्धरान/ डधुलधुराको गाउामा विजुली बत्ती पुर्याउन नेपाल जेसिसको पहलमा मुलुकमा भएका शाखा कार्यालयहरुले अभियान चालेका छन् ।
्बर्षौदेखि डढेलधुराको विकट ग्रामीण क्षेत्रमा विजुलीको अभावमा अध्यारोमा रात गुजार्दै आएका सार्वसाधारणलाई विजुलीको पहुच पुर्याउन धरानमा सचेतनात्मक वाकथुन र्यालीको आयोजना गरिएको छ ।
धरानको छाताचौकबाट शुरुभएको र्याली भानुचौक हुदै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र कार्यक्रम सञ्चालन गरिएको थियो ।
डधुलधुराका ग्रामीण क्षेत्रका सर्वसाधारणहरुले बर्षौदेखि अध्यारोमा बस्नुपरेको पीर मार्कालाई थोरै भएपनि मल्हम लगाउन यस्तो किसिमको कार्यक्रमको आयोजना गरिएको धरान जेसिसका पूर्व अध्यक्ष विष्णु बरालले जानकारी दिनुभयो ।
यस अभियानमा धरानजेसिज सहित अन्य समुदायले समेत साथ दिएका
छन् । सचेतनाको कार्यक्रम गर्दै आगामी दिनमा सहयोगका लागि विभिन्न समुदायसंग सहकार्य गर्ने समेत बरालले जानकारी दिनुभयो ।
