नर्वेमा भइरहेको ४१ औं चेस ओलम्पियाडमा नेपाली पुरुष टिम बोसनियाा हर्जगोविनासंग ४(० ले
पराजित भएको छ भने महिला टिम टर्कीसंग पनि ४(०ले नै पराजित भएको हो ।
पुरुषतर्फको पहिलो बोर्डमा फिडे मास्टर सुजेन्द्र प्रसाद श्रेष्ठ बोस्नियाा हर्जगोविनाका ग्राण्ड मास्टर बोर्की प्रोदोजेभिक (२६०४) संग सहज हार स्वीकारे भने दोस्रो बोर्डमा खेलेका
रिजेन्द्रराज भण्डारी पनि ग्राण्ड मास्टर डालिवर स्टोजनोभिक (२५०३) संग पराजित भए । त्यसैगरी तेस्रो बोर्डमा खेलेका युवा खेलाडी सजिन महर्जनले अन्तर्राष्टिय माष्टर डेनिस कादरिक
(२४७३) संग उत्कृष्ट प्रदर्शन रहेका सजिनले २८ औं चालमा सानो गल्ती गर्न पुगे । जसको फाइदा डेनिसले उठाउादै सजिनलाई खेल त्याग्न बाध्य बनाए । चौथौं बोर्डमा खेलेका नेपाल च्याम्पियन केशव श्रेष्ठ पनि फिडे मास्टर (२३७३) लाई खेल सुम्पिए ।
त्यसैगरी महिलातर्फ पनि नेपालभन्दा वरियतामा धेरै अगाडि
रहेको टिम टर्कीका खेलाडी ग्राण्ड मास्टर कुब्रा ओज्टुकसंग संगीता जयसवाल र मोनासिला खोम्बु
अन्तर्राष्टिय मास्टर खायला इस्गान्दोवासंग पराजित भइन् । अस्मीता अधिकारी अन्तर्राष्ट्रिय मास्टर जेरा टोपल्को र विना जयसवाल, करडेलेनसंग हार्न पुगिन् ।
आइतबार नेपालले पुरुषतर्फ गयमसंग र महिलातर्फ पाराग्वेसंग प्रतिस्पर्धा गर्नेछ । यसअघि ४० औं चेस ओलम्पियाडमा नेपालले गयमलाई पराजित गरेको थियो । एकसय ८० देशको सहभागिता रहेको प्रतियोगिता २०१४ अगस्ट ३० सम्म हुनेछ ।
