धरान । भारत सरकारको प्रस्तावमा संयुक्त राष्ट्र संघद्वारा अनुमोदित एघारौ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा नेपालस्थित भारतीय राजदुतावास, विरगञ्जस्थित भारतीय महावाणिज्य दुतावास र धरानस्थित पेन्सन वितरण कार्यालयले भव्यताका साथ योग कार्यक्रम सम्पन्न गरेका छन् । भारतीय राजदुतावास र विरगञ्जस्थित दुतावासको आयोजनामा काठमाण्डौ, पोखरा लगायत नेपालका १० वटा सहर र नगरपालिकाहरुमा र पेन्सन वितरण कार्यालय धरानले आफ्नै प्रांगरणमा योग कार्यक्रम सम्पन्न गरेका हुन् । जुन २१ तारेकलाई प्रत्येक बर्ष अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाइदै आएको छ । तर भारतीय राजदुतावासले योग दिवसको पूर्व सन्ध्यादेखि नै विभिन्न स्थानमा योगाभ्यासहरु आयोजना गर्दै आएको थियो । दुतावासले चैत्र २५ गते अराध्यादेव पशुपति नाथको प्रांगरणमा योग प्रदर्शन सहित कार्यक्रम सुभारम्भ गरेको थियो । त्यसपछि दुतावासले नेपालका विभिन्न सहरमा आयोजना ग¥यो । वैसाख १९ गते काठमाण्डौस्थित इसिएचएस पोलिक्लिनिक, जेठ १३ गते नेपाली सेनाको मुख्यालय अगाडिको मैदान, जेठ २३ गते राजदरबार स्क्वायर, जेठ २६ गते बौद्ध स्तुपा र स्वयम्भुनाथ स्तुपा, जेठ २७ गते चाँगुनारायण मन्दिर र पाटन दरबार स्क्वायर, जेठ ३१ गते असनमा प्रदर्शन गरेको थियो । दुतावासद्वारा असार ६ गते जारी विज्ञप्तीका अनुसार लुम्बिनी विकास कोषसँगको सहकार्यमा भगवान बुद्धको पवित्र जन्मस्थल तथा युनेस्को विश्व सम्पदा स्थलको रुपमा परिचित लुम्बिनीमा वृहत योग प्रदर्शनीको आयोजना गरियो । उक्त वृहत योग प्रदर्शनीमा लुम्बिनी प्रदेशका प्रमुख कृष्णबहादुर घर्ती र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी प्रमुख अतिथिको रुपमा रहनु भएको थियो । भगवान बुद्धको पवित्र जन्मभूमिमा महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा भारतीय राजदुतावासलाई उहाँहरुले धन्यवाद दिनु भएको थियो । यस्ता कार्यक्रमले भारत र नेपालबीचको साँस्कृतिक सम्बन्धलाई सुदृढ गर्न थप मद्धत पुग्ने उहाँहरुको धारणा थियो । कार्यक्रममा लुम्बिनी विकास कोषका बरिष्ठ पदाधिकारीसँगै योगाभ्यासमा रुची राख्ने उक्त क्षेत्रका ५ सय भन्दा बढीको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारतमा उत्पन्न भएको एउटा प्राचीन सभ्यताको रुपमा रहेको योगलाई सन २०१४ मा संयुक्त राष्ट्र संघले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा घोषणा गरेपछि योग आज विश्वव्यापी आन्दोलनको रुपमा विकसित भएको प्रष्ट पार्नुभयो । उहाँले शान्ति र सद्भावको प्रतीकको रुपमा परिचित लुम्बिनी योगको कालातित मूल्य मान्यताहरु मनाउनका लागि साँच्चै नै उपयुक्त स्थल भएको बताउनुभयो । उहाँले कार्यक्रम आयोजना गर्न सहयोग गरेकोमा लुम्बिनी विकास कोषप्रति धन्यवादसँगै आभार व्यक्त गर्दै लुम्बिनीलाई अध्यात्मिक र धार्मिक गन्तव्यको रुपमा प्रवद्र्धन गर्न यसले खेल्ने भुमिकामाथि जोड दिनुभयो । यस बर्ष ‘एक पृथ्वी एक स्वास्थ्यको लागि योग’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय योग दिवस भारतीय राजदुतावासले ७५ दिन अगावै शुरु गरेको थियो । भारतीय भूतपूर्व सैनिकहरुको सक्रियतामा ५० दिन अगावै दुतावासले इसिएचएस पोलिक्लिनिकमा योग सत्र सञ्चालन गरेर आफ्ना भूपूहरुको स्वास्थ्यका लागि सह्रानीय कार्य गरेको थियो । यस पटकको योगहरुमा अभिरुचि राख्नेहरु र भारतीय डायस्पोराका सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो । यसैगरि पाटन दरबार स्क्वायरमा आयोजना गरिएको योग प्रदर्शनमा नेपाली सेलिब्रटीहरु, स्थानीय निकायका पदाधिकारीहरु, स्थानीय बासिन्दा र भारतीय समुदायको उत्साहजनक सहभागिता रहेको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीका अनुसार जेठ ३० गते काठमाण्डौको केन्द्रीय विद्यालयको परिषरमा आयोजना गरिएको प्रदर्शनमा काठमाण्र्डाैका विभिन्न विद्यालयका १५० जना भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । परम्परागत भारतीय ज्ञान र समग्र कल्याणमा आधारित रही सोही किसिमको खान्की अंगाल्न विद्यार्थीहरुलाई प्रेरित गर्दै कार्यक्रममा सात्विक आहाराका फाइदाहरु बारेमा एक अन्तर दृष्टिपूर्ण व्याख्यान सहितको प्रस्तुति देखाइएको थियो । यसैगरि दुतावासले असार १ गते काठमाण्डौ स्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को मु्ख्यालयमा योग प्रदर्शनको आयोजना गर्न इसिमोडसँग सहकार्य गरेको थियो । कार्यक्रममा इसिमोड र भारतीय दुतावासका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



यसैगरि दुतावासले मध्य नेपाल नगरपालिकासँगको सहकार्यमा लमजुङ्ग जिल्लाको रमणीय स्थलमा असार ५ गते योग प्रदर्शनको आयोजना ग¥यो । यसैगरि पोखराको तीन प्रमुख स्थल अन्नपूर्ण हिम श्रृंखलाको मनोरम दृश्यका लागि प्रसिद्ध सराङकोट भ्यु पोइन्ट, पुम्दीकोटस्थित शिव मन्दिर जहाँ आध्यात्मिक शान्तिसँगै मनोरम दृश्यहरु देख्न पाइन्छ र रमणीय अन्तु डाँडामा अवस्थित सुन्दर शान्ति स्तु्पा रहेको छ । यसपटक दुतावासले आयोजना गरेको अन्तर्राष्ट्रिय योग शिविरको मुख्य आकर्षण असार ७ गते पोखरा महानगरपालिकासँगको सहकार्यमा भएको कार्यक्रम रहेको थियो । उक्त कार्यक्रममा त्यस क्षेत्रका ७ हजार भन्दा बढी योग अभ्यासकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले सहभागिता जनाउनु भएको थियो । सो अवसरमा मुख्यमन्त्री पाण्डेले भन्नुभयो पोखरामा यति उल्लेखनीय स्तरमा अन्तर्राष्ट्रिय योग दिवस समारोहको आयोजना गरेकोमा भारतीय दुतावासप्रति आभार व्यक्त गर्नुभयो । उहाँले योगले भारत र नेपालबीचको स्थायी र प्रगाढ साँस्कृतिक सम्बन्धको अभिन्न पक्षलाई प्रतिनिधित्व गर्ने बताउनुभयो । यसैगरि भारतीय राजदुत नविन श्रीवास्तवले दुई राष्ट्र बीचको अर्थपूर्ण साँस्स्कृतिक सेतुको रुपमा योगको भूमिका रहने कुरामा जोड दिनुभयो । उहाँले नेपालमा योग पर्यटनलाई थप प्रवद्र्धन गर्न यहाँको प्रमुख पर्यटकीय स्थलहरुमा यस्ता कार्यक्रमहरुको आयोजना गर्ने सम्भावनामाथि प्रकाश पार्नुभयो । यसैगरि पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले यस्ता कार्यक्रमहरु मार्फत पोखरालाई नेपाल पर्यटन केन्द्रका रुपमा स्थापित गर्न राजदुतावासले गरेको सहयोगको सह्राना गर्नुभयो । उता भारतीय महावाणिज्य दुतावास विरगञ्जले जनकपुर, चितवन, विरगञ्ज, हेटौडा, रौतहट र वरियारपुरमा अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रमहरुको आयोजना गरेको थियो । यसैगरि भारतीय राजदुतावास पेन्सन वितरण कार्यालय धरानले ११ औं अन्तर्राष्ट्रिय योग दिवस कार्यालय परिषरमा योगाभ्यासको आयोजना गरेर सम्पन्न गरेको छ । नियमित योग गरौ, स्वास्थ्य रहाँै, दैनिक योग ध्यान गर्नाले तन, मन स्वस्थ्य रहन्छ भन्ने अभिप्रायले योगाभ्यासको आयोजना गरिएको थियो । योगाभ्यासमा योग गुरु आर्ट अफ लिभिङका अनुयायी बृद्धिचन्द्र अग्रवाललाई पेन्सन वितरण कायालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले खादा ओढाएर सम्मान गर्नुभएको थियो । सो अवसरमा योग गुरु अग्रवालले हामीले नियमित योग गर्नाले मन दिभागका साथै आफ्नो आत्मालाई शान्त एवम् स्वास्थ मात्र नभई मानव जीवनको आयु पनि बृद्धि हुने बताउनु भएको थियो । उहाँले आजैबाट दैनिक कम्तिमा २० मिनेट योगाभ्यासको लागि समय खर्चिएमा सो व्यायामले तन, मन स्फूर्ति हुनुका साथै स्वास्थ्य रहने बताउनुभयो । योगाभ्यासमा पेन्सन वितरण कार्यालयका प्रभारी अधिकारी मेजर भरत कनौजिया, श्रीमति पुनम कनौजिया, इसिएचएसका डा. मेजर शामी सुवर्ण, उहाँकी धर्मपत्नीका साथै पिपिओका सम्पूर्ण कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यत्रmमको अन्त्यमा प्रभारी अधिकारी मेजर कनौजियाले योग गुरु अग्रवाललाई मायाको चिनोका साथै कदरपत्र सहित धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रम पश्चात योग गुरु अग्रवालको अगुवाईमा प्रभारी अधिकारी र अन्य पदाधिकारीहरुले कार्यालय परिसरमा विभिन्न जातका ४०६ वटा वृक्षारोपण गर्नुभएको थियो ।




