कही प्रहरी र आन्दोलनकारीबीच झडप, कही बन्दकर्ता र व्यवसायीबीच

धरान/यतिबेला मुलुक संविधानसभबाट संविधान जारी गर्ने प्रशव पीडाबाट गुज्रिरहेको छ तर सविधानको पहिलो मस्यौदाले सत्तासीन र सत्ताको निकट रहेक दलहरुबाहेकलाई समेट्ने, उनीहरुको माग सम्बोधन गर्ने, विगतमा उनीहरुसाग
गरिएका सम्झौता लत्याउने, संघीय प्रदेश, सीमांकन आदिका बारेमा उपेक्षा गरेपछि मुलुकभरि यतिबेला आन्दोलनको ज्वारभाटा चलेको छ ।
आदिवासी जनजाति महासंघ, मधेशी मोर्चा, लिम्बुवान पक्षधर, खम्बुवान पक्षधर, थरुहट, अखण्ड पक्षधर, धार्मिक पक्षधर आदिको आन्दोलनका कारण जीवन भयावह बन्दै गएको छ । कहीा बन्द आवहानर्ता र प्रहरीबीच झडप भएका छन् भने कही बन्दकर्ता र व्यवसायीबीच झडप हुदै आएको छ ।  तराई अनिश्चितकालीन बन्द भएको छ भने अन्यत्रको अवस्था पनि उस्तै छ । बन्दकर्ताहरु सार्वजनिक तोडफोडमा समेत उत्रिएपछि तराईका अधिकांश स्थानमा निषेधाज्ञा र कÏर्यु जारी
गरिएको छ । यस क्रममा विभिन्न स्थानमा गरी ५ जनाले ज्यान गुमाइसकेका छन् भने सैयौ घाइते भएका छन् ।
समग्रमा भन्नुपर्दा बन्दको देशभर प्रभाव परेको छ । बन्दका कारण छोटा तथा लामा दुरीका सवारी साधन चल्न सकेका छैनन्, शिक्षण संस्थाहरु पूर्ण रुपले बन्द भएका छन्, उद्योग, कलकारखाना, बजार, पसल सबै ठप्प छन् । देशका पश्चिमी क्षेत्रका केही भागमा बन्दको अवज्ञा समेत भएको छ । यद्यपि, त्यसले जनजीवनलाई सहज गराउनुको सट्टा थप आतंकित बनाएको छ ।
पूर्वको जनजीवन
पूर्वको जनजीवन केही दिनदेखि अशान्त रहादै आएको छ । सरकारले विगतमा गरेको सम्झौता उल्लंघन गरेको, अरुण पूर्वका नौ जिल्ला लिम्बुवान प्रदेश घोषणा गर्नुपर्ने, नामांकन र सीमांकन सहितको संघीय संविधानको माग राखी साउन २८ र ३१ गते संघीय लिम्बुवान पार्टीले बन्दको आवहान गरेको थियो । जनमुक्ति पार्टीले खबरदारी सभाको आयोजना गर्‍यो भने जनजाति महासंघले भदौ ६ र ७ गते दुई दिने बन्द को आवहान गर्‍यो । बन्दका क्रममा लामा तथा छोटा दुरीका कुनै पनि सवारी साधन चलेनन् भने उद्योग, कलकारखाना, बजार,  पसल, शिक्षण संस्था सबै बन्द रहे । जनजाति महासंघका कार्यकर्ताहरु विहानैदेखि सडकमा ओर्लिएकामात्र थिएनन् बन्द सफल गराउन आग्रह समेत गर्दै हिडेका थिए । बन्दका क्रममा धरानको भानुचौकमा आफ्नो परम्परागत सास्कृति झल्कने चयाब्रुङ्ग नाच समेत गरेका थिए । उता केही दिन अगाडि इटहरी उद्योग वाणिज्य संघले इटहरीलाई बन्दमुक्त क्षेत्र घोषणा गरेपनि संघको उक्त अभियान सफल हुन सकेन । पहिलो दिनको जनजातिले बन्दको आवहानकै समयमा बन्दकर्ता र बन्द खोल्ने अभियानका क्रममा झण्डै दोहोरो झडप भएको थियो । संघका पदाधिकारीहरल्े माइकिङ्ग गरेरै बजार पसल खोल्न आग्रह गरे तापनि व्यवसायीहरुले नखोलेपछि  इटहरी समेत पूर्ण रुपमा बन्द भएको थियो । इटहरी पूर्व, पहाडी क्षेत्रहरुमा समेत जनजाति महासंघको बन्दको पूर्ण असर देखियो ।
तराई पनि अस्तव्यस्त
संविधान मस्यौदाका अन्तरवस्तुमै असहमति जनाउदै समग्र मधेश एक प्रद्रेश, मधेशलाई पहाडसाग मिसाउन नहुने र थरुहट टुक्र्याउन नपाउने भन्दै झण्डै १० दिन अगाडि देखिएको बन्दले तराईको जनजीवन थप अस्तव्यस्त भएको छ । थरुहट र मधेशी मोर्चाको बन्दे इटहरी पश्चिम र दक्षिण बन्दै बन्द रहादै आएका छन् । शनिवार इनरुवा आएका मधेशी मोर्चाका नेताहरुले जारी मस्यौदा अनुसारको संविधान कुनैपनि हालतमा नमान्ने प्रष्ट पारिसकेका छन् ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, संघीय फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो लगायतका नेताहले सुनसरी सदरमुकाम इनरुवामा आफ्ना माग पूरा नहुन्ज्याल आन्दोलन नरोकिने चेतावनी दिएका छन् । सरकारले वार्ताका लागि मधेशवादी दलहरुलाई आवहान गरे तापनि उनीहरुले त्यसमा विमत जनाइसकेका छन् । मधेशवादी दलका नेताहरुले विराटनगरमा आइतबार सम्बोधन गर्दा पुन: इनरुवाकै
कुरा दोहोर्‍याएका थिए । उनीहरुले आन्दोलन निरन्तर अनिश्चितकालसम्म जारी रहने बताएका छन् ।
धनकुटामा पसल खुल्यो
आदिवासी जनजातिले गरेको बन्दका कारण बन्द रहेको धनकुटाको जिल्ला सदुरमुकाम धनकुटाको बजार बजारबासीले खुलाएका थिए । धनकुटा, पहिले, भेडेटार, पाख्रीबास, सिंधुवा लगायतका बजार खुलेका थिए । तर यातायातका कुनै सवारी साधन नचलेका कारण दिनभरि नै हाइ काढेर बसेका थिए । धनकुटा जिल्लाका ग्रामीण क्षेत्रका शिक्षण संस्था, संघ संस्था, वित्तीय संस्था खुले तापनि बजार क्षेत्रका शिक्षण संस्थाहरु भने बन्द रहेका थिए ।

तपाईको प्रतिक्रिया