम्रा बाबु बाजेहरु भन्थे संगत गुनाको फल हुन्छ । हो रै’छ । आफू घर बनाउन काठ किन्न नसके पनि छोरालाई हिल्टन होटल हान्ने ल्याकत राख्ने लाउरेसका झोलेहरुकी भाउजु जुआर राणा पनि हिजोआज ठ्याक्कै उखाने शैलीमा बोलचाल गर्न थालिछन् । घण्टाघरलाई यसमाचाहिँ आश्चर्य लाग्या छैन । आखिरी संगत उखानको छ । संगत अनुसारको हाउभाउ त भैहाल्छ । अस्तिका दिन तिन्ले भनिछन् वर्तमान सरकारले सुशासनको पक्षमा काम गरिरहेको छ रे । भुटानी शरणार्थी देखि लिएर दर्जनौ काण्डले दंगदंगीती गन्हाएकी राष्ट्रिय भाउजुले यतिको गफ त लगाउनै प¥यो । उखानेको संगत भाको पनि ८, ९ महिना भैसक्यो । त्यसमाथि घुमन्ते मन्तरी भएर देश दुनियाँका घाटघाटको पानी पिएकी छन् । भ्रष्टाचारी जोगाउनु, बलात्कारी जोगाउनु, लुटरा जोगाउनु, इमान्दारलाई छिर्किनु हानेर बेइमानलाई स्थापित गराउनु, दलालहरुलाई संरक्षण गर्नु, भिजिट भिषा, सुन तस्करी, सेरा दरबार निल्नेहरुलाई काखी च्याप्नु नै सच्चा गाँडतन्त्र हो । उनले नि व्यवस्था जोगाउन त्यसै गर्नु परेन ?
अब सर्पनाथले क्यार्लान् ?
अण्डकोष सुन्निदा राज्यकोषबाट करोडौ उपचार खर्च लिने सर्पनाथ आच्या झल्लाझलुको पिण्ड हसुर्ने बेलामा विजोग होला जस्तो पो छ । झलुलाई पतञ्जली, रिजाल टाँसी, ललिता निवास जग्गा प्लटिङ्गका दलाल माकुनेले पार्टी छाडेर जान चेतावनी दिएछन् । हुन त माकुनेले चेताउनी दिनु पनि स्वभाविक हो, पद नपाएर जहिल्यै ल्याङ ल्याङ गरेसी खप्रओले पिँधमा जोर लात्ती बजाएर छिमलेका थिए । झालेमालेकै दुई चार जना लोभी पापीहरुलाई अँठ्याएर ताइ न तुइको पार्टी खोलेर, अर्काका बुई चढेर गोडा दशेक ठाउँमा जित्या थिए । यतिबेला आफै अदालतमा धरौटी राखेर उम्किएका छन् । यो सबै दे्रख्दा विचरा झल्लुलाई पुरानो पार्टीको याद आउनु स्वभाविक हा । अस्तिका दिन त विरक्त लागेर झलुले एमाले छोड्नु गल्ति भएको के मात्र भन्या थिए माकुनेलाई औडाहा भयो । उनले तुरुन्तै पार्टी छोडेर जान पो चेतावनी दिएछन् । विनाशकाले विपरीत बुद्धि भन्या यही हो ।
जनतालाई अर्को ठूलो उपलब्धी

न पुरुष न महिलाको आवरणमा रहेका वर्तमान सरकारले नेपाली जनताका लागि ठूलो उपलब्धी झार्न ल्याछ । अब यो मुलुकमा कोही पनि बलात्कारको आरोपमा जेल जानु नपर्ने भएको छ, जसले जतिसुकै भष्टाचार गरेर लुड्याए पनि कसैले केही खालो नसार्ने भएको छ, जसको हत्या गरे पनि अपराधी घोािष्त नहुने भएको छ । भिजिट भिषामा जस्ले जतिसुकै ुवा युवतीलाई बेचे पनि कसैले औँला ठड्याउन नसक्ने भएका छ । सुन तस्करी गरोस् कि सार्वजनिक जग्गा हड्पोस अब त्यसको कसैले वाल पनि हल्लाउन सक्दैन । सरकारले यस्ता गतिविधि गर्ने महान व्याक्तिहरुलाई आम माफी दिने कानुन जो ल्याउँदैछ । अब यस्ता पुुण्य कामहरु लुकिछिपी, डराई डराई गर्नु नपर्ने भएको छ । जय होस् गाँडतन्त्रको उपलब्धी ।
घ्वार्र घ्वार्रमा किन टाउको दुखाई
अस्तिका दिन संसद भवनमा सांसदहरु मस्त निन्द्रामा परेको फोटो कुन असतिले हल्दियो हाल्दियो । विचराहरु ख्याल मस्त निन्द्रामा थिएनन् । अरथमन्तरी विष्णृु पौड्याल मुन्टो लतारेर घ्वार्र कि घ्वार्र दिइरहेका थिए । सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग ¥याल सिंगान काढेर घुरिरहेका थिए । महिला सांसदहरु साडीको सप्कोले मुख छोपेर घुरिरहेका थए । पुरुष सांसदको अवस्थाको त झन कुरो गरी साध्यै छैन । कोही ¥याल काढेर, कोही सिंगान झारेर, कोही थुतुनो छोपेर सुतेको फोटोचाहिँ जे होस गज्जबको थियो । सांसद मन्त्री, त्यसरी सुतेको भनेर केहीले साह«ै निन्दा ग¥या रै’छन् । किन निन्दा गर्नु ? संसद भनेकै सांसदले आराम गर्ने ठाउँ हो । सित्तिमा पेट तन्किउज्याल खाएपछि आराम पनि त गर्नुप¥यो । यस्तो उत्पात गर्मीमा एसीमा आराम गर्न पाउनु सांसदहरुको नैसर्गिक अधिकार हो । ज्यानलाई आराम भए पो सरकारी जग्गा हडप्न सक्छन्, कमिशन खान सक्छ्न, भ्रष्टाचार गर्न सक्छन्, सुन ओसार्न सक्छन् । ज्यानलाई आरामै भएन भने यस्ता महान काम कसरी गर्न सक्छन् । उनीहरुको प्रगतिमा डाहा गनुृ त भएन नि ।
झोलेहरुलाई छेरौटीले धडेछ
नेपालका सक्कली गाँडतन्त्रवादीहरुलाई यतिबेला एकैपटक छेरौटीले धडेछ । सक्कली गणतन्त्रवादी भन्या नै झुटो बोल्नमा पारंगत, वातै पच्छे अरुलाई तथानाम गाली गर्न सक्ने, लुट्ने्, धम्क्याउने, भ्रष्ठाचार गर्ने, मानव बेचबिन गर्ने,….हरुलाई मास छेरौटी चल्नुको प्रमुख कारण नव युवराज हृदयेन्द्र शाहले जुम्लामा गएर त्यहाँ स्थानीयसँग आफ्नो जन्मदिन मनाउनु पो रै’छ । हैन हौ गाँडेहरुलाई के साह«ो औडाहा भएको हँ ? आफ्नै देशमा त्यसमाथि आफ्नै बाबु बाजेले आर्जेको मुलुकको जुम्लामा गएर जन्मदिन मनाउँदा गणे झोलेहरुलाई मात्र
छेरौटी किन लाग्नु ?
पर्धानमन्तरी र सभापति चाहियो रे
बाबुको नाम भँजाएर छाली चाट्दै आएका काठमाण्डौ क्षेत्रपार्टीको गठ्ठे सिंहलाई पर्धानमन्तरी र पार्टी सभापति चाहियो रे । अस्तिका दिन पाडाको स्वरझै स्वरमा तिनले आफ्ना दुई चार जना नन्दीभृंगीहरुका अगाडि भनेछन् म पार्टी सभापति र प्रधानमन्तरीको बाहेक सबै पदमा पुगिसकें । गठ्ठे सिंहलाई के थाहा ती आफ्नो ल्याकतले पुगेका होइनन् भनेर । नाई आमा मलाई त्यही केटी चाहिन्छ भनेझै पर्धानमन्तरी र पार्टी सभापति चाहियो भनेर खुट्टा बजार्दा पाइने हो र ? त्यसअघि आफ्नै घरद्वार भएको क्षेत्रमा चुनाउमा झण्र्डै चिप्लिएका थिए । १४ आंै महाविधेशनमा सभापतिमा उठ्दा लगौटी खुस्केको तिनलाई सम्झना छ कि छैन ? बाबुको नाम अब भज्नेवाला छैन भनेर गठ्ठे सिंहलाई कस्ले सम्झाइदिने ? पर्धानमन्तरीको करा त गठ्ठे सिंहले सपना देख्ने मात्र हो । ४० दशकका मुगरीलालका हसिन सपना जस्तै ।
बाउदेउको ल्याङ ल्याङ शुरु
बाउदेउको ल्याङ ल्याङ्ग शुरु भा’छ । अस्तिका दिन माकुनेको नीजि पार्टीमा भित्रिएका बाउदेउ फेरि अन्तै सर्लान् जस्तो छ । हुन त ती सरिरहन्छन् । विना पिँधको लोटा भएसी’ तिन्लाई कसैले वाल मतलब पनि दिँदैनन् । अब हेरम न यस भन्दा अगाडि झालेमाले, माउवादी लगायतका घरमा भित्रिन कम्ता जोरबल गरेनन् । कसैले जस्केलाबाटै भित्र छिर्न दिएनन् । तै बरु तै माकुनेले पुराना लगौटी यार हुन त्यसै घरमा थन्किएर बस्या छन् । सडकमा हल्लिएर हिड्या छन् भनेर आफ्नोमा के छिराएका थिए अहिले माकुनेलाई नै काउछो भा’छ । बाउदेउ अस्तिका दिन आफै भन्न भ्याएछन् संगठन विभागका प्रमुख पनि दिएनन् । के गरौ भा’छ । माउवादीमा छि¥या भए नाची नाची संगठन विभागको प्रमुख दिन्थे रे । हैन हौ के बिग्रिया छ र ? फेरि उतै गुल्टिदा भैहाल्छ त ? बात करता है ।
अन्तेमा
पर्धानमन्तरीका पहिलो दर्जाका झोले सूर्य थापाले अस्तिका दिन भनेछन् भ्रष्टाचार, अनियमितताको आरोप लाग्या मन्त्रीहरुले तुरुन्तै राजीनामा गर्नुपर्छ रे । कुरो त गज्जबकै गरे । अनियमितताको भारी बोकेर सरकार सञ्चालन गर्नु हुँदैन रे । अनियमितता, भ्रष्टाचारको आरोप लागेकाहले भटाभट राजीनामा गर्ने हो भने नेपालमा सरकारै रहला जस्तो छैन । कम्बोयिा काण्ड, एनसेल काण्ड, गिरिबन्धु काण्डको आरोप वाल्वाटारेलाई लाग्या छ । थापाको आसय भुटानी शरणाार्थी काण्ड, भिजिट भिषा काण्डका मतियारले राजीनामा दिनुपर्छ । हुन त हो पनि यिनीहरुले राजीनामा नदिई थापाको मन्त्री हुने पालै नआउला जस्तो छ । उनका निम्ति बा चोखा छन् अरु गोडापाँचेक आरोप लाग्या छ् । विचरा थापाको इच्छा न पूरा नहुने भयो । बल्ल बल्ल एउटा गुप्ताले राजीनामा द्या थियो बाले महिलालार्ई लगेर घुसारीहाले । अर्का अधिकारी टसमस भा’हैन । विचराको मन्त्री भएर खुट्टा हल्लाउने धोको पूरा नहुने भयो ।

तपाईको प्रतिक्रिया