धरान । समाजमा रहेका बौद्धिक अपांगता, अपांगता तथा गरिब र असहाय तथा तिनका परिवारलाई शैक्षिक, आर्थिक तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग पु¥याउँद आएको धरान १९ मा रहेको अपांग पुनस्र्थापना तथा असहाय सेवा केन्द्रले आफ्नो बार्षिकोत्सवमा समेत लक्षित वर्गलाई सहयोग गरेर मनाएको छ । निस्वार्थ भावनाले अपांग तथा असहायहरुलाई सहयोग गर्न स्थापना भएको धरान १९ स्थित अपांग तथा अहासय केन्द्र धरानले १९ औ बार्षिक साधारण्सभामा समेत लक्षित वर्गलाई सहयोग गरेर मनाएको हो । समाजका दाताहरुसँग समन्वय गरेर तथा आफ्नै क्षमता अनुसार लक्षित वर्गलाई सहयोग गर्दै आएको यो संस्था अपांग तथा असहायहरुका लागि पुलको काम गर्दै आइरहेको छ ।

पछिल्लो समय बार्षिकोत्सवमा केन्द्रले अपागता भएकाहरुलाई हिडडुल गर्न पुगोस् भन्ने हेतुले रोटरी क्लब काठमाण्डौसँग समन्वय गरेर ५ वटा ह्विलचियर, स्वयम अपांग तथा असहाय पुनस्र्थापना केन्द्रका तर्फबाट एउटा ह्विलचियर र टाइसाइकल वितरण गरेको छ । यतिमात्र हैन विभिन्न सामाजिक व्यक्तिहरुबाट सहयोग लिई २० परिवारलाई खाद्यान्न, अपांग तथा असहाय परिवारका २ जना बालबालिकालाई शैक्षिक सामाग्री र नियमित औषधि सेवन गर्दै आएका ३ जनालाई निःशुल्क औषधि खरिद गरी वितरण गरिएको संस्थाका निर्देशक सुनिल खड्काले जानकारी दिनुभयो ।
