बराहको २१ औं साधारणसभा भव्यताका साथ सम्पन्न

धरान/ बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.ले २१ औं बार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
प्रा.लि.ले बार्षिकोत्सवका अवसर पारेर धरानको भानुचौक, पिण्डेश्वर चौक, रेल्वे र अमरहाटमा रक्तदान कार्यक्रमको आयोजना गरी ती स्थानबाट ७ सय १४ पिण्ट रगत संकलन गर्न सफल भएको छ भने काठमाण्डौमा १ सय ४३ पिण्ट
रगत संकलन गरेको छ ।
यसैगरी प्रालिले बार्षिकोत्वसको अवसर पारेर तीनजना पत्रकारलाई सम्मानसमेत गरेको छ । धरानलाई कार्यक्षेत्र बनाएर धरानका आर्थिक, पर्यटन, विकासमा कलम चलाउने  धरान साप्ताहिकका कार्यकारी सम्पादक गोविन्द बस्नेत सहित पत्रकार दिनेश गजमेर र मनिता चाम्लिङ्गलाई ११ हजार १ सय ११ सहित सम्मानपत्र, दोसल्ला ओढाई कार्यक्रमका प्रमुख अतिथि एवम् वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका महानिर्देशक शम्भू कोइरालाले  सम्मान गर्नुभएको हो ।
धरान ८ सभागृहमा भएको कार्यक्रममा प्रा.लिले सबैभन्दा बढी गहना(ज्वेलरी)
खरीद तीन ग्राहकलाई गोल्ड मेडलसहित सम्मान पत्रले सम्मान गरेको छ ।
यसैगरी, प्रा.लि.ले सहयोगी अभिभावकको भूमिका निर्वाह गर्ने ८ जनालाई समेत सम्मान गरेको छ । उनीहरुलाई दोसल्ला अढाउनुका साथै सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रममा
बर्षभरी न्युनतम १० हजारदेखि ८ लाख रुपैयासम्मको डिर्पाटमेन्ट स्टोरमा किनमेल गर्ने १९ सय ८८ जना ग्राहकरुलाई विभिन्न उपहारहरु पनि प्रदान गरिएको थियो । सोही कार्यक्रममा धरान १३ अमरहाटका किशोर लिम्बुले भाग्यशाली उपहार स्वरुप यामाहाको रे स्कुटी पनि पाउनुभएको छ ।
यसैगरी बराहलाई यो स्थानसम्म ल्याउन इमान्दारीतापूर्वक काम गर्ने धरान लगायत विभिन्न शखामा काम गर्ने कार्यरत कर्मचारीहरुमध्ये उत्कृष्ट छानिएका २७ कर्मचारीलाई पनि गोल्ड मेडलसहित प्रसंसा पत्र प्रदान गरिएको छ । सम्मानितहरुलाई प्रालिका अध्यक्ष शिव लामिछाने, शाखा प्रमुख मानबहादुर विश्वकर्मा, प्रमुख अतिथि एवं वाणिज्य तथा आपुर्ति विभागका महानिर्देशक शम्भु कोइरालाले मेडल, सम्मानपत्र प्रदान गर्नुभएको थियो । बार्षिकोत्सवको बीच बीचमा राष्ट्रिय तथा स्थानीय गायकहरुले आफ्नो प्रस्तृुति प्रदर्शन
गरेका थिए भने धरानको गरिमा डान्स सेन्टरले नृत्य प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।

तपाईको प्रतिक्रिया