एकै परिवारका चारजनाको जघन्य हत्या

भोजपुर । होनहार दैव नटार । भोजपुरमा एकै परिवारका चार जनाको जघन्य हत्या भएको छ । रामप्रसाद राई गाउँपालिका वडा नं. २ घोद्लेखानी स्थित ससुराली आएका ३० बर्षीय राजेन्द्र राईले श्रीमतिसहित परिवारका चारजनाको पासविक ढंगले हत्या गरेका हुन् । असार १९ गते ससुराली आएका राईले शनिवार ६८ बर्षीय ससुरा बेलबहादुर गिरी, ४५ बर्षीया सासु मञ्जु गिरी, १६ बर्षीय श्रीमति मनिषा गिरी र ९ बर्षीय साला सपन गिरीको छुरा प्रहार गरेर हत्या गरेका हुन् । आफ्नी पहिलो श्रीमति अन्यत्र गएपछि राईले १६ बर्षीया मनिषा गिरीलाई भगाएका थिए । प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार राईले परिवारको हत्या पश्चात भोजपुरको हुर्व भन्ज्याङ्ग पुगेर आफूले ससुरालीका चार जनालाई छुरी हानेको छु, सबै मरिसके होलान् भोजपुर प्रहरीलाई फोनमार्फत जानकारी दिएका थिए । राई आफै पनि छुरा प्रहारबाट घाइते छन् ।

प्रहरीको प्रारम्भिक बयान अुनसार पहिलो श्रीमतिले छोडेपछि राईले दोस्रो श्रीमतिको रुपमा १६ बर्षीया मनिषालाई भगाएका थिए । तर उनी केही समयदेखि माइतमा आएर बसेकोले लिन आएका थिए । तर सासु ससुराले छोरीको उमेर नपुगेको भन्दै पठाउन इन्कार गरेको र शुक्रबार राति सुतेको अवस्थामा सासुले आफूलाई छुरा प्रहार गरेपछि सोही छुरा खोसेर आफूले अरुलाई प्रहार गरेको राईले बताएका थिए । हाल प्रहरीेले हत्या गरिएका चारैजनाको शवको फरेन्सिक परीक्षणका लागि बीपीमा पठाएको छ । हत्या गरिएका परिवारको आर्थिक अवस्था दयनीय भएकोले गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले गाउँपालिकाका कर्मचारीहरुबाट संकलित १ लाख १४ हजार ८ सय ७१ रुपैया मृतकका आफन्तलाई हस्तान्तरण गरेका छन् । उनले घट्ना अत्यन्तै दुःखदायी भएको भन्दै थप आर्थिक सहयोग गाउपालिकाका तर्फबाट गर्ने जनाएका छन् ।

तपाईको प्रतिक्रिया