काठमाण्डौ । राजा ज्ञानेन्द्र शाहले नेपालमा जन्मिएर मात्र नेपाली हुँइदैन नेपाल नै हामीभित्र हुनुपर्ने बताउनु भएको छ । राजा शाहले आफ्नो ७९ औं जन्मजयन्तिका अवसरमा शुभकामना व्यक्त गर्न सोमबार महाराजागञ्जस्थित निर्मल निवासमा पुग्नु भएका सर्वसाधारणलाई उक्त कुरा बताउनु भएको हो ।

आषाढ २३ गते आफ्नो ७९ औं जन्म जयन्तिमा लाखौ सर्वसाधारणद्वारा शुभकामना व्यक्त गरिएकोप्रति उहाँले सबैलाई धन्यवाद दिनु भएको थियो । उहाँले आज हाम्रोजस्तै कैयौ नेपाली दाजुभाई दिदी बहिनीको समेत जन्मोत्सव परेको होला म उहाँहरु सबैलाई आफ्नो तर्फबाट शुभकामना व्यक्त गर्दछु । राजा शाहलाई शुभकामना दिन जानेहरुको भीडका कारण लाजिम्पाट देखि महाराजगञ्ज सम्मको ट्राफिक अवस्था अस्तव्यस्त भएको थियो । युवा युवती देखि बृद्धबृद्धासम्मले निर्मल निर्वासमा पुगेर राजा शाहलाई शुभकामना टक्र्याएका थिए । सो अवसरमा
राजा शाहले संक्षिप्त रुपमा भन्नुभयो अहिलको समय बर्षाद्को समय हो । बर्षादको समयमा बाढी, पहिरो, डुबान जस्ता समस्या आउन सक्छ । पानीजन्य प्रकोपहरु बढ्न सक्छ । त्यसैले सम्पूर्ण दाजुभाई, दिदी बहिनीहरुलाई सतर्क रहन र विचार गरेर बसिदिन आग्रह गर्दछु । उहाँले जो जहाँबाट आउनु भएको छ सबैलाई हृदयदेखि नै धन्यवाद दिनु भएको थियो ।
