अनौठो गाउा : जहाा वर्षको पााच दिन लोग्नेस्वास्नीबीच हुादैन कामकुरा

यो दुनिया वास्तवमा संस्कृति र परम्पराको फुलवारी नै हो । पृथ्वीको विभिन्न ठाउामा बस्ने मानिसहरुका आ आफ्ना परम्परा र संस्कृति छन् । अफ्रिकाका विभिन्न देशहरुका साथै दक्षिण पूर्वी एसियामा बस्ने परम्परागत आदिवासी समुदायका मानिसहरुका परम्परा तथा रहनसहनलाई सबैभन्दा अनौठो मानिन्छ । तर अफ्रिका वा दक्षिण पूर्वी एसियामा मात्र होइन हाम्रै देश तथा हाम्रो छिमेकी देश भारतका विभिन्न समुदायका संस्कृति तथा परम्परा पनि निकै अनौठा किसिमका रहने गरेका छन् ।
यस्तो एउटा अनौठो परम्परा छ छिमेकी भारतको हिमाचल राज्यको एउटा गाउामा । हिमाचलको कुल्लु जिल्लास्थित पिणी गाउाको एउटा परम्पराको बारेमा सुन्नुभयो भने तपाइा छक्क पर्नुहुन्छ ।
उक्त गाउामा वर्षको ५ दिन श्रीमान श्रीमती एक आपसमा प्रेमालाप गर्दैनन् । प्रेमालाप मात्र कहाा हो र हासिमजाक पनि गर्दैनन् वर्षको पााच दिन ।
उक्त पााच दिन महिलाहरुले आफुले लगाएको लुगा फेर्न पनि पाउादैनन् र पााच दिनसम्म ऊनबाट बनेको विशेष कपडा ओढ्दछन् ।
पिणी गाउामा हरेक वर्ष अगष्ट १७ देखि २१ तारेखसम्म अर्थात् भदौ महिनाको सुरुका पााच दिन यो अनौठो परम्परा पालना गर्ने गरिन्छ । त्यो पााच दिनसम्म गाउालेहरुले रक्सी पनि खाादैनन् ।
यो परम्परासाग एउटा पौराणिक कथा जोडिएको छ । कथा अनुसार लाहुआ घोडा देवता पिणी गाउामा पुग्दा त्यहाा राक्षसको आतंक थियो । भदौा संक्रान्तिलाई त्यहाा कालो महिना मानिन्छ । उक्त दिनमा घोडा देवता गाउामा आएर राक्षसको नास गर्ने विश्वास गाउालेहरुमा छ । सोही अवसरमा गाउालेहरु ती देवताको नाममा भदौको पााच दिन समर्पण गर्दछन् र खानेकुरा तथा यौन कार्य समेत बार्ने गर्छन् ।

तपाईको प्रतिक्रिया