कुन पैसो रे
चित्रबहादुर केसी पनि विचित्रकै मानिस हुन् । अस्तिका दिन उन्ले ख्याल गजबको गफ गरेनन् । मधेशवादी दलहरुले आन्दोलनमा सहादत प्राप्त गर्नेलाई उधारोमा ५० लाख दिने घोषण गरेपछि नेपालभरि त्यसले सन सनी मच्चाएको छ । सरकारले सहीद हुनेलाई मुस्किलले दाातबाट पसिना चुहाएर १० लाख मात्र दिन्थ्यो । मधेशवादी दलले त ५० लाखै दिने भए । ५० लाख पाउने भएसी’ यस्ता महंगीमा को सडकमा आउादैन र ? मधेशवादी दलले तत्काल ५० लाख दिने भन्या भए ख्याल गजब हुने थिएन । उधारोमा दिने भनेसी आन्दोलनमा होमिनेहरु अलि खिन्न भा’छन् । उता चित्रबहादुर केसीलेचाहिा मधेशवादी दलले दिने ५० लाख कुन मुद्रा हो भनेर प ्रश्न ततेस्याई दिए । त्यो ५० लाख नेपाली, भारु,
डर, युरो, स्टर्लिङ्ग पाउण्ड के हो भनेर सोधेपछि मधेशी नेताहरुको अनुहारबाट चिट–चिट पसिना आउन थाल्या छ । हुन त मधेश प्राप्त भएसी’ मधेशी मुद्रामै ५० लाख दिने होला । कि कसो हौं ?
गुटैगुट
हिन्दीमा एउटा उखान छ जैसा करनी वैसा भरनी । अब हेरौ न हिजो अरुका कार्जेकर्ता खुतुखुतु चोरेर ल्याई पार्टी बनाएको माउवादी अब बच्चावादी पार्टी हुने भएको छ । माने माउवादीमा फेरि अर्का गुट जन्मेछ । जनमोर्चाबाट आएको यो गुट चााडै नै माउवाबाट छुट्टिने तरखर गर्दैछ । पहिला मातृकाले माउलाई मुर्दालाई जु्रुम्राले छोडेर हिडेजस्तो गरेर हिाडे । फेरि वैधे बाले पनि छुटानामा गरे, मणि थापाहरु पनि हिन्दिए । अब जनमोर्चाबाट
छिरेकाहरु हिन्दिने तरखर गर्दैछन् । अब त यो माउवादीलाई माउवादी नभनेर फुमाउवादी भन्ने बेला भइसक्यो । माने फुटेको फुट्यै गर्ने । पहिला पहिला
फोरम फुट्या फुट्यै गर्यो । अब फुट्ने ठामै नभएसी थन्केर बस्या छन् । अब माउवादीमा पनि प्रचण्डाउ र मुरख विद्वान बाउरामको थन्कने पािलो आए जस्तो छ ।
वार्ताको आवहान
जब पर्यो राति अनि बूढी ताती भन्ने लामालाका छन् हाम्रा सडिया नेताहरु । ससुरालीबाट दाइाजोमा पाएको सम्पत्ति जस्तो ठानेर पहिला फुतुफुतु थुचुनोबाट प्रदेश बााडे । अब अहिले कागजी तमसुक गर्नु पार्दा बाबुको श्राद्ध गर्नुपरेजस्तो गरेसी देशैभरि तीनदले ढाडेहरुका विरुद्धमा आन्दोलन मच्चिएको छ । आन्दोलनकारीहरुले मुलुकै ठप्प बनाएका छन् । यता दिन बितिसकेपछि वल्ल सरकारमा बसेका स्वााठहरुले मधेशवादी दललहरुलाई वार्तामा बोलाएछन् । सत्यनाश भइसकेपछि वार्तामा बोलाएर फुायाा हुन्छ ? फेरि के वार्ता गर्नु ? मधेशवादी लगायतका दलले उठाएका माग पूरा गर्न यिन्का बाजेको समेत तागत छैन । त्यसैले गरिबलाई दिन्छु नभन्नु विधवालाई लान्छु नभन्नु त्यसै भन्या हैन ।
अब डन पनि सहीद
सहीदको मामलामा नेपाल संसारमै उदार मुलुक मानिने भा’छ । भीरबाट गुल्टेर जिब्रो टोक्ने पनि सहीद, बलात्कारी मारिदा पनि सहीद, डकैती गर्दा मारिने पनि सहीद, टिल्ल जााड खाएर नालीमा नाक रगटेर सिद्धिने पनि सहीद, दुर्घटनामा ज्यान गुमाउने पनि सहीद । वाहा, क्या गजब छ । अब हेरौ न दर्जनौ अपराध गर्ने घैटेको घैठो प्रहरीले अस्तिका दिन फुटाउादा नेताहरुलाई १ सय ५ डिग्री ज्वरो आएछ । त्यस्तो सोझो डनलाई किन मारेको भन्दै कााग्रेसका स्वााठ नेताहरु बुरुक बुरुक उफ्रेछन् । घैटे मारिएको
विरोधमा आन्दोलन गर्ने धम्की दिएछन्, घैटेको घैटो फुटाउने पुलिसलाई कारबाही गर्न छानबिन समिति गठनको माग
गरेछन् । अन्त्यमा घैटेलाई धेरैले सहीद घोषणा गर्नुपर्ने न्दै सरकारलाई थर्काछन् । जे होस नेपालका नेताहरुमा डनप्रतिको मोह गजबको छ । नेताहरुकै मोहका कारण हिजोआज गाउादेखि सहरसम्म डनहरु उम्रेका रै’छन् ।
ओलीको बकबक
कहिले माइत जाउला र सप्र्याङ्ग खाउाला भनेर चेलीहरुले कल्पना गर्थे रे । हाम्रा झालेमालेका अध्येक्षे खप्रओ माने ओलीलाई अहिले यस्तै भएको छ । कहिले संविधान बन्ला र सिंहदरबारमा आÏनो रोगे फोटो झुण्ड्याउला भनेर ओली गएको माघ देखि नै छट्पटाएका छट्पटाएकै
छन् । मस्यौदा मात्र बाहिर आउादा देशैभरि आगो दन्किए पनि त्यसको प्रवाह नगरी ओली सिंहदरबारमा फोटो टाास्ने ठाउा हेरिरहेका छन् । चार दलमध्ये एउटा दलले किक हानेर आन्दोलनमा गइसकेको छ । अब आफ्नो हेयाउ केही नलाग्ने देखेपछि संवधिान जारी गर्न सूचने माने सुभाषचन्द्र नेम्बाङ्गलाई गोल हान्न उचाल्न थाल्या छन् । विचरा ओलीको अब एउटै इच्छा छ, त्यो हो पर्धानमन्तरी बन्ने, यो सपना साह्रै पुरा हुने छनक नदेखेपछि विचराको भोक निन्दै गायव भएको छ । देशभरि आन्दोलन गर्ने अशक्तिहरुलाई हिजो आज ओली सरापेरै दिन बिताउन थाल्या छन् रे ।
कतिदिन टिक्ला ?
हिजोआज घण्टाघरका कन्सिरी अलि ज्यादै तात्तिन थाल्या छन् । संविधानसभाका ६ सय १ मूर्ख र त्यसमध्येका नेता हौ भन्ने महामूर्खले आठ बर्षदेखि एउटै काम पनि फत्ते गर्या छैनन् । यिन्लाई जाबो एक थान संविधान बनाउ भनेर पठाएको आजसम्म नसक्ने पाजीहरुले अरु के गर्लान् र खै ? पहिला १४ प्रदेश भने, त्यो टिकेन, त्यसपछि १२ प्रदेश भने त्यो पनि तुहियो, त्यसपछि ८ प्रदेश भने कुरै मिलेन । ६ प्रदेश भने आगै बल्यो, अब ७ प्रदेश भन्दैछन् यो पनि टिक्ने छााटकााटै छैन । बरु हब हाम्ले भागबण्डा गर्न सकेनम भनेर छोडेर हिडे जाति । कि कसो हौ ?
अश्रुग्याँस माग
देशमा चर्कदै गएको आन्दोलन दबाउन प्रहरीले सरकारसाग एक लाख थान अश्रुग्याास र ६० हजार थान लाठी माग गरेछन् । विचाराहरुले के गरुन त ? आन्दोलनकारीहरुसाग जो भिड्नु छ । भिड्नलाई त सामान चाहियो । एक सेल अश्रुग्याासका ३५ सय र १ थान लाठीको ४ सय रुपैयाा पर्ने रै’छ । प्रहरले यत्तिका सामान ममाग्दा घरेलु मन्त्री बाउदेउ गौतम गदगद भा’छन् रे । किन नहुन त अब अश्रुग्याास र लाठी खरिद गर्न मात्र झण्डै ४० हरोड रुपैया पर्ने रै’छ । यसबाट ८/१० करोड रुपैयाा कमिशन बजाउन पाइने भयो । अजिंगारको आहारा दैवले पुर्याउाछ भन्थे हो
रै’छ । आन्दोलन चर्कदा पनि सत्तामा बस्नेलाई फाइदा । माल चपाउन त्यसै माहिर गौतम बाले अरु के के खदिरमा थप डकार्ने हुन् ?
अन्तेमा
रामनाम जप्दै जाति नातिना खेलाएर बस्नुपर्ने उमेरका वैधावले अस्तिका दिन नयाा आन्दोलन गर्ने चेतावनी दिएसी घण्टाघर वैधवाको बूढौली साहसलाई सलाम गर्छ । वैधाउको उमेरमा अरुले पिण्ड खादै स्वर्गतिरै रमाउादै होलान् यता वा भने सघर्षको चेतावनी दिादै हिडेका छन् । तीन दलले बल्ल बल्ल कन्दनी चुाडाएर बनाएको सात प्रदेशको खाका लगायतका कुरामा घोर आपत्ति समेत वैधावाले जनाएका छन् । मधेशवादी दल, थारु, जनजातिहरुले उठाएको माग ठीक भउको र उनीहरुका माग पूरा नगरे देशमा थप द्वन्द्ध चर्कने वैधाउले चेतावनी दिएका छन् । उता तीनदले सिण्डिकेट यतिबेला के गर्ने कसो गर्ने भनेर रनभुल्लमा परेका छन् ।
