होचा कलाकार दिपेनलाई बोनमेरो

 नेपालका होचा कलाकार दिपेन शाहलाई बोनमेरो रोगले सताएको छ ।
दुई दिन अगाडि बराह ज्वेलरी इण्डष्टिूज प्रा.लि.को २१ ऋौ बार्षिकोत्सवमा सहभागी हुन आउनु भएका साहका विषयमा कलाकार महादेव त्रिपाठीले सार्वजनिक स्थलमै सो कुरा बताउनुभयो । २९बर्षीय साहलाई चिकित्सकले समेत दुई बर्षको मिति तोकिसकेको अवस्थामा कलाका धनी साहलाई जसरी भएपनि बचाउन कलाकार त्रिपाठीले आग्रह गर्नुभयो ।
केही समय अगाडि नेपालका चर्चित नायक श्रीकृष्ण श्रेष्ठ समयमै यही रोगको कारण मृत्युको शिकार हुनुपरेको बताउदै  कलाकारले साहलाई बचाउन अभियान नै चलाएको कार्यक्रम स्थलमा सार्वजनिक गर्नुभयो ।
कलाकार त्रिपाठीको एकल प्रयासले अहिलेसम्म १२ लाख रुपैया संकलन भएको छ । नेपालकै होचोमा गनिएका कलाकार साहले साह नेपालका विभिन्न लोकप्रिय टेलिश्रृंखलामा काम गरिसक्नु भएको छ । टेलिश्रृखलामा भएको अभिनयकै कारण उहाको चर्चा अझ चुलिएको छ । पछिल्लो समयमा उहा ठूलो पर्दामा समेत आउने हुनुभएको छ ।  उहालाई बचाउन अहिले कलाकारहरु लागि परेका छ ।

तपाईको प्रतिक्रिया