महिलालाई आत्मनिर्भर बनाउन व्युटिसिएन तालिम

धरान । महिलाहरुलाई सीप सिकाएर दक्ष बनाउदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ धरान उपमहानरपालिका १६ नं. वडा कार्यालयले विगतदेखि नै महिला लक्षित तालिमको आयोजना गर्दै आएको छ । पछिल्लो समय महिलाकै इच्छा अनुसार अनुसार सौन्दर्य सम्बन्धी तालिम शुरु गरिएको छ । महिलालाई समाजमा स्थापित गराउनका लागि सबैभन्दा पहिला आत्मनिर्भर बनाउन आवश्यक छ । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनापछि स्थानीय सरकारले महिला लक्षित कार्यक्रमलाई बढी प्राथमिकतामा राखेका छन् । महिलालाई तालिम प्रदान गरी दक्ष बनाउने अभिप्रायले धरान उपमहानगरपालिका १६ नं वडा कार्यालयले सौन्र्दर्य सम्बन्धी तालिम दिएको हो ।


अहिले देशका ठूला तथा साना सहरहरुमा व्युटि पार्लरको माग बढ्दै गएको र महिलाहरुको समेत यो पेशाम रुची बढ्दै गएपछि वडाले सो सम्बन्धी तालिम दिएको हो ।
तालिममा ५० जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो । तालिममा सहभागी सबै महिलाहरुले भविष्यमा सीप सिकेर व्युटी पार्लर खोल्ने लक्ष्य लिएका छन् । विशेष गरी पिछडिएका महिलाहरुलाई लक्षित गरी आयोजना गरेको तालिमले व्युटिसियन बन्न सहयोग पुग्ने बताएका थिए । तालिममा सहभागी दलित महिला प्रविना धौलाकोटीले यहाँ सिकेको सीपलाई व्यवहारमा उतार्न पहिला कुनै व्युटीपार्लरमा कर्मचारीको रुपमा काम गर्ने र दक्ष भइसकेपछि भविष्यमा व्युटिपार्लर खोलेर व्यवसायिक बन्ने इच्छा रहेको बताउनुभयो । प्रविनामात्र हैन तालिममा सहभागी अरुणा राई र सुनिता शंकरको पनि सोच प्रविनाकै जस्तै रहेको छ । भविष्यमा सफल व्युटिसिएन बनेर आत्मनिर्भर बन्ने सोच उहाँहरुको समेत छ ।
तालिम अवधि एक महिनाको रहेको छ । दक्ष प्रशिक्षकद्वारा तालिममा सहभागी महिलाहरुलाई प्रशिक्षण दिइनेछ । दलित महिलालाई लक्षित गरी तालिमको आयोजना गरिएको सो तालिममा अन्य समुदायका महिलाहरुको समेत सहभागिता रहेको छ । बढी भन्दा बढी महिलालाई स्वरोजगार बनाउनकै लागि १६ नंं वडा कार्यालयले महिला लक्षित कार्यक्रम अगाडि बढाइएको वडा सदस्य मीरा विश्वकर्माले जानकारी दिनुभयो । महिलालाई समाजमा स्थापित गर्न आयोजना गरिएको यो तालिमसँगै आगामी दिनमा १० जना पुरुषलाई ‘हेयर कटिङ’ सम्बन्धी तालिम दिन लागिएको वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिनुभयो । मुलुकमा संघीयता आएसँगै घर घरमा सिहदरबारको अनुभूति वडा वडाबाट स्थापित गर्न बजेट विनियोजन गरी वडाहरुलेसर्वसाधारणको स्वास्थ्यको पहुच पु¥याउन आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनसँगै महिला, दलित, आदिवासी जनजाति, अल्पसंख्या जाति लगायतलाई स्वरोजगारमूलक तालिम दिँदै आएका छन् । यसले लक्षित वर्ग लाभान्वित हुदै आएका छन् ।

तपाईको प्रतिक्रिया