घण्टाघरबाट हेर्दा

जता गए नि जुत्ता चप्पल दिन्छन् रे
अस्तिका दिन छेपारे प्रचण्डाउले साह«ै चित्त दुखाए । हिजाआज त आफ्नो भ्याल्लु नै छैन । पहिला पहिला जता जाँदा नि मान्छेहरु लाइन लागेर फूल दिन्थे, माला लगाइदिन्थे । हिजो आज त फूलको सट्टामा जुत्ता चप्पल मात्र दिन्छन् रे । सबै कुरा वक्तवक्तकी वात है । त्यत्रो विधि विध्वंस गर्दा नि अबचाहिँ सप्रेला भनेर फूल द्या थे । तर कुकुरको् पुच्छर जति नै अजापे पनि बाँंगाको बाँगै । व्यहोरा नसुध्रिएसी’ जनताले दिने नै जुत्ता र चप्पल हो । अझ हिजो आज त छेपारे प्रचण्ड मुदावाद, देश छोड भन्ने नारा कानामा गुञ्जदा विचराको के गति भा’ होला ? कहिले लाउरेसँग गएर ट्याप्प भा’छ, कहिले झोला झ्याम्टासँग गएर ट्याप्प भा’ छ । कहिले कस्लाइ उचल्या छ, कहिले कस्लाइ थेचा¥या छ । कहिले धुँवाधारसँग संसदमा उफ्रिया छ, कहिले संसद चल्नै दिन्नम भनेर कुर्सी भाँच्या छ । अन्तेमा लुरुक्क गएर लाउरेस र झोले पार्टीसँग अँध्यारो कोठामा अंकमाल ग¥या छ । अहिले त जुत्ता, चप्पल, चोर, छोड मात्र भन्या छन् । अलिदिन पछि ढुंगामुढा गरेर पुल्ठोमा आगो लगाउलान् है । बेलैमा बुद्धि पु¥याएस् ।
मानव बेचबिखन भन्न मिल्दैन

नेता बिग्रियो भने Ïयाउरो बन्छ भन्थे, हो क्या हो ? यतिबेला नेपाली काँग्रेसका सचेतक ? श्याम घिमिरे Ïयाउरोमा परिणत भा’छन् । मन्त्रीलाई, कर्मचारीलाई, माफियालाई, दलाललाई, विचौलियालाई पैसा बुझाएर रोजगारीमा विदेश पठाउनेलाई मानव तस्कर भन्नै मिल्दैन रे । घिमिरे त अम्रिकाको राष्ट्रपति ट्रम्प भन्दा नि जान्ने रै’छन् । ट्रम्प त लद्दु नै रै’छन । लद्दु भाको भए मानव तस्करी गरेको भन्दै घरेलु मन्त्रालयको मुखिया, सहसचिव लगायतका कर्मचारीलाई अम्रिका प्रवेशमा रोक लगाउँथे त ? लद्दु भएरै नेपाललाई भष्ट मुलुक भन्या होलान् । लाउरेसले सचेतकचाहिँ बढो तीक्ष्ण बुद्धि भा’कालाई राख्या छ । यस्ता तीक्ष्ण बुद्धि भा’का मान्छे त मास्तिर बगाएर तल्तिर खोज्दा नि पाइदैन । उनले त्यही संसदमा वेश्यालयको व्यापार गर्न चाहने व्यापारीलाई राज्यले लाइसेन्स दिनुपर्छ, निर्वाध वेश्यालय चलाउन पाउनुपर्छ भनेर माग राख्या थिए । त्यस्ता चमत्कारिक माग राख्ने लत्तरो हुदै सक्दैन । दनादन सेटिङ्गमा रकम असुली गरेर, राज्यका मन्त्रालय विभागको कागजात दुरुपयोग गरेर मान्छे ड्याम कि ड्याम पठाउनु मानव तस्करी भन्नै मिल्दैन । कि कसो हौ घिमिरे बाजे ?
उखाने, उँग्ने र छेपारेको टाउको दुखाई
सत्ताको लागि आफ्नो इमान, जमान, विचार सबै बेच्दै आएका नेपालका तीन मुर्धन्वय कपुतहरु उखाने, उँग्ने र छेपारेको टाउको यतिबेला दुखेर सहनै नक्ने भा’छ र । टाउको दुख्नुको प्रमुख कारणचाहिँ नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेको अन्तरवार्ता भएछ । राजदुत रेले एउटा अन्तर्वातमा भन्दिएछन् काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन शाह नेपालमा सर्वोधिक लोकप्रिय छन् । रे ले साह«ै सत्य बोल्दिए । सत्यलाई सत्य नै भन्नुपर्छ । त्यसमाथि अझ रेले असत्य बोल्न कुरै भएन । बालेन जता गए पनि हाइ हाइ बालेन भन्दै युवादेखि बद्धबृद्धा अघिपछि लाग्छन् । तर उखाने, उँग्ने र छेपारे कतै हिँड्नुप¥यो भने प्रहरीको घेराभित्र हुन्छन्, बाहिर तथानाम अपशब्दको गालीको बर्ष
हुन्छ । यो सत्यलाई दुनियाले देखकै छ । अनि यिन्लाई लाकप्रिय भन्ने कुरै भएन । आफूहरु चरम अलोकप्रिय भएकोमा भने यी तीनैलाई ग्लानीचाहिँ छैन है । किनकि मानिसलाई सर्वाङ्ग नांगो भएसी’ लाज सरम त्यसै हराएर जान्छ । वात करता है ।
फुइयाँको खुशी हुनु ?
दैलेखमा प्राकृतिक ग्याँस भेटियो भनेर नेपालका केही दर्जन झोले झम्पाटहरु बडो खुशी भा’छ । तर तिनको मन्द बुद्धि देखेर घण्टाघरलाईचाहिँ खित्का छाडेर हाँस्नु भन्दा पनि दया लागेर आएको छ । जलस्रोतको धनी देशका हामी बोतलको पानी कम्पनीलाई भ्याट तिरेर खानु परेको तिनले नबुझेका हुन् कि तिनको खोपडीमा नछिरेको हो ? हाम्रा खोला नालामा सित्तैमा बगेको पानी त चर्को मूल्य हालेर पिउनु प¥या छ अनि ग्याँस भेटियो भनेर किन मादल बजाएका होलान ? छरे, भेटियो रे भन्ने कुरा मात्र भा’ हो । त्यसलाई निकाल्न झम्टेका आकाहरुको ल्याकत छ ? भएका उद्योग चुनढुंगा खानी, कोइला खानी, तामा खानी पनि भेटिएकै हो । त्यसलाई निकाल्नु प¥यो, प्युरीफाइ गर्नुप¥यो । वित्थाँ त्यो झन्झट कस्ले गर्ने ? सकभर वर्तमान नेताहरुले ग्याँस भिजिट काण्ड गराउँछन् । खानी नै अरुलाई जिम्मा लगाइदियो लण्ठै साफ । चमडी जाए पर दमडी नजाए । कि कसो हौ ?
गाह«ो छ हौ भ्रष्टाचारीहरुलाई
नेपालमा भ्रष्टाचराीहरुलाई साह«ै गाह«ो छ । सत्ता र शक्तिको आडमा विचाराहरुले अकुत भ्याए तर क्यार्नु ? एउटा भ्रष्टाचारको काण्ड छोप्न माने टाल्न नपाउँदै अर्कोतिर च्यातिएर विचाराहरु गोप्य अंग देखाउन बाध्य छन् । लाउडा टाल्न धमिजा काण्ड गराए, धिमजा टाल्न चेज एयर काण्ड गराए, चेज एयर टाल्न ललिता निवास काण्ड गराए, ललिता निवास टाल्न पतञ्जली काण्ड गराए, पतञ्जली टाल्न क्विन्टलका क्विन्टल सुन काण्ड गराए, सुन काण्ड टाल्न भुटानी शरणार्थी काण्ड गराए, शरणार्थी काण्ड टाल्न गिरिबन्धु काण्ड गराए, गिरिबन्धु काण्ड टाल्न अफताव आलम काण्ड गराए, अफताव आलम काण्ड टाल्न भिजिट भिषा काण्ड गराए, भिजिट भिषा काण्ड टाल्न सालो काण्ड गराए । यस्ता काण्डहरु त कति छन् कति छन् । कहिले सहकारी काण्ड मच्चाउँछन्, कहिले नियुक्ति काण्ड मच्चाउछन्, कहिले ओम्नी काण्ड मच्चाउँछन्, कहिले यति काण्ड मच्चाउँछन्, कहिले सेक्युरिटी प्रेस खरिद काण्ड मच्चाउँछन्, कहिले पोखरा एयरपोर्ट काण्ड मच्चाउछन्, कहिले बुटवल एयरपोर्ट काण्ड मच्चाउँछन् । यत्रा धेरै काण्ड मच्चाउँदा टाल्दै पनि जानु प¥यो । भ्रष्टाचार गर्न पनि हैरानै छ ।
के कामका लागि पाल्या होला ?
हिजो आज समाजमा एकथरि मानिसहरु घरमा कुकुर पाल्दा बडो गर्व गर्छन्, आफूलाई सम्भ्रान्त सम्झन्छन्, आफूलाई सभ्य सम्झन्छन्, हजारौ मूल्यका कुकुर खरिद गर्छन् । तर विहान डोहोहा¥याएर सडकमा हिड्दा अर्काको गट, ढोका अगाडि हगाउछन्, कुकुरको के काम लाग्छ ? न त्यसको गोवर काम लाग्छ, न त्यसको गहुँत काम लाग्छ, न त्यसले दूध दिन्छ । बरु एउटा गाई पाल्दा हुने नि । कस्ले सम्झाइदिओस् तिन्नलाई । सम्झायो कि टुप्पीबाट पलाएको फुइँ झार्न थालिहाल्छन् । यतिबेला नेपालको संघीयता पनि लाखौमा खरिद गरेको कथित सम्भ्रान्तले घरमा पालेको कुरकुर जस्तो भा’छ । ढिलै भए पनि धुलिखेल नगरपालिकाले संघीयता खारेजीका लागि संघीय सरकारलाई लिखित पत्र पठाएछ । प्रदेश खारेजीका लागि तीन करोड जनताले आवाज उठाएका उठाई छन् । तर पनि के कामका लागि पालेको होला त्यो सेतो हात्ती ? आफ्ना सु्न्ड, मुण्ड, ढोके, बैठके, हुक्केको व्यवस्थापन गर्न र जनताको
करङ्ग दोब्रिन गरी कर असुलेर महान कार्य गर्दा सबै कुरा धरापमा परेको किन नबुझेको होला ?
घडीवाहकको राँडे रुवाई
ताइन तुईको गफ गर्ने एकजना सांसदको संसदमा राँडे रुवाई मच्चिएछ । तिनको राँडे रुवाई देखेर अरु सांसदहरुले अस्तिका दिन भरपुर मनोरञ्जन लिएछन् । हुन त संसदको कुर्सी भाँच्ने, टेबल ठटाउने, धम्साधम्सी गर्ने, अवरोध गर्ने गर्दा विचरा एकथरि सांसद पट्यार मानेर कुर्सीमै निदाउन थाल्या थिए । धन्न ओखलढुंगे सांसद उर्फ घडी गायव गर्ने जादु सिकेका हरिराम खतिवडाले अस्तिका दिन भरपुर मनोरञ्जन गराएछन् । ती सांसदको फण्डा पनि गज्जबको थियो । अर्थमन्तरीले सबै सांसदका विकास क्षेत्रमा लुइँ लुई बजेट हाल्देछन् । घडी म्याजिक सांसदको निर्वाचन क्षेत्रमा सुको कौडी हाल्देनछन् । ल चल अब भयो कि ? हरिराम खतिवडाले राँडे रुवाइए नै गरेछन् अब गाउँतरि तिर जाँदा के मुख लिएर जानु ? भन्दै तिनले बडो दुःख पोखेछन् । अरथ मन्तरीले बजेट हाल्देन त के भयो ? म्याजिक कला छँदैछ । यसपटक हाल्देनन् भने फिकर नगर्नु । अर्को पटक ग्याम्म बेजेटहाल्न लगाउँछु भनेर गफ जोते भइहाल्यो । बजेट नहुँदा विचरालाइ एक बर्ष सकसचाहिँ पर्ने भयो । विकासको नाममा बजेट चुँडचाँड गरेर यसो व्यवस्था गर्ने कामचाहिँ ठप्प हुने भयो ।
केसी बुढा पनि कहिलेकाहीँ खुस्कन्छन्
जनमोर्चाका अध्येक्षे चित्रबहादुर केसी पनि कहिलेकाँही खुस्कन्छन् कि क्या हो ? हुन त उमेर पनि खुस्कने बेलौ भा’ हो । अब हेरम न अस्तिका दिन बुढाले ललिता निवास जग्गाका मोही, सुकुम्बासी नेता आच्या अरथ मन्तरी विष्णु पौड्यालले मान, पदबी, विभूषण निर्माणमा ८ करोड छुट्याएका थिए । केसी बुढालाई खपिसक्नु भएनछ । बुढाले त त्यो सबै कटाएर शिक्षा र स्वास्थ्यमा लगाउन पो माग गरेछन् । हैट शिक्षा र स्वास्थ्यमा लगाउनै हुँदैन । देशका गलत, खराब, हत्यारा, बलात्कारी, घुस्याहा, व्यभिचारी, ठग, पातकीको पहिचान कायम राख्नु पर्दैन ? यिनीहरुको पहिचान त्यसै नामेट गर्न त पाइदैन । बजेट नै कटौती गरेपछि पहिचान कसरी खुल्ने ? बुढाले आफ्नो् भनाई तुरुन्तै फिर्ता लिनुपर्छ । पढेलेखेका, इमान्दर, घुस खाँदै नखाने, निःस्वार्थ समाजसेवा गर्ने जस्ता फटाहाहरुलाई त्यो मान, पदवी, आभूषण आजसम्म दिइएको पनि छैन र भविष्यमा पनि दिनु हुँदन । लौन बुढालाई सम्झाई देउ ।

तपाईको प्रतिक्रिया